मंसिर १०, काठमाडाैं । नेपाल–भारत सीमामा देखिएको असहजता, नेपालमा उत्पन्न मानविय संकट र मधेस आन्दोलन सहितका विषयमा भारतमा पहिलो पटक संसदीय समितिको बैठकमा छलफल भएको छ ।
छलफलमा भारत सरकारको तर्फबाट विदेशमन्त्री शुष्मा स्वराजको उपस्थिति रहेको थियो । बैठकमा नेपाल मामिलाको विषयमा स्वराजले सरकारी धारणा राखेकी थिईन ।
नेपालको समस्या नेपाली आफैले समाधान गर्नु पर्ने भन्दै एमाले, काग्रेस, एमाओवादी र मधेसबादी दलहरु बसेर समस्या समाधानकोलागि छलफल गर्नु पर्ने सत्तारुढ भारतीय जनता पार्टीका पूर्व उपाध्यक्ष भगत सिंह कोसियारीले बताए । उनले भारतले नेपालमा नाकाबन्दी लगायो भन्ने कुरा अफवाह मात्रै भएको भन्दै नाकाबन्दी आन्दोलनरत मधेसी दलहरुले लगाएको दावी गरे ।
‘भारतलाई दोष दिएर नेपालीहरु उम्किन पाउँदैनन । नेपाललाई हेर्ने भारतको नीतिमा कुनै परिवर्तन छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नाकाबन्दी गरेको भन्ने कुरामा एक प्रतिसत पनि सत्यता छैन ।’ उनले भने, ‘भारतको चाहना नेपालको शान्ति, स्थायीत्व र विकास रहेको भन्दै नेपालमा उत्पन्न औषधी र ईन्धन संकट समाधानको विषयमा आफूले भारतीय प्रधानमन्त्रीसँग कुरा गरिरहेकोले केही समयमै सहज हुने छ ।’
उनले भारत नेपालको जलस्रोत, नदि, उर्जा साथै हिन्दु राष्ट्र चाहन्छ भन्ने कुुरालाई गलत भन्दै नेपालमा अब राजसस्था आउन नसक्ने बताए । करण सिंह, काग्रेस आईका बरिष्ठ नेता आफ्नो पहलमा नेपाल सम्बन्धी छलफल गन संसदीय समितिको बैठक बसेको भन्दै बैठकमा विदेशमन्त्री शुष्मा स्वराजलाई आफूले स्पष्ट रुपमा नेपालमा किन नाकाबन्दी गरेको भनि प्रश्न गरेको जानकारी दिए । जवाफमा स्वराजले आफू नेपाल भारत सीमामा कस्ले अवरोध गरिरहेको छ भनि अन्तर्राष्ट्रिय मिडिया र राजनीतिक दलका नेताहरुलाई लिएर जान तयार रहेको बताएका थिईन ।
सिंहले भारत र नेपालका सत्तारुढ दलहरु मिलेर समस्या समाधान गर्नु पर्ने भन्दै संसदको बैठकमा समेत काग्रेस आईले नेपालको मामिला उठाउने जानकारी दिए । उनले नेपालमा जारी भएको संविधानलाई भारतीय काग्रेस आईले स्वागत गरेको बताए पनि मधेसीको माग भने संविधानमा समावेश हुनु पर्नेमा जोड दिए । सिंहले भने, ‘नाकाबन्दी लगाएको भए भारतले हटाउनु पर्छ । नेपालमा पनि समस्या समाधान हुनु पर्छ । भारतको नेपाल नीतिमा कुनै परिवर्तन छैन । तर नेपालीलाई परेको पीडामा काग्रेस आई चुप लागेर बस्दैन । प्रधानमन्त्री मोदीसँग पनि कुरा गर्छ ।’
नेपालको विषयमा संसदमा कुरा उठाउने गरी छलफल गरिरहेको जानकारी दिदै नेपालमा पनि दलहरुले मधेसको मुद्दा संबोधन गरेर निकास खोज्नु पर्ने जनता दल यूनाईटेड अध्यक्ष सरद यादवले बताए । उनले संसदीय समितिमा आफुहरुले नेपालको पीडाको विषयमा कुरा उठाएको जानकारी दिदै विहारसँग विशेष सम्बन्ध रहेको कारण पनि आफूहरु नेपालको समस्यामा बढी संबेदनशिल भएको बताए ।
त्यस्तै नेपालको पीडामा चुप लागेर बस्न नसक्ने भन्दै नेपालको मुद्दा संसदमा दह्रो ढंगले उठाउने भारतीय कम्यूनिष्ट पार्टी (माक्र्सबादी) महासचिव सीताराम ऐचुरीले प्रतिबता जनाए । उनले नेपालमा जारी समस्या संबादबाटै तत्काल टुङग्याउन समेत सुझाव दिए ।
यसमा तपाइको मत
अन्य समाचार बाट अन्य

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै निवेदन...

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ । मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...