इन्धन तस्करी-तस्करलाई सलाम !

Loading...

petrol bottelमंसिर १२, विराटनगर । बारम्बार ओहरदोहर गर्ने सयभन्दा बढी मोटरसाइकललाई दुई साताअघि भारतीय अर्धसैनिक बल एसएसबीले जोगबनी नाकामा रोके। र, चेतावनीको भाषामा सम्झाए, ‘एकैदिन ट्यांकीका ट्यांकी तेल लगेर के गर्छौ? अब धेरै ओहोरदोहोर गर्यौ भने ठिक हुँदैन।’

एसएसबीको चेतावनीपछि एउटै नम्बरका मोटरसाइकल पटक–पटक देखिन छाडे पनि भारतीय नम्बरप्लेटका मोटरसाइकलको आवतजावत भने सीमामा रोकिएनन्, बरु बाक्लियो। नाकामा आन्दोलनकारी र भारतीय प्रशासन दुवैको कडाइ हुँदा पनि सामान्य अवस्थामा आउने इन्धनको ५० प्रतिशत जोगबनी नाकाबाट भित्रिरहेको छ। उक्त पेट्रोलियम काठमाडौं, चितवन, सिन्धुली र अमलेखगन्जसम्म पुगेको छ।

पेट्रोलियम पदार्थको आयातमा कमी, आएको मध्ये ६० प्रतिशत पूर्व क्षेत्रभन्दा बाहिर पठाउनुपर्ने र हप्तौंपछि उपभोक्तालाई लाइनमा घन्टौं उभ्याएर बल्लतल्ल ५ सयको इन्धन बाँडिए पनि सडकमा सवारीसाधनको लर्को घटेको छैन। आखिर कसरी चलिरहेका छन्, सवारीसाधन? पेट्रोलियम व्यवसायी र सरकारी अधिकारीका अनुसार तस्करी गरी ल्याइएको पेट्रोलियम पदार्थले कुल मागको ३५–४० प्रतिशत बजार धानेको छ।

‘भारतका सीमावर्ती बजारबाट तस्करी गरी ल्याइएको पेट्रोलियम पदार्थले बजारको कुल मागको ४० प्रतिशत धानिरहेको छ,’ मोरङका एक सरकारी अधिकारीले भने। नाकाबन्दीले बजारमा पेट्रोलियम पदार्थको हाहाकार भएपछि ‘जसरी र जुन माध्यम’ ले इन्धन आए पनि केही नगर्नू भनेर स्थानीय प्रहरी–प्रशासनलाई सरकारकै निर्देशन छ।

‘काठमाडौं आउने इन्धन जसरी आए पनि हस्तक्षेप नगर्नू भनेर अनौपचारिक सर्कुलर नै छ,’ एक प्रहरी अधिकारीले नागरिकसँग भने, ‘हामीलाई सबै थाहा छ।’

ती प्रहरी अधिकारीका अनुसार सीमामा ‘दुई नम्बरी’ धन्दा गर्ने सबै अहिले पेट्रोलियम पदार्थको तस्करीमा संलग्न छन्। मोरङको भारतीय सीमावर्ती बजार बथनाहा र फारबिसगन्जका पेट्रोल पम्पमा नेपाली उपभोक्ताकै भिड हुन्छ। ट्यांकी भरेर आउने सवारी विराटनगर आइपुगेपछि रित्तिन्छन्। अनि, फेरि लाग्छन्, बथनाहा र फारबिसगन्जतर्फ।

‘यो धन्दामा नेपाली र भारतीय दुवै संलग्न छन्,’ पेट्रोलियम व्यवसायी अरबिन्द शर्माले भने, ‘सीमामा मिनी पेट्रोलपम्प नै सञ्चालित छन्।’

नाकाबन्दीपछि आयातमा कडाइ गरिएलगत्तै भित्रिएको कुल इन्धनको ७५ प्रतिशत काठमाडौं पुर्या उन गृह मन्त्रालयले सीमावर्ती जिल्ला प्रशासनलाई निर्देशन नै दियो। त्यही निर्देशन पालना गर्दै रातको समयमा स्कर्टिङ गर्दै जोगबनी नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थमध्ये ७५ प्रतिशत काठमाडौं पठाइयो। बाँकी २५ प्रतिशत पूर्वक्षेत्रमै वितरण गरियो। मोरङका प्रजिअ गणेशराज कार्कीले पूर्वक्षेत्रमा पनि पेट्रोलियमको माग उच्च रहेकाले ४० प्रतिशत इन्धन पूर्वक्षेत्रकै लागि राख्न थालिएको बताए।

कार्कीका अनुसार कात्तिकमा जोगबनी नाकाबाट २६ लाख लिटर पेट्रोल भित्रिएको छ जसमध्ये ८ लाख ६० हजार लिटर अमलेखगन्ज र ६ लाख २० हजार लिटर पेट्रोल आयल निगमको थानकोट डिपो पठाइएको छ। यस्तै, कात्तिकमा जोगबनी नाकाबाट ६३ लाख ३८ हजार लिटर डिजेल भित्रिएको छ। जसमध्ये २६ लाख ८० हजार निगमको थानकोट डिपो, १५ लाख २० हजार लिटर अमलेखगन्ज डिपो र ३० लाख ६१ हजार लिटर डिजेल पूर्वक्षेत्रमै बिक्री गरिएको छ।

नाकाबाट भन्सार तिरेर भित्रिएको पेट्रोलियम पदार्थ उपभोक्ताले सहजै पाउने अवस्था छैन। प्रशासनले पनि मापदण्ड तोकेर मात्रै इन्धन बाँडिरहेको छ। सुरक्षा, स्वास्थ्य, ढुवानीका साधन, काठमाडौं जाने सवारीसाधन, उद्योग, कृषि र निर्माण व्यवसायीलाई इन्धन वितरणमा प्रशासनले प्राथमिकतामा राखेको छ। ‘१ सय ५० देखि २ सय रुपैयाँ तिरे बजारमा जति पनि पेट्रोल पाइन्छ,’ उपभोक्ता सन्तोष सुवेदीले भने, ‘मिनरल वाटरको बोतलमा पेट्रोल बेच्ने कति छन् कति। आवश्यकता छ, जसरी पनि किन्नुपरेको छ।’

जोगबनी नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थको ६० प्रतिशत निगमले काठमाडौं पठाए पनि यहाँका रात्रीबस, ट्रान्सपोर्ट र निजी सवारीमा ठूलो परिमाणमा इन्धन काठमाडौं गइरहेको छ। स्थानीय स्तरमा पठाइने यस्ता इन्धन सबै तस्करीका हुन्। लहान प्रहरीले केही दिनअघि अग्नि यातायातका दुई वटा यात्रुवाहक बसबाट ३ हजार लिटर पेट्रोलियम पदार्थ बरामद गरेको थियो। तर, चर्को दबाब आएपछि ती इन्धन छाडिएको थियो। ‘बसका सिट र सिटमुनि, डिक्की र छतभरि पेट्रोल–डिजेलको जर्किन हुन्छ,’ एस्कर्टिङमा खटिने सुनसरीका एक प्रहरी अधिकृतले भने, ‘यात्रु थोरै, तेलको जर्किन धेरै हुन्छ।’

भारतीय बजारबाट तस्करी गरी ल्याइएको पेट्रोलियम पदार्थ बजारमा कालोबजारीमा महँगोमा बिक्री हुन्छ। ‘पेट्रोलियम पदार्थको स्टोर पनि असुरक्षित तरिकाले गरिएको पाइएको छ,’ मोरङ प्रहरीका एसपी तारणीप्रसाद लम्सालले भने, ‘डिजेल–पेट्रोल असुरक्षित तरिकाले स्टोर गरेकै कारण आगलागीका घटना बढेका छन्।’ तस्करी गरी ल्याउने पेट्रोलियम पदार्थ आन्दोलनकारीले नाकामा पोख्ने र रोक्ने काम गरे पनि त्यो धन्दामा उनीहरू पनि संलग्न छन्। ‘इन्धनको तस्करी सारै चिन्तापूर्ण छ,’ एक प्रहरी अधिकारीले भने, ‘रोकौं अभाव चर्कने, नरोकौं अर्थतन्त्र तस्करको हातमा जाने।’

– नागरिक दैनिकबाट 

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...