बुढा गाईवस्तुका लागि पशु वृद्धाश्रम

Loading...

वृद्ध अवस्थामा छोराछोरी वा आफ्ना आफन्तको सहारा नभएका वृद्धवृद्धाका लागि वृद्धाश्रमबारे त हामीले सुन्दै अनि देख्दै आएका छौं ।

Animalsबेसहारा बुढा गाईवस्तुका लागिसमेत पशु वृद्धाश्रम बनाइएको धेरैलाई थाहा नहुन पनि सक्छ । दाङको देउखुरीस्थित लाल माटियामा यस्तै पशु वृद्धाश्रम स्थापना भएको छ । विसं २०६५ कात्तिक २२ गते स्थापना गरिएको यो पशु वृद्धाश्रम लाल माटियाको ‘कालिका सामुदायिक वन उपभोक्ता समिति’ले व्यवस्थापन गर्दै आएको छ ।

तीन जना कर्मचारीद्वारा सञ्चालित यो वृद्धाश्रमले बुढा गाईवस्तु पाल्ने र मरेपछि सँगै रहेको गिद्ध संरक्षण केन्द्र (गिद्ध रेष्टुराँ) मा लगेर गिद्धलाई खुवाउने गरेको छ । ११ लाख ५० हजार अक्षय कोष रहेको यो वृद्धाश्रमले मरेका गाईवस्तुको छाला र हड्डीसमेत विक्री गर्ने गरेको छ ।

वृद्धाश्रमको स्थापनाबाट बालीनालीको संरक्षण हुनुका साथै जङ्गल र जैविक विविधताको समेत सुरक्षा भएको छ । यसले गिद्ध रेष्टुराँ सञ्चालनका साथै पर्यटन प्रवद्र्धन तथा स्थानीयको आयमा समेत सुधार भएको बताइएको छ ।

बुढा भएका गाईवस्तु छाडा लगाउने प्रवृत्ति बढेपछि बालीनाली सखाप र वनको संरक्षण हुन छाडेपछि स्थानीयहरुको अवधारणमा डब्ल्यूडब्ल्यूएफ र तराई भू–परिधि कार्यक्रमको सहयोगमा स्थापना गरिएको हो ।

हालसम्म यस वृद्धाश्रममा ४ सय १ ओटा पशु आएको र यसमध्ये ३ सय ७० ओटा पशुको मृत्यु भइसकेको वृद्धाश्रमको तथ्याङ्कले देखाएको छ । यस वृद्धाश्रमले हरेक वर्ष मरेका पशुको छाला र हड्डीका साथै प्राङ्गारिक मल बेचेर रु. ७५ हजारभन्दा बढी आम्दानी गर्ने गरेको छ ।

Loading...

यसमा तपाइको मत

रोचक प्रसंग बाट अन्य

प्रेम गरेको अभियोगमा ८१ वर्षीय वृद्धलाई गाउँ निकाला

गुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १ गते राति...

सानै उमेरमा नियुक्ति दिएको भन्दै विवादीत बनिन अधिवक्ता अन्ना

युक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक मन्त्रालयमा २४...

कैदीबिच कुटाकुट हुँदा ८ घाइते

महोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले पानी तान्ने...

बाँदरको विषयलाई लिई दुई समुदायबीको झडपमा २० को मृत्यु

एउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी सहर सबामा...

भारु नोटमा प्रतिबन्ध लगाएसँगै कालोधन जम्मा गर्नेको होस गुम्दै

भारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा ट्रकमा पूराना...

प्रेमजोडीको गन्तव्य बन्यो प्रहरी भवन

काठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी नबस्दा प्रेमजोडीको...

टेनिस महिला खेलाडीको सुन्दरताले फिदा भए ट्रम्प

डोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म जति पनि...

हाडनाताको करणीले अन्तत पायो कानूनी मान्यता

काठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई लिइएको छ...

अनुमति विना तस्विर प्रकाशन गरेको भन्दै मुद्धा दर्ता

कसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले जिम लकरमा...

बाँचुन्जेल बाटो खन्ने ७२ वर्षीय साहासी वृद्ध ओली

काठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद हुन्न ।...