मंसिर १०, काठमाडौं । सामुदायिक रेडियो परासीको कार्यालय परासीमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ। बुधबार राति दश बजेको समयमा अज्ञात समूहले रेडियो स्टेशनमा पेट्रोल बम प्रहार गरेको हो।
रेडियोको परिसरमा रहेको लु १८ प ४००१ नम्बरको मोटरसाईकलमा आगजनी समेत गरिएको छ। अागजनीबाट मोटरसाईकल पूर्णरुपमा ध्वस्त भएको छ । पेट्रोल बम प्रहार गर्नुअघि ९८५७०४५८९४ नम्बरको मोवाईलबाट रेडियोमा फोन गरि धम्की पनि दिईएको थियो ।
रेडियोको कार्यालय रहेको भवनमा दुईवटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।
यसअघि मधेसी मोर्चाका कार्यकर्ताले आफ्ना समाचार प्रयाप्त प्रशारण नगरेको भन्दै पटक पटक धम्की दिदै आएका थिए । मोर्चा कार्यकर्ताले नै बम प्रहार गरेकाे हुनसक्ने एफएम सञ्चालक र स्थानीय प्रशासनको शंका छ । तर घटनाकाे कसैले जिम्मा लिएको छैन ।
रेडियोले आजदेखि अनिश्चितकालका लागि प्रशारण बन्द गरेको छ। रेडियो स्टेशनको सुरक्षा नभएको तथा पटक पटक धम्की आउने क्रम जारी रहेकाले रेडियो सञ्चालन गर्न सक्ने स्थिति नरहेपछि अनिश्चितकालका लागि रेडियोको प्रशारण बन्द गरिएको रेडियोका प्रबन्ध निर्देशक मेघराज गौतमले बताए।
रेडियो स्टेशनमा भएको यस किसिमको घटना प्रति सामुदायिक रेडियो परासीका अध्यक्ष सुमन गोपाल आर्चायले घोर भ्रत्सना गरेका छन् ।
यसमा तपाइको मत
अपराध र कानुन बाट अन्य

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै निवेदन...

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ । मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...