मधेसको समस्या समाधान गर्न सत्तारुढ र प्रतिपक्षी एक ठाउँ

Loading...

_85604050_hi029090278मंसिर ५, काठमाडौं । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल तराई मधेसमा देखिएको समस्या समाधान गर्न सहमत भएका छन् ।

सिंहदरबारमा आज भएको द्विपक्षीय छलफलमा तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चासँग सकारात्मक र परिणाममुखी वार्ता गर्नुपर्ने र मुलुकले भोग्नु परेको समस्यालाई समाधान गर्न ती दल एकमत भएका हुन् ।

नेपाली कांग्रेसले आयोजना गरेको छलफलमा वार्तालाई परिणाममुखी बनाउने र व्यवस्थापिका–संसद्मा दर्ता भएको ‘संविधान संशोधन विधेयक’ र ‘पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक’लाई तत्काल पारित गरेर जाने विषयमा समेत कुराकानी भएको थियो ।

सबै पक्षले पार्टीभित्र एकसरो छलफल गरेर तराई मधेसको समस्यालाई सार्थक निष्कर्षमा पुर्‍याउनुपर्ने र समस्या लामो समय राख्न नहुनेमा मतैक्य भएको बैठकपछि नेताहरुले प्रतिक्रिया दिएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसको आन्दोलन, नेपाल–भारत सीमामा भइरहेको नाकाबन्दी र आपूर्ति व्यवस्थापनमा भएको समस्याको बारेमा आजको बैठक केन्द्रित रहेको प्रतिक्रिया दिए ।

मूल समस्यालाई समाधान गर्न सरकारमा रहेका दल र प्रमुख प्रतिपक्षी दलबीच साझा धारणा बनाउन सौर्हाद्रपूर्ण वातावरणमा छलफल भएको र प्रमुख दलहरुबीच पनि समान धारणा हुनुपर्छ भन्नेमा बैठकमा महत्वपूर्ण छलफल भएको उनले बताए  ।

अध्यक्ष दाहालले भने, ‘तराई–मधेसको आन्दोलन र नाकाबन्दीबाट सिर्जिएको अवस्था बारे साझा धारणा बनाउन आवश्यक छ भन्ने विषयमा कुरा अगाडि बढेको छ । आ–आफ्नो पार्टीमा छलफल गरेर अगाडि बढ्ने र छिट्टै अर्को बैठक बस्ने सहमति भएको छ । सबै पक्षमा समस्याको निरुपण गर्नुपर्नेमा मतैक्य देखिएको छ ।’

अत्यावश्यकीय सामग्रीको आयातमा कुनै अवरोध नगर्ने भन्ने मोर्चाको निर्णय आएपनि औषधि, इन्धन आपूर्तिमा अवरोध भइरहेकाप्रति आन्दोलनरत पक्ष गम्भीर रहेको आफूले पाएको बताउँदै अध्यक्ष दाहालले ट्रक, एम्बुलेन्समाथि भएको प्रहारसमेत अमानवीय भएको स्पष्ट पारे ।

उनले भने, ‘सकेसम्म यो समस्यालाई छिटो टुङ्ग्याउने पक्षमा हामी छौँ । प्रमुख तीन दल समस्या समाधानमा प्रतिबद्ध भएर लाग्ने सहमति भएको छ ।’

कांग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद बडूले हामीले बोलाएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने बताइएपनि उहाँ सहभागी नहुनु भएको भन्दै मधेसी मोर्चासँगको वार्तालाई सकारात्मक बनाउन ठोस धारणा तयार गर्न दुवै पक्ष सहमत भएको बताए  ।

मुलुकलाई परेको समस्या समाधान गर्न आपसी परामर्शलाई तीव्र पार्ने र चाँडोभन्दा चाँडो सहमति खोज्न प्रतिबद्ध भएको उल्लेख गर्दै प्रवक्ता बडूले सदनमा दर्ता भएको संविधान संशोधन विधेयक र पुनःनिर्माण प्राधिकरण विधेयक तत्काल पारित गर्न आग्रह गरेको स्पष्ट पारे  ।

राष्ट्र बैंकमा आन्दोलन किन ? कांग्रेस 
बैठकमा कांग्रेसले पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत आफ्नो नेतृत्वको सरकारले नियुक्त गरेको व्यक्ति नै हुनुपर्ने जिकिर गरेको थियो । कांग्रेस नेतृत्वको सरकारले प्रा डा गोविन्दराज पोखरेललाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । यस्तै नेपाल राष्ट्र बैंकमा भइरहेको आन्दोलनले समग्र आर्थिक अवस्थामा समेत प्रतिकूल प्रभाव पारेको भन्दै कांग्रेसले बैठकमा नेकपा(एमाले) सम्बद्ध कर्मचारीबाट भइरहेको धर्ना र घेराबन्दी किन भइरहेको छ भन्ने प्रश्न गरेको थियो ।

मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले मुलुकले भोग्नुपरेको समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको बताए ।

‘बन्द हड्ताल, आन्दोलनले असहज परिस्थिति छ । सो समस्याको समाधानका विषयमा छलफल भयो । यो सत्तापक्षको मात्र समस्या होइन, सबै दल, राष्ट्रको समस्या हो, त्यसलाई समाधान गर्न तीन ठूला पार्टीले समान धारणा बनाउनुपर्‍यो । अनि मात्र समस्याको समाधान हुन्छ भन्नेमा हामीले जोड दियौँ’ अध्यक्ष गच्छदारले भने । बैठकमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको सहभागिता थियो ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...