प्रमुख दल आन्तरिक छलफलमा

Loading...

Koirala-Oli-Prachanda-2

मंसिर १४, काठमाडौं । सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनरत पक्षबीच भएको त्रिपक्षीय वार्ताले बुधबार हुने वार्तालाई फलदायी बनाउने सहमति गरेपछि दलहरु आन्तरिक तथा अनौपचारिक छलफलमा व्यस्त छन्। मंगलबार दिनभर आन्तरिक, द्विपक्षीय तथा त्रिपक्षीय छलफल गरेर भोली हुने वार्तालाई फलदायी बनाउने तयारीमा दलहरु लागेका छन्।

हिजोको वार्तामा आन्दोलनरत मधेसी मोर्चाले कात्तिक १५ गते सरकारी वार्ता टोलीसमक्ष पेश गरेको ११ बुँदे मागका विषयमा साझा धारणा ल्याउन मोर्चाले माग गरेको थियो। प्रमुख प्रतिपक्ष दल कांग्रेसले मोर्चाले पेश गरेको ११ बुँदे मागका विषयमा आफूलाई जानकारी नभएको बताएको थियो। कांग्रेसले आज सो मागका विषयमा आफ्नो धारणा बनाउने बताएको थियो। मोर्चाको ११ बुँदे मागका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारीको बैठक आज ३ बजे बस्ने कार्यक्रम रहेको छ। ‘मोर्चाका मागका सम्बन्धमा आज तीन बजे बस्ने पदाधिकारी बैठकले धारणा तय गर्छ,’ कांग्रेस उपसभापति रामचन्द्र पौडलले भने।’

सत्तारुढ दल नेकपा एमालेले पनि मोर्चाको ११ बुँदे मागको विषयमा आन्तरिक छलफल गर्ने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री निवासमा एमालेका शीर्ष नेताबीच आन्तरिक छलफल हुने जनाए। ‘बालुवाटार वा सिंहदरबारमा मोर्चाको मागको विषयमा छलफल गरी धारणा बनाउने तयारी छ,’ दाहालले भने।

एमाओवादीको भने आज केन्द्रीय समितिको बैठक भएकाले कुनै त्यसमा केन्द्रित हुने जनाएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव चुडामणि खड्काले केन्द्रीय समितिको बैठक भएका कारण अन्य दलसँगको छलफल तय गरी नभएको बताए। बैठकपछि भने आन्तरिक छलफल हुनसक्ने एमाओवादीले जनाएको छ।

यसैगरी आन्दोलनरत मधेसी मोर्चाले भने ११ बुँदे माग नै आफूहरुको मुख्य भएका कारण त्यसमा प्रमुख दलले साझा अबधारणा बनाउनु पर्ने बताएको छ। तराइ मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मोर्चाको माग पहिला नै सरकारलाई बुझाइसकेकाले मोर्चाको धारणामा कुनै परिवर्तन नआएको बताए। मोर्चाले सीमाकंन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तथा समानुपाति समावेशीलाई मुख्य मागका रुपमा उठाउँदै आएको छ। मोर्चाले आफूहरुको माग प्याकेजमै सहमति हुनुपर्ने भन्दै सहमति नभएसम्म आन्दोलन नरोकिने जनाएको छ। बुधबार सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनरत पक्षबीच वार्ता हुँदैछ। नेताहरुले भोलीको वार्तालाई फलदायी बनाउने बताउँदै आएका छन्।

नागिरक न्यूजबाट

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...