धादिङका न्यायाधीश बसमा सरर …

Loading...

Thakur sharmaमंसिर ८, चितवन । अधिकांश कार्यालय प्रमुख र सरकारी कर्मचारीहरु क्वाटरदेखी कार्यालय जानसमेत सरकारी गाडीमा प्रयोग गर्छन् । तर धादिङ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद शर्मा भने सुविधाको गाडी थन्क्याएर सार्वजनिक बसमै महिना दिनदेखी यात्रा गरिरहेका छन् ।

जिल्लामा रहेका कार्यालय मध्ये डेढ दर्जन सरकारी कार्यालयका आफ्नै सवारीसाधन छन् । अधिकांश कार्यालय प्रमुखले जिल्ला प्रशासनबाट कुपन लिएर र महंगो तिरेरै भए पनि गाडीमै ओहोरदोहोर गर्दै आएका छन् ।

चितवन घरबाट फर्किंदै गरेका शर्मा भन्छन् मेरो सुविधाको बाहनमा मैले प्रयोग गर्ने इन्धनले कसैको जीवन रक्षा समेत हुन सक्छ । राष्ट्रिय संकटको बेला पदीय सुविधामा पनि सम्झौता गर्न सक्नुपर्छ । जनताका सुख दुस्खमा साथ दिनु पर्छ, जिल्ला न्यायाधीश शर्माले भने ।

अत्यावश्कीय सेवामा नपरे पनि जिल्ला अदालत कार्यालय प्रमुख मध्ये विशेष सुविधा दिनु पर्ने कार्यालय मध्ये नै पर्छ । स्थानीय प्रहरीले अत्यावशकीय सेवा बाहेक अन्यलाई इन्धनको कुपन दिन कडाई गरेको छ । परिसर जोडिएको जिल्ला प्रहरीसँग इन्धनको कुपन माग्न छोडेर न्यायाधीश शर्माले तिहारमा समेत चालक अमर लामालाई बिदा दिएर सार्वजनिक बसमै चितवनको भरतपुरसम्म लामै यात्रा गरे । उनी फर्कँदा समेत सार्वजनिक बसमा नै कार्यालय आए ।

आफ्नो सुविधाको बा८च ७४४ को गाडी कार्यालयमै थन्क्याएर बसपार्क पुगेका न्यायाधीश शर्माले टिकट पनि पाएनन् । इन्धन अभाव देखाउँदै नारायणगढलाई एउटै मात्र संचालित सार्वजनिक बसमा उनी उभिएर गए । उल्टै न्यायाधीशसँग बस मालिकले २ सय १० भाडाको साटो ३ सय नै ठटायो । आधा बाटो पुग्दा एक जनाले चिनेपछि आफ्नो सिट छोडेपछि मात्रै उनले हाइसन्चो माने ।

उनी अहिले पनि आफ्नो सुविधाको गाडी त्यति धेरै चढ्दैनन् । उनी भन्छन्, मलाई मात्रै समस्या परेको होइन । हामी सबै नेपालीलाई संकट परेका बेला मैलेचाहिँ गाडी नै चढ्नुपर्छ भन्ने छैन । म पनि सर्वसाधारणले जस्तै गरि यात्रा गर्न सक्छु ।

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा एयरपोर्ट क्षेत्रमा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

काठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन, मुलुकी देवानी...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

समाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार पाएका केही...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी कानून निर्माणको...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

सम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका मान्यजन सँग...

२० वर्ष नपुगी गरिएको विवाह वदर हुने, ३ वर्ष कैद र ३० हजार जरिवाना

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

उच्च पदस्थ व्यक्तिहरुमाथि हुने विभिन्न कसुरमा यस्ता छन सजाय

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संहितामा विभिन्न धार्मिक तथा साँस्कृतिक समुदायबीचको सुसम्बन्ध तथा शान्ति कायम...

त्रासमा परी गरेको काम कसूर नहुने, हत्या र बलत्कारका मुद्धामा भने ठहरीने

काठमाण्डौ: मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २२ ले डर त्रासमा परी गरेको काम कसूर नहुने व्यवस्था गरेको छ । सोही ऐनको उपदफा १ मा कसैले जोखिमी हातहतियार वा विषालु वा विष्फोटक पदार्थ...