लाज छोप्ने धोती प्यारो भनुँ कि, शिरको शोभा टोपी प्यारो भनुँ ?

Loading...
Rakesh Kumar Nidhi

अधिवक्ता राकेशकुमार निधी

लाज छोप्ने धोती प्यारो भनुँ कि, शिरको शोभा टोपी प्यारो भनुँ ?
शितल पहाड प्यारो भनुँ कि, पहारिलो मधेश प्यारो भनुँ ?
दुई आँखाका नानी मध्ये कुन चाहीँ, नानी प्यारो भनुँ ?


साथी! तिम्रो प्रश्नै गलत छ ।
अब म प्रश्न गर्छु तिमी उत्तर देउ
हात ठुलो कि खुट्टा?
मुख ठूलो कि पेट?
टाउको ठूलो कि शरीर?
हात र खुट्टा बीच पनि कहीँ लडाइँ हुन्छ ?


मुख र पेट कहिलै लडेका छन्?
दुइ आँखा बीच कहिलै लडाइँ हुन्छ?
लाज छोप्ने धोती र शोभा दिने
टोपी बीचको कस्तो लडाइँ?
मानव मानवबीच कहीँ लडाइँ हुन्छ?


साथी!
लडाइँ त मानव र दानव बीच पो हुनुपर्ने हैन र?
भ्रष्टाचार र गरिबी विरुद्धको लडाइँ हुनु पर्ने हैन र?


अशिक्षा र अज्ञानता विरुद्ध लड्नु पर्ने हैन र?
सामाजिक विकृति विरुद्धको लडाइँ खोइ?
साँस्कृतिक विचलन विरुद्धको लडाइँ खोइ?


अशान्ति विरुद्धको लडाइँ अशान्ति हुन सक्छ?
के क्रोधलार्इ क्रोधले शान्त पार्न सक्छ?
लाखौं युवा विदेसिएका छन्,
वेरोजगारी विरुद्धको सबैभन्दा ठूलो युद्ध कहिले लड्ने?


भो साथी अति भो,
अब धेरै खती भो,
भो अब लासको भारी नबोकौ,
अब त लासलार्इ काँधदिने मलामी खोइ?


अस्ति बैसाखमा मात्रै त हो,
प्रकृतिले सत्रमा आठ थपेको
पच्चिस हजार लास के कम हो र?


खाडीबाट आएका आफन्तका
लासमाथि छाँद हाल्दै,
दिनहुँ भक्कानो फुटाएर रोइएकै छ ।
आँशु पनि रित्तिइसके,
अब सुख्खा रोदन कति रुने?


भो अब देशलार्इ लासको खात नबनाऔं।
सीमांकनबाट मधेश जल्दा, निर्दोष मारिँदा,
नामाँकनबाट पहाड जल्ने तयारीमा रहँदा
मलार्इ त रिंगटा लाग्न थालेको छ ।
के तिमीलार्इ रिंगटा लाग्दैन ?


प्रष्ट भन्छु, सुन साथी
मलाई मेरो लाज छोप्ने धोती पनि चाहिन्छ
शिरको शोभा टोपी पनि चाहिन्छ सबै थोक गुमाएर
मलार्इ ‘धोती न टोपी’ हुने रहर छैन।।

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

सम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका मान्यजन सँग...

संस्कृति बचाँउ भन्दै कानून व्यवसायी शितलले ल्याइन तिज गित “लै वरि लै”

काठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका हुन ।...

सवैले देख्छन खुशीयाली, विछोड भएको देख्ने कसले ?

मेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि भित्रको पिडा मैले...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

ह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ? लामो कथा...

“तिज विकृती होइन संस्कृती हो” भन्दै शितलको गित बजारमा

काठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट शुरीलो भाकाले...

बहुमुखी प्रतिभा सोनीको नयाँ पप गीत

प्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले हरेकलाई कलाकार...

कानूनी क्षेत्र प्यारो लागेकी नानीको अभिनय यात्रा

काठमाडौं:  बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई हाल सम्म...

राधा आजबाट देशभर प्रदर्शनमा

नायक जीवन लुइँटेल तथा नायिका सञ्चिता लुइँटेलबीचको ‘केमेस्ट्री’ हेर्न पाइने चलचित्र हो– राधा । चलचित्र ‘राधा’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आएके छ । बसयात्राका क्रममा चिनाजानीपछिको ख्याल ठट्टाले मायाको रूप लिएपछिको सम्बन्धलाई साकार बनाउने सपना...