अदालतमा आरोप पुष्टि नहुदै सजाय पाउने प्रणाली ठिक हो ? : रेखा

Loading...

REKHA THAPA BEAUTYमंसिर १२, काठमाडौं । कोही विरुद्ध कसैले जाहेरी दिएकै आधारमा जाहेरी परेको पक्ष कसुरदार हुँदैन । पहिलो पक्ष जाहेरी दिए अनुरुपकै विषय वस्तु हो वा होइन भन्ने रहन्छ, भने अर्को पक्ष विषय वस्तु मिलेता पनि पुष्टिहुने वा नहुने भन्ने अर्को पक्ष रहेको हुन्छ र दिएको जाहेरीले प्रहरीलाई अनुसन्धान गर्ने प्रकृयामा पठाउछ भने अनुसन्धानको क्रममा प्रहरिले प्रमाण र जाहेरीको औचित्यता नदेखेमा मुद्धा दायर नै गर्दैन पनि ।

नेपालको अपराध कानूनको पक्षलाई हेर्दा र यस संग जोडिएको पत्रकारितालाई पनि अध्ययन गर्ने हो भने कुनै आरोप नै अपराध जस्तो रुपमा प्रस्तुत हुन्छ जसले आरोपित पक्षको सामाजिक मर्यादा लगायतमा ठुलो नकारात्मक असर पर्ने गर्दछ ।

कुनै मुद्धा फैसला हुदा जस्तै परिणाम आएता पनि त्यसको वारेमा कुनै समाचार खासै नवन्ने प्रचलन र आरोपको समयमा नै ठुलो विषय वन्नुले आरोपित पक्षको सामाजिक प्रतिस्ठामा ठुलो आँच अभियोले नै आउने तर फैसलाको सफाईले पनि उसको गुमेको प्रतिस्ठा पुनरस्थापना हुन नसक्ने अवस्था रहको हुन्छ ।

यसै शिलशिलामा केही समय अघि नायिका रेखा थापाले एउटा कार्यक्रममा उपस्थित हुने भनेर अनुपस्थित भइ ठगी गरेको भन्दै ठगीजस्तो जघन्य मुद्दामा खोटांग जिल्लामा उजुरी पर्यो भन्ने समाचार आइ रहेका छन् । सामान्य जाहेरिको आधारमा सनसनि पुर्ण समाचार पनि यस्तै एक उदाहरण जस्तो देखिएको छ ।

खोटांगको एक कार्यक्रममा नायिका थापालाई प्रकाश पुरी नामका एक युवकले उपस्थित हुनका लागि आग्रह गरेका थिए । आफू व्यस्त भएकोले बताएता पनि धेरै कर गरेपछि मैले हो भने करार गरौं नत भनेकी थिए । तर, पुरीले करार पछि गरौला नि त पहिला कार्यक्रमको वातावरण वनाउ भन्दै कार्यक्रममा मान्छे बटुल्न सजिलो हुने भनी प्रोमोको लागि शुभकामना र तपाईँहरु कार्यक्रममा आउनु होला म पनि आउँदैछु भनी रेकर्ड गराएका थिए ।

‘मैले प्रोमोमा बोलेकी हुँ, त्यस पश्चात दुई महिना जति पछिसम्म कार्यक्रमको मलाई कुनै खबर भएन । उनले धमाधम रेखा थापा आउने भनेर जिल्लामा पैसा संकलन गरेछन् । त्यस पश्चात करार भएन मैले समय पनि अन्तै म्यानेज गरे म आउन सक्तिन भने । तर पुरीले खोटांग जिल्ला प्रहरी कार्यालयमा कार्यक्रममा आउँछु भनेर नआएको भनि ठगी मा जाहेरी दर्ता गर्न पुगेछन् ।’

रेखाले नेपालकानून संग बताइन । थापालाई रकम पठाइएको भनिएको भौचरका कपि र समग्र विषयको अवस्था हेर्दा मुद्धा ठगी अन्तरगत नै नपरी करार ऐन अन्तरगत पनि जने देखिन्छ, जो कुरा मोबाइल म्यासेजहरुवाट पनि देखिन्छ । आफूले एग्रिमेन्ट भएन म आउँदिन भनेर हरेक पटकको संवादमा म आउँदिन भनेर जवाफ दिएको देख्दा देख्दै पनि कसरी ठगी हुनसक्छ ? जो मिडियामानै प्रकाशित छन् । ‘समाचारको शीर्षकमै ठगी भनेर आरोप लगाए पनि पत्रकारले प्रयोग गर्न मिल्छ ?’  अदालतमा आरोप पुष्टि नहुदै सजाय पाउने प्रणाली ठिक हो ?  यस्तो कार्य नगनरुनै न्याय आरोपितको गोपनियताको हक र न्यायप्रदन गर्ने पक्ष हो नि उनले भनिन ।

त्यसैगरी उनले आफूले कार्यक्रममा आउँछु भनेर प्रोमोमा बोलेको कुरा कानुनी रुपमा आधार हुन नसक्ने भन्दैे कार्यक्रमको प्रोमोमा जस्तै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अन्य व्यक्तित्वहरुले पनि कतिपय विज्ञापनमा हामी आउँदैछौं तपाईको घर दैलोमा जनगणनाको तथ्यांक लिन, पोलियो थोपा खुवाउन आदि भन्ने सन्देश दिन्छन् तर आफैँ जाँदैनन् ।

त्यस्तै म पनि कार्यक्रम हेर्न जान्छु, म त यो उत्पादन प्रयोग गर्छु भन्ने विज्ञापनिक सामग्रीमा बोल्दैमा कलाकारले त्यही प्रयोग गर्नैपर्छ भन्ने छैन । अतिथिले म आउँछु भनेर भन्दा नगएमा हर्जना व्यहोर्नु पर्दैन । ‘मसँग कुनै प्रस्तुतिको लागि करार गरिएको थिएन । त्यसैले म अतिथी सरह थिएँ मौखिक रुपमा । तर पनि मैले आफैँ इमानदार भएर धेरै अघिदेखि नै आउँदिन भनेको थिएँ ।’ उनले भनिन्, ‘त्यो केवल आयोजक प्रायोजकको विज्ञापनको लागि बोलेको कुरा थियो । जुन विज्ञापनमा बोलेको समय र मेरो सानो भए पनि क्ल्पिको लागि मलाई पारिश्रमिक दिनु पर्ने हो त्यो मैले पाएकी छैन ।’

‘कार्यक्रममा आउँदिन भनी पटक पटक जवाफ दिइरहेको कलाकारलाई कार्यक्रमको एक दिन अघि मात्र खातामा पैसा हालिदिनु सोझै फसाएको भन्ने कानुनले देख्दैन ?’ उनले प्रश्न गरिन् । नायिका रेखा थापाका वकील स्वागत नेपालले भने ‘नायिका थापालाई कार्यक्रममा बोलाउँदा आउँदिन भन्दाभन्दै आयोजकले रेखासँग करार नै नगरी रेखाको नाम भजाएर स्थानीय सर्वसाधारणबाट रकम उठाउनु भनेको कक्षा सञ्चालन गर्ने अनुमति नै नलिई विद्यार्थीसँग रकम लिएर विद्यार्थी भर्ना गरेजस्तै ठगी गर्नु हो ।’

‘रेखासँग कुनै अनुमति लिइएको छैन । मौखिक रुपमा करार गर्ने हो भने आउँछु भन्नु भनेको शर्तात्मक हो जो जुनसुकै बेला पनि पक्षले रद्ध भएको घोषणा गर्न पाउने कानुनी व्यवस्था छ । रेखाले आउँछु भनेको भए पनि जुनसुकै बेला आउँदिन भन्न पाउने अधिकार थियो । तर उनीसँग अनुमति नै नलिई उनकै नाममा पैसा उठाएर सर्वसाधारण ठगी गर्ने पुरी समेतले सर्वसाधारणबाट बच्न कार्यक्रमको केही घण्टा अघि मात्र रेखाको खातामा पैसा हालिदिएको देखिन्छ । यो धेरै धूर्त प्रकारको ठगी हो ।’ उनले भने ।

Loading...

यसमा तपाइको मत

अपराध र कानुन बाट अन्य

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा एयरपोर्ट क्षेत्रमा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

काठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन, मुलुकी देवानी...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

समाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार पाएका केही...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी कानून निर्माणको...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

सम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका मान्यजन सँग...

गाली बेइज्जती र अपमानजनक शब्द प्रयोग गरेमा जेल

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

पशपंक्षीलाई निर्दयी व्यवहार गर्नेलाई जेल

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

नेपाली नोट वा सिक्कामा केरमेट गरे जेल

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

डाक्टरले बिरामीको उपचार बदनियतपूर्वक गरेमा जन्मकैदको सजाय

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...