धमाधम समातिदै कालोबजारीहरु

Loading...

nepal police logoपेट्रोल पम्पको सिल भित्र चिप्स मेशिन फिट गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका १५ गठ्ठाघर स्थित प्रविण पेट्रोल पम्मका म्यानेजर मकवानपुर आग्राहा ३ घर भएका ४१ बर्षीय भिमसेन के.सी. लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी बृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले मंगलबार पम्प चेकजाँच गर्ने क्रममा पम्पको सिल भित्र चिप्स मेशिन फिट गरेको अवस्थामा फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यसैगरि काठमाडौँ महानगरपालिका १६ बालाजु गंगाहल नजिक अवैध रुपमा पेट्रोल ल्याई बिक्री बितरण गर्ने २ जनालाई प्रहरीले ७ सय २० लिटर पेट्रोल सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी श्रीपुर ८ घर भएका ५५ बर्षीय अव्दुल रसिद र सिन्धुपाल्चोक ठूलोपाखर १ घर भई काठमाडौँ पेप्सीकोला बस्ने ४२ बर्षीय ईन्द्र कुमार लामा रहेका छन् ।

उनीहरुलाई बा.१३ च १०२१ नम्वरको भ्यानमा १६ वटा प्लाष्टिकको ग्यालिनमा पेट्रोल ल्याई बिक्री बितरण गरिरहेको अवस्थामा मंगलबार प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यस्तैगरि काठमाडौं महानगरपालिका १५ सितापाईला बस्ने ३८ वर्षीय देवक पौडेललाई बढी मुल्यमा ग्याँस बिक्री गरीरहेको अवस्थामा बुधबार प्रहरीले पक्राउ गरेको छ । गोर्खाली खाद्य स्टोर तथा ग्याँस सप्लायर्सका पौडेलले गजुरीबाट गिता ग्याँस ल्याई सितापाईलामा प्रति आधा सिलिण्डर १ हजार २ सय रुपैयाँको दरले विक्री वितरण गरीरहेको अवस्थामा महानगरीय प्रहरी बृत्त स्वयम्भुले पक्राउ गरेको हो । पौडेलले ३० थान आधा सिलिण्डर ग्याँस विक्री गरेको खुल्न आएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित एलिना ट्राभल्स एण्ड टुर्समा प्रतिलिटर २ सय ५० रुपैयाँका दरले पेट्रोल बिक्री बितरण गरिरहेको अवस्थामा १ सय ३५ लिटर पेट्रोलसहित ४ जनालाई महानगरीय प्रहरी बृत्त गौशालाले बुधबार पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी कानून निर्माणको...

मन्त्रालयका काम र प्रगति विवरणको अनुगमन गर्न सफ्टवेयर निर्माण हुदै

काठमाण्डौ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले हरेक दिन गरेको कामको कार्यप्रगति अनुगमन गर्न विवरण गर्नका लागि सफ्टवेयर निर्माण गर्ने भएको छ । सफ्टवेयरमार्फत राष्ट्रिय गौरवका आयोजना सँगै महत्वपूर्ण कामको अनुगमन प्रधानमन्त्री कार्यलयबाट हुनेछ ।...

आन्दोलन गर्ने स्थानको निर्धारण, उल्लंघन गरे कडा कारवाही

काठमाडौं: हरेक काम कागहरु प्रति चिक्त नवुझेको खण्डमा नेपालमा सडक तताँउने अभियान सामान्यत जस्तै रहेको छ । व्यस्थ सडकहरुमा आन्दोलन र गरिएका प्रदर्शनले ट्राफिक आवतजावतमा अस्त व्यस्त वन्दै आएको राजधानी काठमाण्डौ अव उक्त कुरहरुबाट...

कैदी बन्दीका गुनासोहरु गोप्य ढंगले अव सिधै मन्त्रालयमा

काठमाण्डौ: गृहमन्त्री राम बहादुर थापा बादलले कारागार सुधारका लागि काठमाण्डौ स्थित जगन्नाथदेवल, डिल्लीबजार कारागार र ललितपुर भैसेपाटी स्थित नख्खु कारागारको प्रत्यक्ष रुपमा निरीक्षण गरि कार्यलयहरुको भौतिक पुर्वाधार, सुरक्षाको अवस्था र कैदी बन्दीहरुका समस्याहरुको समेत...

अव चेलीबेटी बेचविखनका अपराधी समाउने नयाँ प्रवीधी

नेपालबाट बर्षेनी ११ हजार भन्दा बढी चेलीबेटी भारतमा बेचिन्छन । दलाल आफन्तबाटै समेत बेचिने ती चेलिको खोजीमा माइती नेपालले अझ सक्रियता साथ काम गर्ने भएको छ । माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा नाकामा दलाल...

दुःख दिने नियतले मुद्दा हालेमा झगडियालाई नै कार्यवाही हुने

अनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःखरहैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने कार्यवाही हुने गरी भएको छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको आर्थिक व्ययभार...

सामाजिक कार्यमा अग्रणी भुमिका निभाँउदै प्रभु बैक

काठमाण्डौ: प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजउपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै बॉके जिल्लाको रनियापुर गा.बि.स.का अधिकांश मानिसहरुमा ऑखा सम्बन्धी समस्या रहेको तथ्याङ्क अनुसार उक्त समस्यालाई न्युनिकरण गर्न यस प्रभु...

नेपाली कांग्रेस विरुद्ध सर्बोच्चमा अवहेलना मुद्दा दायर

नेपाली कांग्रेसविरुद्ध आज सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको भन्ने सार...

अवैध मदिरा नियन्त्रण गर्न सक्रिय बन्दै विभाग

काठमाडौं: आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा २०७३ पुस १९ गते अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठक आन्तरिक राजस्व विभागमा सम्पन्न गरिएको छ । अवैध मदिरा र राजस्व छली गरेर बेचिने मदिरा नियन्त्रण...