भारतीय दूतावास भन्छ,‘नेपालले के चाहेको हो’ ?

Loading...

is (1)मंसिर ४ काठमाडौं । अत्यावश्यक स्वास्थ्य सेवासमेत प्रभावित हुने गरी भारतले लगाएको नाकाबन्दीको सर्वत्र आलोचना भइरहँदा भारतीय दूतावासले औषधि र उपकरणको सहज आपूर्तिका लागि पहल गर्ने आश्वासन दिएको छ ।

राजधानीको सांग्रिला होटलमा बुधबार भारतीय दूतावासले आयोजना गरेको अफ द रेकर्ड अन्तक्र्रियामा सहभागी केही प्रभावशाली चिकित्सकले ‘मान्छे मार्ने कामसमेत भारतको नाकाबन्दीबाट भएको’ बताएपछि नेपालका लागि भारतीय राजदूत रणजित रेले औषधि र उपकरणका लागि रोक नलगाउने आश्वासन दिएका हुन् । स्रोतका अनुसार अन्तरक्रियामा सहभागी मानवअधिकारकर्मी पद्मरत्न तुलाधरले भारतबाट पूर्ण रूपमा नाकाबन्दी लगाउनुपर्ने र केही पनि नेपाल छिर्न दिन नहुने भन्दै राजदूतलाई आग्रह गरेपछि त्यहाँ उपस्थित डा. भगवान कोइराला आक्रोशित भएका थिए । त्यति नै बेला मधेसी जनताका तर्फबाट सहभागी पूर्वराजदूत विजय कर्णले मधेसीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा अपमानजनक व्यवहार गरिएको आरोप लगाएका थिए ।

मधेसी आन्दोलनका अर्का समर्थक तथा पत्रकार तुलानारायण साहले चीनबाट वैकल्पिक आपूर्ति जारी रहे केरुङमा समेत नाकाबन्दी गर्ने धम्की दिएका थिए । स्रोतका अनुसार राजदूत रेले आक्रोशित हुँदै नेपालले के खोजिरहेको छ ? किन भारतीय नेताको पुतला जलाउने काम भइहरेको छ ? किन भारतविरुद्ध अनियन्त्रित अभिव्यक्ति आइरहेका छन् ? भन्दै सहभागीलाई प्रश्न गरेका थिए ।

अन्तरक्रियाका सहभागीमा सरकारविरोधीहरूको बाहुल्य भए पनि डा. कोइराला र अमेरिकाका लागि पूर्वराजदूत शंकर शर्माले नाकाबन्दीको खुलेरै आलोचना गरेका थिए । कार्यक्रममा सहभागी वरिष्ठ कूटनीतिज्ञ डा. भेषबहादुर थापा भने चुपचाप बसेका थिए । प्रायोजितजस्तो देखिने अन्तरक्रियामा उपस्थितमध्ये धेरैले सरकारको आलोचना गर्न थालेकाले केही अतिथि असहज मानेर बाहिरिन खोजेको संकेत पाएपछि राजदूत रेले अन्तरक्रिया अफ द रेकर्ड भएको भन्दै खुलेरै नाकाबन्दी र मधेसी आन्दोलनबारे आफ्नो विचार राख्न आग्रह गरेका थिए ।

डा. सुन्दरमणि दीक्षितले भारतको खासै आलोचना नगरे पनि आफू दिल्ली गएका बेला नेपालले भारतलाई शत्रु बनाउनै खोजको हो त भन्ने प्रश्न धेरै भारतीयले सोधेको बताए । बिरामी छाडेर राजदूतको निम्तो मान्न पुगेका डा. कोइरालाले खुलेरै भारतीय नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण नेपालीले भोगेको पीडा, स्वास्थ्य क्षेत्रमा परेको मर्का र क्षतिबारे बोलेका थिए । डा. कोइरालासँग सम्पर्क गर्दा ‘अत्यावश्यक सेवा रोकिएमा मधेसका मुद्दा जतिसुकै जायज भए पनि कमजोर हुँदै जान्छु भन्ने आशयको अभिव्यक्ति आफूले दिएको बताए । अन्तरक्रियाको थप विवरणबारे भने उनले बोल्न चाहेनन् ।

स्रोतका अनुसार उनले आफू र आफूजस्तै आम नेपालीमा भारतको व्यवहारले अत्यन्तै आत्मग्लानि तिरष्कृत र डिप्रेसन को महसुस भइरहेको भन्दै बिरामीलाई परेको चोटको यथार्थबारे जोडदारका साथ बोल्दा सहभागी डा. केदारभक्त माथेमा, विश्वम्भर प्याकुरेल, अनुराधा कोइरालालगायत गम्भीर बनेका थिए ।

डा. कोइरालाले रक्सौल – वीरगन्ज नाकामा थन्किएका औषधि त्यही नाकाबाटै ल्याउनुपर्ने अडान लिएका थिए । पूर्वराजदूत शर्माले चीनबाट आपूर्ति मिलाउने बाध्यता भएको र भारतले हतारमा नेपालमाथि हस्तक्षेप गरेको आफ्नो विश्लेषण सुनाउँदै विश्वभर नाकाबन्दीले नकारात्मक सन्देश दिइरहेको बताए ।

राजदूत रेले अन्तरक्रियाको सुरुमै एमाओवादीबाट अलग भएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बोल्न लगाएका थिए । भट्टराईले सरकार र राजनीतिक दलले मधेसी मोर्चाको माग सम्बोधन गर्न नसकेको बताए । उनले मधेसी मोर्चाको माग सम्बोधनका लागि अर्को विकल्प खोज्दै नाकाबन्दी हटाउन भारतलाई आग्रह पनि गरेको आजको अन्न्पूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...