युद्धभूमिजस्तो तराईको राजमार्ग

Loading...

मंसिर १२, काठमाडाैं । पच्चीस वर्षदेखि विराटनगर–काठमाडौं रात्रिबस चलाउँदै आएका सन्तोष गौतमले यसअघि बस हाँक्दा कहिल्यै हेल्मेट लाउनु परेको थिएन । लाउनुपर्ला भन्ने लागेको पनि थिएन । तर, विराट डिलक्सका चालक ४८ वर्षीय गौतमले त्यस्तै दिन भोग्नुपर्‍यो ।

‘सय दिनभन्दा बढीको बन्दमा २५ दिन बस कुदाएँ, २० पटक ढुंगामुढामा परें,’ उनले भने, ‘धेरै पटक अगाडिको सिसा फुटेपछि अहिले तार जाली लगाएका छौं । तोडफोडमा झ्याल छेउमा बसेका यात्रुलाई बढी चोटपटक लाग्छ ।’ तैपनि हेल्मेट लगाएर स्टेयरिङ सम्हालेपछि गन्तव्यसम्म पुग्ने/नपुग्ने चिन्ता भइरहन्छ उनलाई । पूर्व–पश्चिम राजमार्गमा पुग्दा दैनिकजस्तै वरिपरिबाट बर्सिने ढुंगा र प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले गर्ने लाठीचार्ज, अश्रुग्यास एवं हवाई फायरका दृश्यहरू मानसपटलमा आइरहन्छन् ।

‘सप्तरीको भारदहदेखि धनुषाको ढल्केबर नकटुन्जेल सास रोकेर बस चलाउनुपर्छ,’ उनले भने । चार जनाको परिवारसहित विराटनगरमा कोठा लिएर बस्दै आएका गौतम आफैं पनि सर्लाही नवलपुर–९ का बासिन्दा हुन् । ‘डरमर्दो अवस्था छ, यो पेट भर्न र छोराछोरीको पढाइ खर्च जुटाउन ज्यान जोखिममा पारेको हुँ,’ उनले भने । गौतमका छोरा दस जोड दुईमा पढछन्, छोरी एसएलसीको तयारी गरिरहेकी छन् । मासिक दुई हजार रुपैयाँ मात्र तलब हुने गौतमको जीवन निर्वाह गन्तव्यमा गाडी पुर्‍याएपछि पाइने १ हजार भत्तामा निर्भर गर्छ । ‘गाडी नचल्दा त ढाडै सेकिन्छ,’ उनले भने ।

सुरक्षाकर्मीको एस्कर्टिङमा जाने हुनाले अहिले राजधानीसम्म पुग्ने चालकहरू दुई रात सुत्न पाउँदैनन् । ‘ढल्केबारबाटै तनाव सुरु हुन्छ, सुनसरीको दुहबीसम्म कायम रहन्छ,’ अर्का चालक ३५ वर्षीय मनीष लामाले भने । उनी काठमाडौंदेखि विराटनगर रुटमा ‘एस एन्ड एस डिलक्स’ चलाउँछन् । ‘अहिले एक टिप गर्न दुई रात जाग्नुपर्छ,’ हेटौंडा–१४ का लामाले भने ।

अधिकांश रात्रि र दिवाकालीन बस सेवाले विराटनगरदेखि काठमाडौंसम्मका लागि दुई चालक राख्छन् । सामान्य दिनमा हेटौंडादेखि विराटनगरसम्मको यात्रा सात घण्टामा पूरा हुन्छ । ‘बन्द नभएका बेलामा विराटनगरबाट बेलुकी बस लिएर हिँडदा राति १२ बजेसम्म हेटौंडा पुग्थें, सुत्न पाइन्थ्यो । अहिले बिहान ६/७ बज्छ,’ उनले भने ।

चार वर्षदेखि रात्रिबस चलाइरहेका उनलाई यो पेसामा टिकिरहन मुस्किल लाग्न थालेको छ । ‘हेल्मेट नलगाई चालक सिटमा बस्नै सकिन्न,’ उनले भने । आठ कक्षामा पढ्ने दुई छोरीहरू र ६ वर्षीय छोरासहित लामाको ५ जनाको परिवार छ । ‘मेरो मासिक खर्च ३० हजार रुपैयाँ छ,’ उनले भने, ‘बन्दको अवधिमा मुस्किलले ४०/४५ दिन बस चल्यो, अहिले भत्ता र तलबसहित मासिक २० हजार रुपैयाँ पुर्‍याउन पनि गाह्रो छ ।’

रात्रिबसका सहयोगी २२ वर्षीय कृष्ण खडकाले कोसीपारिको तराईको भाग आफूलाई युद्धभूमिजस्तो लाग्ने गरेको बताए । ‘वरिपरिबाट बर्सिरहेको ढुंगामुढाबीच आफ्नो र यात्रुको ज्यानको जोखिम मोलेर जसोतसो गन्तव्यमा पुगिन्छ,’ उनी भन्छन्, ‘पूर्वपश्चिम राजमार्ग नकटुन्जेल मुटु ढुकढुक भइरहेको हुन्छ ।’ सय दिनभन्दा बढीको आन्दोलनमा प्रहरी एस्कर्टिङमा भए पनि ८० दिन मात्रै आफ्नो बसले सेवा दिएको उनले बताए । अचेल विराटनगर बसपार्कमा सिसा नफुटेका बस भेटिँदैनन् । त्यही पनि चालकहरू राजमार्गमा बस गुडाइरहेका हुन्छन् ।

गन्तव्यमा बस पुर्‍याएर आएपछि १ हजार ३ सय रुपैयाँ भत्ता पाउने खडकाको आम्दानी बस नचल्नेबित्तिकै ठप्पै हुन्छ । तर, सधैंभरि यसरी बाँच्न नसकिने उनले बताए । विराटनगर–काठमाडौंको दूरी बढीमा १२ घण्टा हो । आन्दोलनले गर्दा ओहोरदोहोर गर्न अहिले दुई/तीन दिनसम्म लाग्छ । ‘अहिलेसम्म टाउको फुटेको छैन, तर कहिलेसम्म भाग्यले साथ देला ?’ उनले भने । नारायणघाटमा खेती किसानी गरेर बाँचिरहेका ५ जनाको परिवारलाई आर्थिक सहयोग पुर्‍याउन करिब ९ वर्षदेखि बसमा काम गरिरहेको उनले सुनाए । ‘अब त मनै टुटिसक्यो,’ उनले भने, ‘उतै परिवारसँगै खेतीपाती गर्नुपर्ला जस्तो छ ।’

विराटनगर–काठमाडौं ओहोरदोहोर गर्ने मालवाहक ट्रकमा सहयोगी भएर काम गर्ने सिन्धुपाल्चोक टेकानपुरका २० वर्षे रामकृष्ण तिमिल्सिनालाई पनि दैनिकी चलाउन उस्तै मुस्किल पर्न थालेको छ । ‘चार महिना लाग्न थालिसक्यो, १० दिन पनि गाडी चलेको छैन, एक सुको कमाएको छैन,’ उनले भने, ‘साहू र चालकले भात खानसम्म दिएका छन् । कमाइ भए पो साहूले पनि दिने हो ।’ तिमिल्सिनाको बास नै गाडीभित्र हुन्छ । उनी तीन वर्षदेखि यही काम गर्दै आइरहेका छन् ।

नेपाल यातायात व्यवसायी संघका पूर्वअध्यक्ष राजन कँडेलले बस चालक र कर्मचारीको जोखिमपूर्ण खटाइको भविष्यमा मूल्यांकन गरिने प्रतिबद्धता जनाए । ‘चालक, सहचालकहरूको पेसागत दायित्व यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउनु हो । सामान्य अवस्थामा मात्र होइन, चुनौतीपूर्ण अवस्थामा पनि उनीहरूले त्यो दायित्व सम्हाल्नुपर्छ,’ उनले भने, ‘स्थिति सामान्य हुनेबित्तिकै चालक र सहयोगीहरूलाई जुटाएर सम्मान र पुरस्कार प्रदान गरिनेछ ।’

  • कान्तिपुर दैनिकबाट
Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...