महिलाहिंसा दोब्बर बढ्यो

Loading...

mahila-hinsa photo

मंसिर १३ काठमाडौं । लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बखत यहाँ महिला हिंसाका शृङखलामा वृद्धि हुँदै गएको छ । अघिल्लो वर्ष भन्दा यस वर्ष यस्ता घटनामा दोब्बर गुनाले वृद्धि भएको यस क्षेत्रमा काम गर्ने संस्थाले जनाएका छन् । शनिवार मात्र सदरमुकाम नजिक दुई छात्रा एउटै रुखमा झुण्डिएर मृत भेटिएका छन् ।

धनकुटा नगरपालिका ३ स्थित कागते र देब्रेबासको संगमस्थलमा उनीहरु एउटै रुखको हाँगामा झुण्डिएर मृत फेला परेका छन् । मृतक धनकुटा ३ का करिब १६ वषिर्या देवी परियार र सोहि ठाउँकी करिब १८ वषिर्या जुनु परियार रहेको प्रहरीले जनाएको छ । घटनास्थल तथा लाश जाँच प्रकृति मुचुल्का अनुसार दुवैले आत्माहत्या गरेको प्रहरीको ठम्याई छ । तर यी घटनाका पछाडि हिंसाजन्य कारण हुने गरेको अधिकारकर्मी तथा प्रहरी प्रशासनको समेत भनाई छ ।

देवी सदरमुकामस्थित गोकुण्डेश्वर उमावि ७ कक्षा र जुनु भाषा उच्च मावि कागतेमा ९ कक्षामा अध्ययनरत थिए । दुवै सानिमा ठुलीआमाका छोरी हुन् । स्थानीयबासीले घाँस काट्न जादा जंगलको नजिकै रुखमा उनीहरु मृत अवस्थामा फेला पारेका थिए । घटनास्थल र लाश जाँच प्रकृति मुचुल्काको आधारमा युवतिहरुले आत्माहत्या गरेको प्रहरीको भनाई छ । दुवैका आमाको मृत्यु भएको र बाबुले सानीआमा ल्याएपछि घरायसी तनाबमा रहेका थिए । घरायसीरुपमा उपेक्षा गरेको कारण डेरा गरेर बस्दै आएका उनीहरु पछिल्लो समय अत्यन्त तनाबग्रस्त रहेको मृतकका दिदी साईनो पर्ने संझना परियारले जानकारी दिइन् ।

यद्यपी चरम गरिबी र घरायसी कारणसंगै प्रेमीबाट पाएको धोका पनि आत्माहत्याको कारण रहेको प्रहरी स्रोतको भनाई छ । मृतकको पोष्टमार्टम आइतबार मात्रै हुने जनाइएको छ । घटनास्थलबारे अनुसन्धानमा सम्लग्न प्रहरी नायव निरीक्षक दिनेश अधिकारीका अनुसार दुवैको आर्थिक अवस्था अत्यन्त दयनिय रहेको र जिविकोपार्जन गर्ने आधार नभएको पाइएको छ । ‘पोष्टमार्टम रिपोर्टपछि केहि अनुसन्धानका दायरा आउने छ’, अधिकारीले भने, ‘हामी गहिराईसम्म पुगेर अनुसन्धान गर्ने छौं ।’

जिल्लामा गत साउनदेखि हालसम्म ७ जनाले आत्माहत्या गरेका छन् । जसमा १ पुरुष र ६ जना महिला छन् । अधिकांस घटनामा घरेलु हिंसा जोडिने गरेको प्रहरी अनुसन्धानले देखाउने गर्दछ । जिल्लास्थित विभिन्न महिला अधिकार तथा महिला हिंसा न्युनिकरणमा सम्लग्न संस्थामा पनि हिंसाका घटनाको उजुरी आउने गरेको छ । अधिकांस घटनाको मुख्य कारणमा सहि अभिभावकत्व नहुनु र हिंसामा सम्लग्न पीडकलाई उचित कानूनी कारवाही भन्दा उन्मुक्तिका कारण घटनाको सृङ्खला वृद्धि हुने गरेको अधिवक्ता हिमादेवी बस्नेतको भनाई छ । इन्सेक प्रतिनिधि सन्तोष रुचालका अनुसार जिल्लामा अघिल्लो वर्षको तुलनामा दोब्बर गुनाले महिला हिंसाका घटना वृद्धि भएको छ । सन् २०१४ मा ३० हिंसाका घटनामा २०१५को १० महिनाको अवधिमा करिब ५० यस्ता घटना रहेको रुचालले जानकारी दिए ।

जिल्लामा महिला हिंसा तथा मानवअधिकारका घटना वृद्धि हुन नदिन सबै पक्ष सक्रिय हुनु पर्ने प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए । सबै घटनामा प्रशासनले गम्भीर रुपमा चासो लिने र न्युनिकरणका लागि सक्रिय हुने उनको भनाई छ ।

एक पुरुषको वेवारिसे लाश

यसैबिच धनकुटाको मुलघाटस्थित तमोर नदि किनारमा सनिवार एक पुरुषको वेवारिसे शव फेला परेको छ ।

बुढिमोरङ गाविस ८ स्थित तमोर किनारमा लाश फेला परेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

स्रोत : इकान्तिपुर 

Loading...

यसमा तपाइको मत

अपराध र कानुन बाट अन्य

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा एयरपोर्ट क्षेत्रमा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

काठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन, मुलुकी देवानी...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

समाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार पाएका केही...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी कानून निर्माणको...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

सम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका मान्यजन सँग...

गाली बेइज्जती र अपमानजनक शब्द प्रयोग गरेमा जेल

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

पशपंक्षीलाई निर्दयी व्यवहार गर्नेलाई जेल

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

नेपाली नोट वा सिक्कामा केरमेट गरे जेल

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

डाक्टरले बिरामीको उपचार बदनियतपूर्वक गरेमा जन्मकैदको सजाय

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...