जीवा लामिछाने एनआरएन प्रमुख संरक्षक मनोनित

Loading...

jiba lamichhane NRNगैरआवासीय नेपाली संघको (एनआरएन) प्रमुख संरक्षकमा पूर्व अध्यक्ष जीवा लामिछाने मनोनित भएका छन् । संघको संरक्षकमा  कुलचन्द्र गौतम,  इन्द्रा वन,  डा. देवकाजी डंगोल र दिल गुरुङ मनोनित भएका छन् । डा. हेमराज शर्मा, त्रिलोक गुरुङ, विश्वआदर्श पण्डित, लोकभक्त राणा, कन्हैयालाल श्रेष्ठ,  दीपक खड्का,  पीजी शेर्पा, चन्द्र रोकाहा, नवराज गुरुङ, पुष्प थापा र एकनाथ खतिवडा सल्लाहकारमा भएका छन् ।

एनआरएनका अनुसार अध्यक्ष शेष घलेले गरेका मनोनयनहरुलाई संघको कार्यसमितिले बहुमतले पारित गरेको छ । बैठकले १५ जनालाई आईसीसी सदस्यमा मनोनित गरेको छ । यसरी मनोनित हुनेमा अमेरिका क्षेत्रबाट सुनिता शर्मा, नविन शेरचन र खगेन्द्र जिसी, एशिया क्षेत्रबाट भुषण घिमिरे र सोमचाई क्षेत्री, युरोपबाट जयप्रकाश गुरुङ, सोम सापकोटा र जानकी गुरुङ, मध्यपूर्वबाट अस्मिन बेइगम र आरके शर्मा, ओसियानाबाट धर्मराज अधिकारी र जमुना गुरुङ तथा अन्य क्षेत्रबाट ऋषि कँडेल, भोमादेवी लिम्बु र योगेन क्षेत्री छन् ।

यसैगरी वैठकले नोभेम्बर ३ तारिखको अफिस बियररको वैठकले गरेको निर्णय गरे अनुसार अन्तर्राष्ट्रिय समन्वय समितिको प्रवक्तामा रन्जु थापा वाग्लेको नियुक्तिलाई अनुमोदन गरेको छ । वैठकले विधान संसोधन समितिको अध्यक्षमा डा. हेमराज शर्मा र बिधान ब्याख्या समितिको अध्यक्षमा कुलचन्द्र गौतमलाई निरन्तरता दिने निर्णय गरेको छ ।

नेपालमा आइपरेको मानवीय संकट समाधानका लागि सहयोग गर्न ‘विपत ब्यबस्थापन समिति’  पनि एनआरएनले गठन गरेको छ । अध्यक्ष शेष घलेको अध्यक्षतामा गठित समितिमा कुलचन्द्र गौतम, डा. गणेश गुरुङ, रन्जु वाग्ले, जमुना गुरुङ, डा. भगवान कोइराला र इन्द्रा बन, शिशिर भट्ट र रजनी प्रधान सदस्य छन् । समितिले नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकटलाई समाधान गर्न अत्याबश्यक औषधी सहयोग गर्न तदारुकताका साथ कार्य अगाडी बढाउने बताइएको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...