साझा धारणा बनाएर समस्या समाधान गर्न तीनदल सहमत

Loading...

Koirala-Oli-Prachanda-2मंसिर १७, काठमाडाैं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागमा साझा धारणा बनाएर सम्बोधन गर्न प्रमुख तीन राजनीतिक दल एकमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सत्तारूढ दल नेकपा (एमाले) सहित एकीकृत नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच भएको बैठकले अहिलेको असहज परिस्थितिमा ठोस धारणा बनाएर छिटोभन्दा छिटो सहमति खोज्ने निर्णय गरेको हो ।

समस्या समाधानका लागि तीन दल एकमत भए पनि साझा धारणा कस्तो बन्यो र आन्दोलनरत पक्षसँग कहिले वार्ता हुने हो भन्ने कुरा बाहिर ल्याइएको छैन । यद्यपि नेताहरुले आजै वा छिटोभन्दा छिटो मधेसी मोर्चासँग वार्तामा बस्ने बताएका छन् ।

बैठकले अहिलेको अफ्ठ्यारो अवस्थालाई चिर्न छिटोभन्दा छिटो समाधान खोज्ने सहमतिका साथ एकताबद्ध भएर अगाडि जाने निष्कर्ष निकालेको उपप्रधानमन्त्री भीम रावलले सञ्चारकर्मीलाई जानकारी दिए । एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री रावलले भने, “हाम्रा बीचमा अहिलेको समग्र अवस्थाबारे गम्भीर रुपमा छलफल र समीक्षा भयो । समस्या समाधानका लागि अहिले उठिरहेका जे जति विषय छन् ती विषयलाई टुङ्गो पु¥याउन पुनः आन्दोलनरत पक्षसँग वार्ता गरी त्यसबाट निस्कने निष्कर्षलाई कार्यान्वयन गर्ने सहमति भएको छ ।”

काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले तीन दलबीच मुलुकको समग्र परिस्थितिबारे छलफल भएको र अहिलेको समस्यालाई वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ भन्ने निष्कर्ष निकाले बताए । उनले भने – “आजको छलफल सदाको भन्दा एक दुई कदम अगाडि छ, सकारात्मक छ, मधेसी मोर्चाका साथीहरुसँग बसेर छलफल गरेपछि मात्रै हाम्रो संयुक्त धारणा बन्छ । त्यसकारण उहाँहरुलाई छिट्टै छलफलमा बोलाउँछौँ र आजको छलफलबाट जे जति हामीले बुझ्यौँ सरकारबाट जति सूचना हामीले पाएका छौँ त्यसले संवादबाट निष्कर्ष निकाल्न सकिन्छ भन्ने हाम्रो ठहर छ ।”

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसमा चलिरहेको आन्दोलन र नाकाबन्दीका सन्दर्भमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने सन्दर्भमा केही ठोस धारणा तय गरेको जानकारी दिए । “बैठकले अहिलेको समस्या समाधानका लागि केही ठोस धारणा तय गरेको छ । त्यस आधारमा आज वा सकेसम्म छिटो आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्ने निर्णय गरेको छ । देशको असहज परिस्थितिलाई कुनै पनि ढङ्गले ढिलो नगरीकन समाधान गर्न सबैलाई अपिल गरेको छ ।” श्रेष्ठले भने ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...