धैर्यको बाँध फुट्नै लाग्यो : व्यवसायी

Loading...

sejon nepalमंसिर ७, काठमाडौं । नाकाबन्दी, सीमामा अवरोध तथा तराइमा जारी बन्द अझै लम्बिएमा उद्यमी व्यवसायी पलायन हुनुपर्ने स्थिति आउने चेतावनी व्यवसायी तथा विज्ञहरुले दिएका छन् ।

विगत ३ महिनादेखिको नाकाबन्दी र बन्द हडतालका कारण तराई क्षेत्रमा रहेका दुई हजार दुई सय कलकारखाना तथा व्यवसायहरु बन्द रहेको र सीमापारी रोकिएका हजारौं ट्रक तथा कण्टेनरको बिलम्ब शुल्क तथा जरिवाना तिर्नका लागि ठूलो रकम खर्चिनु पर्ने भए पछि व्यवसायीहरुको धैर्यको बाँध फुट्नै लागेको उनीहरुको भनाइ छ ।

अर्थ मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमवार ललितपुरमा आयोजना गरेको ‘नाकाबन्दीले अर्थतन्त्रमा पारेको असर’ अन्तक्र्रियामा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

अहिलेकै जस्तो खराब स्थिति कायम रहे ‘एक देश एक प्रदेश’को नारा लगाउनु पर्ने पनि हुनसक्ने उनीहरुको चेतावनी थियो । एफएनसीसीआईका अध्यक्ष पशुपति मुरारकाका अनुसार १ खर्ब भन्दा बढीको सामान सीमापारी रोकिएका छन् । ‘करीब ३ लाख रुपैयाँ पर्ने कण्टेनरको बिलम्बशुल्क नै ७ देखि ८ लाख रुपैयाँ पुगेको छ । कतिपय कच्चा पदार्थ र खाद्य सामग्री नष्ट भएका वा विग्रेका छन् ।

काबन्दीको १०० दिनमा नेपाली उद्योग व्यवसायमा मात्रै २ खर्ब रुपैयाँ भन्दा बढीको नोक्सान भएको छ ।’ बन्दउद्योगले तलब र बैंकको ब्याजदर तिर्न पनि व्यवसायीलाई अप्ठ्यारो परेको उनले बताए । नाकाबन्दी र बन्द अबरोधका कारण मुलुकभर कालोबजारी मौलाएको र त्यसले अर्थतन्त्रमा गम्भीर असर पारिसकेको उनको भनाइ थियो ।

पूर्व अर्थ सचिव रामेश्वर खनालले कानूनी रुपमा व्यापार व्यवसाय गर्नेहरु धराशयी हुने र कालोबजारी गर्ने मौलाउने अवस्था आउनु बिडम्बनापूर्ण भएको बताउँदै उद्यमीहरुलाई पलायन हुनबाट रोक्नका लागि आवश्यक कदम चाल्न सरकार सँग आग्रह गरे । ‘नाकाबन्दीले अर्थतन्त्रमा भूकम्पले भन्दा ठूलो धक्का दिएको छ । तर, अझै पनि सरकारले त्यसको उपचार बारे प्रष्ट धारणा ल्याउन सकेको छैन ।’

नेपालमा कालोबजारीको आकार दैनिक १ खर्ब रुपैयाँ बराबर पुगेको भन्दै उनले आमजनतालाई आश्वस्त पार्नकालागि सरकारले कालोबजारी तत्कालै नियन्त्रण गर्नुपर्ने उनले बताए । उत्तरको नाकालाई सहज र सुचारु ब्नाउनका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उनको सुझाव थियो ।

पूर्व मुख्यसचिव डा. विमल कोइरालाले सरकार राजश्व मुखी भएको आरोप लगाए । समस्या यति लामो समय लम्बिँदा पनि सरकार उचित सम्बोधन गर्न असफल भएको भन्दै उनले ‘आत्मनिर्भरता उन्मुख अन्तर निर्भरता’तर्फ जानकालागि योजना बनाउन सुझाव दिए ।

अन्तक्र्रियामा कार्यपत्र प्रस्तुत गर्दै सेजनका अध्यक्ष गोकर्ण अवस्थीले अर्थतन्त्रको अवस्था जर्जर बन्दै गएको बताए । सम्पूर्ण आर्थिक सूचकहरु नकारात्मक बन्दै गएको र त्यसको समाधानका लागि तत्काल राजनीतिक सहमति आवश्यक भएको उनको भनाइ थियो ।

Loading...

यसमा तपाइको मत

कानुन र बिजनेश बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...