ड्रोनको प्रयोगबारे निर्देशिका

Loading...

dron

काठमाडौं । पूर्व स्वीकृतीबिना ड्रोन क्यामराको उपयोग गरी तस्बिर वा भिडियो दृष्य रेकर्ड गरे नागरिक उड्डयन प्राधिकरण ऐन र विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने प्रावधानसहित गृह मन्त्रालयले निर्देशिका बनाएको छ।

व्यक्तिगत प्रयोजनमा ड्रोन क्यामराको प्रयोग भइरहे पनि नेपालमा यससम्बन्धी कुनै कानुनी प्रावधान थिएन। वैशाख १२ को विनाशकारी भूकम्पसँगै स्वदेशी र विदेशी सञ्चारमाध्यम र संस्थाले आफूखुसी ड्रोन क्यामराको प्रयोग गरी तस्बिर र भिडियो लिएपछि सरकारले सञ्चार मन्त्रालयको अनुमति अनिवार्य गरे पनि प्रयोगसम्बन्धी कुनै निश्चित मापदण्ड थिएन।

दुई साताअगाडि सैनिक मुख्यालय परिसरमा ड्रोन क्यामरा प्रयोग गरी तस्बिर र भिडियो लिने २ जना चिनियाँ पत्रकार प्रहरीले पक्राउ गरी चिनियाँ दूतावासमा बुझाएको थियो।

गृह मन्त्रालयले कात्तिकदेखि सचिवस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याएको निर्देशिकालेसूचना तथा सञ्चार मन्त्रालय अथवा उड्डन प्राधिकरणसँग पूर्व स्वीकृति लिएर सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा मात्रै ड्रोन क्यामरा प्रयोग गर्न सक्ने कानुनी व्यवस्था गरेको छ। ड्रोनबाट लिइएका तस्बिर र भिडियोसुरक्षा संगठनलाई अनिवार्य रुपमा बुझाउनुपर्ने समेत निर्देशिकामा उल्लेख छ।

युएभी सञ्चालनसम्बन्धी कार्यविधी–२०७२ अनुसार स्वचालित ड्रोन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। निर्देशिकाले धार्मिक र सांस्कृतिक स्थल, सुरक्षाका दृष्टीले संवेदनशील क्षेत्र र हवाई मार्गमा असर पर्नसक्ने क्षेत्रमा ड्रोन उडानमा रोक लगाएको छ।

सुरक्षा निकाय र संवेदनशील क्षेत्रको एक हजार मिटर परिसरभित्र ड्रोन क्यामराको प्रयोग गरे कानुन अनुसार कारबाही हुने गृहले आफ्नो वेभसाइटमा राखेको निर्देशिकामा उल्लेख छ। युएभी प्रयोग गर्दा स्थानीय प्रशासनलाई जानकारी गराई सुरक्षा निकायको रोहबरमा मात्र ड्रोन उडान गर्न दिइने निर्देशिकामा उल्लेख छ।

निर्देशिका अनुसार प्रयोगकर्ताको विस्तृत विवरण सुरक्षा निकायमा पेस गरी उडानपछि प्राप्त सूचना, एरियल फोटो, नक्सालगायत सबै सामग्रि स्थानीय प्रशासन र सुरक्षा निकायमा अनिवार्य पेस गर्नुपर्ने बाध्यकारी वयवस्था राखिएको छ।

‘व्यक्तिगत घरजग्गा, सार्वजनिक इलाका, धार्मिक तथा सांस्कृतिक वैभवका क्षेत्र र महत्वपूर्ण पुरातात्विक संवेदनशील क्षेत्र ‘नो फ्लाई जोन’ तोकिएकाले त्यस्ता क्षेत्रमा ड्रोन क्यामराको प्रयोग निषेधित गरिएको छ,’ निर्देशिकामा उल्लेख छ, ‘अन्तर्राष्ट्रिय सीमाको पाँच हजार मिटर क्षेत्रमा समेत यस्तो उडान गर्न पाइनेछैन।’

– नागिरक

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

दैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्ध...

काष्ठकलामा महिलाको सिप

महिलाहरु पेशाा ब्यवसायमा हरेक प्रकारका काम गर्ने आत्मविश्वास र सक्रियतामा जुटेका छन । कामको प्रकृति जव मेसिनरी प्रणालीले सहज गरेको छ ।  सबै पेशामा महिलाको सहभागिता समानान्तर वनाउन सहयनेग गरेको छ । हाल समाजमा उदाहरणिय रुपमा...

किन बढ्दैछ बहुविवाह ?

काठमाण्डौ: नारी समानता, स्वतन्त्रता र महिला हिंसा विरुद्धका विषयमा विश्वव्यापी रुपमा बहस छलफल भएपनि विद्यमान कानुनमा भएको त्रुटिका कारण महिलाहरु बहुविवाहको पीडा सहन बाध्य छन् । बहुविवाह विरुद्धको विद्यमान कानुन पुरुष प्रधानसोचबाट प्रभावित भई...

सम्बन्धविच्छेद गरेर कति खुसी भएको ?

मलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् । जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् । फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपि, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले लाज राख्नका...

८० दिनमा बच्चा जन्मे पतिले स्विकार गर्नुपर्ने

काठमाडौं: सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ । तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानूनमा विवाह भएको...

महिनावारीको समयमा सरकारले अब तिन दिन बिदा दिने

काठमाण्डौ: सरकारले कामकाजमारहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला कामदारलाई महिनावारीको...

अदालतदेखि प्रशासननै दलितको पक्षमा खुलेर न्याय गर्न अझै सक्दैनन

वि.स. २०६८ जेष्ठ १० गते संसद्को वैंठकले “जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक” पारित गरेको थियो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा। रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक नेपालको कानून...

बुहारीलाई छुरा देखाई यौन शोषण कांग्रेस नेता यसरी परे फन्दामा

महेन्द्रनगर: आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक हप्तामै ससुराले...

उमेर नपुग्दैको विवाहसँगै बड्दो सम्बन्धविच्छेद

काठमाण्डौ: धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी हुन् । विवाहपछि...

नायिका बनाउने प्रलोभोन दखाई युवतीहरुमाथि चरम शोषण

काठमाण्डौ: मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए । अन्तर्वार्ताको...