आफै खिन्न छन् आपुर्ती मन्त्री गणेशमान !

Loading...

Ganeshman aapurtimantri

मंसिर १४ काठमाडौं । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको निद्रा बिहान पाँच नबज्दै खुलिसक्छ। निद्राबाट ब्युँझिनेबित्तिकै उनी तेल र ग्यास सम्झन्छन्।

दिनरात तेल र ग्यासका लागि मेहनत गरिरहँदा पनि आपूर्ति व्यवस्था सहज नभएपछि आफैं खिन्न भएको उनले बताए।भारतीय नाकाबन्दीका कारण सबैभन्दा व्यस्त मन्त्री पनि उनै हुन्। एक महिना वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समालिसकेका मन्त्री पुन इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन ‘चेन अफ कमान्ड’ नै नमिलेको निष्कर्षमा पुगेका छन्।

उनले पेट्रोलियम पदार्थको आपूर्ति र वितरणमा आफूले चाल्न खोजेका कदममा सुस्तता आउनुमा सरकारी संरचनाको ‘चेन अफ कमान्ड’लाई नै जिम्मेवार ठहर्‍याउँछन्।चीनसँग इन्धन आपूर्तिका लागि गरिने सम्झौता, रक्सौलबाहेक भारतका अन्य नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन गरिएको प्रयास, प्राप्त भएको इन्धन वितरणमा चाल्न खोजिएका कदम, वैकल्पिक इन्धन आपूर्तिका लागि चाल्न खोजिएका अभियान र दीर्घकालीन समाधानका उपाय खोज्न आफूले गरेको प्रयास सरकारी संरचनाको ढिलासुस्तीले परिणाममुखी हुन नसकेको मन्त्री पुनले बताए।

वाईसीएल पृष्ठभूमिबाट जनप्रतिनिधि हुँदै मन्त्री भएका पुन चेन अफ कमान्डमा फटाफट निर्णय र कार्यान्वयन गराउन चाहन्छन्। तर त्यस्तो भइरहेको छैन । ‘सरकार सञ्चाल प्रणाली साह्रै ढिलासुस्ती छ। व्यक्ति तोक्दिनँ तर चेन अफ कमान्ड नै मिलेको देख्दिनँ।

 

एउटामात्रै मन्त्रालयको यो समस्या होइन कि समग्र शासन प्रणालीमा सुधार ल्याउनुपर्ने हुन्छ, पुनले भने, दसैंको बेलाको असहज स्थिति तिहारसम्म नरहोस् भनेर म अनौपचारिक रूपमा चीन पुगें। चीनसँग पेट्रोलियम पदार्थ आपूर्ति गर्ने समझदारीपत्रमा हस्ताक्षर त भयो तर त्यसलाई व्यावहारिक रूप दिने प्रक्रिया अब बल्ल नजिकमा पुगिरहेको छ।

आफ्नो मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई दुईवटा पत्र पठाइसकेको जानकारी दिँदै मन्त्री पुनले भने, इन्धन आपूर्तिका लागि सैद्धान्तिक रूपमा समझदारी हुने बेलामा एउटा र नेपाल आयल निगमको दुई सदस्यीय टोलीसँग अर्को पत्र परराष्ट्र मन्त्रालयमार्फत पठाइएको छ। हामीले पठाएको पत्रमा छिटो व्यापारिक सम्झौता गर्न सहजीकरणका लागि अनुरोध गरिएको छ।

यति धेरै मेहनत गर्दा पनि अब सहज हुन्छ भनेर भन्न सक्ने स्थिति छैन। वितरण व्‍यवस्था सहज बनाउन एसएमएस प्रणाली लागू गर्न प्रयास भइरहेको छ। कालोबजारी नियन्त्रण गर्न गरिएको प्रयासले केही सुधार आएको छ।

चीनसँग इन्धन आपूर्तिका लागि अर्को सम्झौता गर्न सरकारले टोली तयार पारेर राखेको छ। अर्को टोलीमा वाणिज्य तथा आपूर्ति, अर्थ, परराष्ट्र र कानुनसहितका मन्त्रालयका प्रतिनिधि रहनेछन्। बेइजिङमा प्राविधिक तयारी सकिएको दिनमा अर्को टोली पठाउँछौं, पुनले भने। उनका अनुसार चीनबाट इन्धन आपूर्तिका लागि ढुवानी र मूल्यबारे विभिन्न चरणमा छलफल भइरहेका छन्।

उनले बायोग्यास र ब्रिकेटको अभियान चलाएर ग्यासको समस्यालाई अलिक कम गराउन युवा अभियान सञ्चालन गर्न खोजेका छन्। त्यसका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र वा अरू कुनै निकायले काम गरिदिए हुन्थ्यो भन्ने मन्त्री पुनलाई लागेको छ। यति धेरै मेहनत गर्दा पनि अब सहज हुन्छ भनेर भन्न सक्ने स्थिति छैन, पुनले भने, वितरण व्यवस्था सहज बनाउन एसएमएस प्रणाली लागू गर्न प्रयास भइरहेको छ।

कालोबजारी नियन्त्रण गर्न गरिएको प्रयासले केही सुधार आएको छ।इन्धन आपूर्तिका लागि आफूले साउदीसहित खाडी मुलुकका राजदूत, बंगलादेश, म्यानमार र चीनका नेपालस्थित राजदूतसँग छलफल गरेको जानकारी पनि पुनले दिए।

अन्नपुर्ण पोष्ट

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...