आमहडतालका कारण विद्यार्थीहरु कठयाङ्ग्रिदै विद्यालय जान बाध्य

Loading...

Chiso-cold

मंसिर १४, महोत्तरी । संयुक्त मधेसी मोर्चाले जारी राखेको अनिश्चितकालीन आमहडतालका कारण महोत्तरीलगायत तराईका अधिकांश क्षेत्रका विद्यालय बिहानीपखको समयमा सञ्चालन भएपछि विद्यार्थी मर्कामा परेका छन् ।

पछिल्लो केही समययता तराईमा क्रमिक रुपमा बढ्दै गएको चिसोमा यस क्षेत्रका स–साना विद्यार्थी कठ्याङ्ग्रिदै विद्यालयसम्म पुग्न बाध्य भएका छन् ।

मधेसी मोर्चाको आन्दोलनका कारण तीन महिनाको अन्तरालपछि मधेसका जिल्लामा बिहान विद्यालय सञ्चालन भएपछि यस क्षेत्रका स–साना स्कुले विद्यार्थी आँखा मिच्दै किताब बोकी विद्यालय गइरहेका दृश्य हेर्न पाइन्छ । प्रायः सरकारी विद्यालयमा अध्ययन गर्दै आएका न्यूनस्तर एवम् दलित परिवारका विद्यार्थी न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिएर विद्यालयसम्म जान बाध्य भएका छन् ।

तराईका क्षेत्रमा स–साना बालबालिकालाई बिहानपखको समयमा पठनपाठन गराउन एवम् स्याहार सुसार गर्न निकै नै सास्ती भएको त्रिभुवन उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द राउतको भनाइ छ ।

बिहानको समयमा कक्षा सञ्चालन भएपछि अभिभावकले आफ्ना बालबालिकालाई बिनातयारी नै विद्यालय पठाउने गरेको मावि निगौलकी शिक्षिका हरिमाया क्यापछाकीले बताए । विद्यालयमा बेन्च डेस्कको अभाव भएकाले भुइँमा बसाएर पढाउनुपर्ने विद्यार्थीलाई बाहिर चौरमा पढाउँदै आएको जनता निमावि भरतपुरकी शिक्षिका सुनिता महतोको भनाइ रहेको छ ।

वार्षिक परीक्षा नजिकिँदै आएकाले आ–आफ्ना बालबच्चालाई बाध्य भएर विद्यालयसम्म पठाउँदै आएको विजलपुराका अभिभावक गणेशी साहको भनाइ रहेको छ ।

संयुक्त मधेसी मोर्चाको आह्वानमा महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायत तराईका अधिकांश जिल्लामा बिहानीपखको समयमा कक्षा सञ्चालन हुँदै आएको छ । जसका कारण अबोध बालबालिका चिसोसँग सामना गर्दै पढ्न बाध्य भएका छन् ।

सीमाङ्कनको विरोधमा अनिश्चितकालीन आमहडतालमा उत्रेको संयुक्त मधेसी मोर्चाको आन्दोलन तथा क्रमिक रुपमा बढ्दै गएको चिसोका कारण विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिकाको जनजीवन प्रभावित भई उनीहरुको स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पुग्ने स्थानीय शिक्षाविद्हरुको अनुमान रहेको छ । राजनीतिक क्षेत्रमुक्त रहेको विद्यालयलाई मौसमानुसार सञ्चालन गर्न सरोकारवाला निकायले समयमै ध्यान दिनु आवश्यक रहेको छ ।

Loading...

यसमा तपाइको मत

अपराध र कानुन बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...