दाङको हवाई सेवा नियमित हुने संकेत

Loading...

dang airportमंसिर १०, दाङ । ईन्धन अभावको कारण देखाउदै अनियमित भएको दाङको हवाई सेवा पुनह नियमित हुने संकेत देखिएको छ ।

तुलसीपुर उद्योग बाणिज्य संघको समन्वयमा संचालन हुदै आएको हवाई सेवा पुनह नियमित रुपमा संचालन गर्ने तयारि गरेको गोमा एअरका म्यानेजिङ डाईरेक्टर मनोज कार्किले बताएका छन् । बिहिबार आफनौ उडान मार्फत तुलसीपुर बिमान स्थल आएका आएका कार्किले तुलसीपुर उद्योग बाणिज्य संघका पदाधिकारि संग कुरा गर्दै नयाँ सहमति मार्फत पुनह नियमित उडानका लागी आफु तयार रहेको उनले बताए । कार्किले पुरानो सहमति ३ महिना रहेको र सो सकिएको हुदा अव नयाँ सहमति अनुसार हप्तामा २ उडान भर्नका लागि आुफुहरु तयार रहेको बताए । उनले हवाई इन्धन अभावका कारण भाडामा केहि वृद्धि भए पनि पुनह ईन्धन सहज भए पुरानै भाडामा उडान भर्ने बताए ।

भेटका क्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालले आफुहरुले गरेको सहमति सकिएको र अव नयाँ सहमतिका साथ उडान भर्नका लागी आफुहरुको पुर्ण सहयोग रहने बताए । उनले तर आफुहरुले पहिले लिएको ७ वटा टिकटको जिम्मा भने लिन नसक्ने प्रष्ट पार्दै उडानका लागी अन्य सहयोग भने गर्न तयार रहेको बताए । यसैबिच ईन्धन अभावका कारण काठमाडौं दाङ हवाई भाडामा बृद्धि भएको छ । दाङको तुलसीपुर बाट उडान भर्ने एकमात्र गोमा एअरले इन्धन अभाव भन्दै काठमाण्डौ बाट दाङ आउदाको भाडा बृद्धि गरि झण्डै ११ हजार पु¥याएको छ ।

यसअघि काठमाडौं देखि तुलसीपुरको भाडा ८ हजार थियो । तर पछिल्लो समय इन्धनको अभावलाई देखाएर काठमाडौं बाट दाङ सम्म आउन हवाइ भाडा ११ हजार कायम गरिएको छ । यता दाङ बाट काठमाण्डौ जादा भने ८ हजार ५ सय भाडा कायम गरिएको छ । एउटै रुट भएपनि काठमाडौं बाट दाङ आउने र दाङ देखि काठमाडौं जाने यात्रुहरुका विचमा झन्डै साढे तीन हजारको भाडा अन्तर पारिएको छ । गत जेठ १४ यता हप्तामा दुई दिन सोमवार र विहिवार उडान भर्दै आएको गोमा एयरले यो बीचका केहि उडानहरु रद्ध गरेको थियो ।

कार्तिक १९ गते पछि विहिवार मात्रै उक्त एयरले दाङमा उडान गरेको हो । दाङको एक मात्रै एयरपोर्टमा प्लेन संचालनको जिम्मा लिँदै आएको तुलसीपुर उद्योग वाणिज्य संघले ७ वटा टिकेटको जिम्मा लिँदै आएको थियो ।

Loading...

यसमा तपाइको मत

कानुन र बिजनेश बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...