पेट्रोलियम पदार्थको कालोबजारी गर्ने गिरोह प्रहरी नियन्त्रणमा

Loading...

मंसिर ८ काठमाण्डौ ।  काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा विगत २५ वर्ष देखि अवैध तवरले पेट्रोलियम पदार्थ बेच्ने पम्पहरुमा तेलको मात्रा/नाप कम गर्ने उपकरणहरु (रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन) जडान गरी गराई उपभोक्ता ठग्ने कार्यमा विभिन्न पेट्रोल पम्पका सञ्चचालक तथा सो कार्यमा संलग्न प्राविधिकहरु समेतलाई महानगरीय प्रहरी अपराध महाशाखा, टेकुको अनुसन्धान टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट उपकरण सहित मिति २०७२।०८।०६ गते पक्राउ गरी ठगी मुद्दा अन्तरगत आवश्यक कारवाहीको लागि म.न.प्र. परिसर काठमाडौं, भक्तपुर र ललितपुर पठाईएको छ ।

पक्राउ परेका प्राविधिकहरु :

१.
नाम :- नसिम सिद्दिकी
उमेर :- ४४ बर्ष
ठेगाना :- भारत बिहार, मोतीहारी ढाका-२
हाल :- का.जि.का.म.न.पा.वडा नं.३५ कोटेश्वर
अनुभव :- २५ वर्ष देखि मेनुयल पम्पहरुमा काम गर्दै आएको ।
बरामद : रिमोट रिसिभर थान- १, पल्सर एसेम्ली र रिमोट थान- १ र पल्सर कार्ड रिमोट रिसिभर डिभाइस थान- १

२.
नाम :- अयुव आलम
उमेर :- ३५ बर्ष
ठेगाना :- भारत गोरखपुर, गोरखनाथ थाना
हाल :- का.जि.बालकुमारी
अनुभव :- १० वर्ष देखि डिजिटल पम्पहरुमा काम गर्दै आएको ।
बरामद : रिमोट रिसिभर थान- २६, रिमोट थान- १७, सेन्सर बक्स थान- ७, डिभाइस थान- ४, रिसिभर जोडिएको डिभाईस थान- २, डिस होल्डर पम्प थान- १, सोल्डिङ आईरन थान- २, बुस गियर फलामको थान- २, बुस गियर सेतो प्लाष्टिकको थान- २, पल्सर कार्ड थान- २, फलामको बबिल गियर थान- २, प्लाष्टिकको बबिल गियर थान- २ र प्लाष्टिकको बबिल गियर थान- १३

३.
नाम :- मिन्टु भन्ने हमिद हुसेन
उमेर :- २५ बर्ष
ठेगाना :- भारत विहार, मोतिहारी थाना
हाल :- का.जि.बालकुमारी
अनुभव :- ५ वर्ष देखि मेनुयल पम्पहरुमा काम गर्दै आएको ।
बरामद : बुस गियर फलामको थान- ४, बुस गियर सेतो प्लाष्टिकको थान – १३, बबिल गियर फलामको थान- १९, बबिल गियर प्लाष्टिकको थान- ५, बबिल गियर प्लाष्टिकको र धातुको थान- १, मिडिल गियर धातुको थान- १, चिम्टी थान- ३, नकाटिएको सेतो प्लाष्टिकको बुस गियर थान- ४ र नकाटिएको प्लाष्टिकको बबिल गियर थान- ४

४.
नाम :- मोहम्मद अबरार
उमेर :- २३ बर्ष
ठेगाना :- भारत विहार, मोतिहारी थाना, फेनहरा
हाल :- का.जि.बालकुमारी
अनुभव :- २ वर्ष देखि मेनुयल पम्पहरुमा काम गर्दै आएको ।

५.
नाम :- शेख ईम्तिहाज
उमेर :- ३५ बर्ष
ठेगाना :- जि.रौतहट, कनकपुर गा.वि.स.वडा नं.२
हाल :- का.जि.बालकुमारी
अनुभव :- २ वर्ष देखि मेनुयल पम्पहरुमा काम गर्दै आएको ।

पक्राउ परेका पम्प संचालकहरु :
१.
नामथर : शैलेन्द्र नाथ बादे
उमेर : ४० बर्ष
वतन : जिल्ला काभ्रे बनेपा न.पा. ५ हाल का.जि.बानेश्वर
पेट्रोल पम्पको नाम : गायत्रीदेवी आयल स्टोर्स, एकान्तकुना
बरामद : रिमोट थान –२, रिसिभर–२, चिप्स थान १

२.
नामथर : शिव तिमल्सिना
उमेर : ३५ बर्ष
वतन : जिल्ला काभ्रे ढुङ्गखर्क गा.वि.स.वडा नं. ९ हाल ल.पु. महालक्ष्मी
पेट्रोल पम्पको नाम : श्री महालक्ष्मी विश्वकर्मा ट्रेडर्स, चाँपागाउँ
बरामद : डिभाइस थान १

३.
नामथर : गोपाल महर्जन
उमेर : ४८ बर्ष
वतन : जिल्ला ललितपुर ल.पु.उ.म.न.पा. ८ बालकुमारी
पेट्रोल पम्पको नाम : यूनिक फ्युल सेन्टर, बालकुमारी
बरामद : रिमोट थान २, रिसिभर थान २, चिप्स थान- १

४.
नामथर : युनुष प्रधान
उमेर : ३४ वर्ष
वतन : जिल्ला चितवन भरतपुर उ.म.न.पा. घर भई हाल बालाजु १६
पेट्रोल पम्पको नाम : त्रिशक्ति फ्युल सेन्टर, सानेपा
बरामद : डिभाईस थान –८

५.
नामथर : कल्याण खड्का
उमेर : ४७ बर्ष
वतन : जिल्ला मकवानपुर, आग्रा गा.वि.स.वडा नं. ३ हाल का.जि. तिनथाना
पेट्रोल पम्पको नाम : क्रिष्टल फ्युल सप्लायर्स, बालाजु
बरामद : डिभाईस थान-२

६.
नामथर : पूण्यराम बखाडेया
उमेर : ४९ बर्ष
वतन : जिल्ला भक्तपुर, भक्तपुर न.पा.वडा नं.११
पेट्रोल पम्पको नाम : भक्तपुर फ्युल सेन्टर, आदर्श बस स्टप
बरामद : गियर थान-३, स्विच थान-१, डिभाईस थान-१ ।

७.
नामथर : सिताराम घिमीरे
उमेर : ३२ बर्ष
वतन : जिल्ला काठमाण्डौ, टोखा न.पा.८
पेट्रोल पम्पको नाम : न्यू बंगलामुखी आयल स्टोर्स, सानो भ¥याङ
बरामद : डिभाईस थान-२, रिमोट थान-१

अवैध तरिकाले पेट्रोलियम पदार्थ ब्यवस्थापन गर्ने व्यक्ति :
१.
नामथर : हेम विक्रम बराल
उमेर : ३० बर्ष
वतन : जि.सर्लाही, कालिन्जोर गा.वि.स.वडा नं. १
हाल : का.जि.शान्तिनगर

अवैध उपकरण फेला परेको तर संचालक पक्राउ नपरेका पेट्रोल पम्पहरु :
१.
पेट्रोल पम्पको नाम : राजधानी आयल, गोपिकृष्ण
संचालक : बुद्धरत्न महर्जन, दिपक थपलिया
बरामद : डिभाईस थान-२, रिमोट रिसिभर थान-२

२.
पेट्रोल पम्पको नाम : न्यू पुष्पाञ्जली आयल ट्रेडर्स प्रा.लि., जय बाँगेश्वरी
संचालक : अमिर लामा
बरामद : डिभाईस थान-२, रिमोट रिसिभर थान-२

३.
पेट्रोल पम्पको नाम : पूजाकोठी आयल स्टोर्स, नयाँ बसपार्क
संचालक : राजिब शर्मा
बरामद : डिभाईस थान-१, रिमोट रिसिभर थान-१

४.
पेट्रोल पम्पको नाम : दिव्या सप्लायर्स, सामाखुसी
संचालक : तिलक श्रेष्ठ
बरामद : डिभाईस थान-१, रिमोट २ थान, रिसिभर थान-१
नोट : सवै संचालकहरु फरार रहेका ।
साथै अन्य ५ वटा पम्पहरुमा समेत छापा मारी शंकाको दायरामा राखिएको ।
– अनुसन्धानबाट खुलेका तथ्यहरुः
– काठमाडौं उपत्यका लगायत अधिराज्यव्यापी काम गर्दै आएका ।
– यो समूहले बजार एकाधिकारको काम गरेको ।
– डिजिटल पम्पमा प्रयोग हुने उपकरणहरु (रिमोट, रिसिभर, डिभाईस, स्विच, चिप्स र कोड) भारतको लखनउबाट रु.२४ हजारमा खरिद गरी ल्याउने र पम्पहरुमा ३० देखि ४० हजारमा जडान गर्दै आएको ।
– मेनुयल पम्पहरुमा प्रयोग हुने उपकरणहरु (बुस गियर, मिडल गियर, बबिल गियर, सेफ्टी पिन) बजारबाट ३ सय दखि ५ सयमा खरिद गरी पम्पमा ७ हजार देखि १० हजार सम्ममा जडान गर्दै आएको ।
– डिजिटल पम्पहरुमा प्राविधिकले ३ तरिका ( (क) स्विच (ख) रिमोट (ग) नोजल कोड) को सेटिङ्ग गरी जडान गर्दै आएको ।
– पम्पहरुले उपकरणहरु जडान गरी प्रति ५ लिटरमा २०० देखि ३०० एम.एल.कम गरी उपभोक्तालाई ठगी विक्री गर्दै आएको ।
– मेनुयल पम्पमा प्रयोग गरेका उपकरणहरु संचालक आफैले सजिलै हटाउन सक्ने ।
– डिजिटल पम्पमा प्रयोग गरिने उपकरणहरु प्राविधिक विना जडान गर्न र हटाउन नसक्ने । स्रोत: नेपाल प्रहरी

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...