नेपाली फिल्म ‘झोला’ पाईरेसी विरुद्ध प्रहरीमा किटानी जाहेरी

Loading...

jhola

मंसिर १३, काठमाडौं । नेपाली फिल्म ‘झोला’ पाईरेसीसँगै अनाधिकृत रुपमा युट्युवमा हालिएपछि निर्माण टिमले शंकास्पद माउण्टेन रिभर फिल्मस् प्रालीका प्रमुख चन्द्रकान्त झाको नाममा महानगरिय प्रहरी परिसर हनुमानढोकामा किटानी जाहेरी दर्ता गराएको छ । उक्त कम्पनिलाई विदेश प्रदर्शन तथा प्रचारको लागी दिईएको फाईल नै युट्युवमा आएपछि उसको अनाधिकृत काम विरुद्ध प्रहरीमा उजुरी दर्ता गराईएको हो ।

आईतबार प्रहरीले आवश्यक छानविनको लागी झालाई नियन्त्रणमा लिने प्रयास गरेपनि उनी भारतको नयाँदिल्लीमा रहेकोले कब्जामा लिन सकेन् । भने उक्त कम्पनिकै अफिसबाट पाईरेसी भएको र त्यहाँकै कम्प्युटरबाट युट्युवमा अपलोड भएको ठहर गर्दै प्रहरीले कालिकास्थानमा रहेको माउण्टेन रिभर फिल्मस् प्रालीको अफिसको सबै सामान भने नियन्त्रणमा लिएको छ । ‘झोला’ निर्देशक यादवकुमार भट्टराईले प्रतिलिपी अधिकार हनन मुद्धा अन्तर्गत उक्त कम्पनि र झालाई विपक्षी बनाई उजुरी दर्ता गराएका हुन् । उजुरीसँगै ५ करोडको क्षतीपुर्ती समेत माग गरिएको छ ।

पहिलो प्रदर्शनमा हिट बनेको यो फिल्मको आगामी माघ महिनामा पुनः प्रदर्शनको तयारीमा निर्माण टिम लागेको थियो । त्यस्तै भारतिय च्यानलमा फिल्म प्रशारणको लागी मुम्वईस्थित सेन्सर वोर्डमा प्रक्रिया अघी बढ्दै गरको तथा अमेरिका, युके, बर्मा लगायतका विभिन्न देशमा प्रदर्शनको लागी सम्झौता हुँदैगर्दा पाईरेसी भएपछि यो प्रकारको कामलाई जघन्य अपराध ठहर गर्दै यसविरुद्ध एक्शन लिईएको निर्देशक भट्टराईले बताए ।

हामीले विदेश प्रदर्शनको चाँजोपाँजो मिलाउने दुई पक्षिय सहमतिअनुसार जुन फाईल उनलाई उपलब्ध गराएका थियौं, सोही फाईल नै युट्युवमा आयो, जहाँ माउण्टेन रिभरको लोगो समेत समावेश छ’ यो अपराध सो कम्पनि बाहेक अन्य कसले गर्नसक्छ ?’ भट्टराईले प्रतिप्रश्न गरे । नेपाली समाजको ईज्जत र संस्कृतिलाई सिध्याउने र यो प्रकारको फिल्म भविष्यमा नबनुन भन्ने षड्यन्त्र स्वरुप योजनाबद्ध रुपमा यो काम गरिएको उनको आरोप छ । भारतिय मुलका व्याक्ति झाले नेपाली फिल्मलाई अन्तर्रा्ष्ट्रियकरण गर्ने बहानामा यो प्रकारको ठगी धन्दा गर्दै आएको र यसको शिकार धेरै निर्माता निर्देशक समेत रहेको निर्देशक भट्टराईले दाबी गरेका छन् ।

योसँगै प्रहरीले छानविनलाई तिब्रता दिईसकेको छ । बिना अनुमति कसैको सृजनालाई सामाजिक सञ्जालमा अपलोड भएपछि त्यसविरुद्धको कारवाही शसक्त रुपमा अघी बढाईएको महानगरिय प्रहरी परिसर हनुमानढोकाका डिएसपी दिनेश आचार्यले बताए । उनका अनुसार दोषी आरोपित झा नेपाल आईसकेपछि यो प्रक्रिया अदालतमा पुग्नेछ र त्यसपछी अदालतले नै यो मुद्धाको फैसला गर्नेछ ।

फिल्म पहिलोपटक युट्युवमा आएसँगै अन्य च्यानलहरुले समेत डाउनलोड गर्दै अपलोड गरेपछि ४० बढी च्यानलबाट युट्युवमा आएको थियो । सय बर्ष पुरानो नेपाली समाजको यथार्थता सतिप्रथाको विषयमा बनेको यो फिल्मले रिलिजको क्रममा दर्शकको राम्रो साथ पाएको थियो । फिल्म पहिलो प्रदर्शनीमा हेर्न नपाएको धेरै दर्शकको गुनासोपछि पुनः रिलिजको लागी निर्माण टिम जुटिरहेको अबस्थामा यो घटना उत्पन्न भएको हो । नेपाली समाजको ईतिहास बोकेको यो फिल्मलाई कहिल्यै पनि भिसीडी र युट्युवमा नल्याउने कुरा निर्माण टिमले यसअघी भन्दै आएको थियो ।

Loading...

यसमा तपाइको मत

अपराध र कानुन बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...