आज साँझ बस्ने वार्ताबारे अनविज्ञ छन यादव

Loading...

मंसिर १८ काठमाडौं । आज साँझ ५ बजे हुने भनिएको सरकारपक्षीय दल, प्रमुख प्रतिपक्षी र मधेसी मोर्चाबीचको वार्ताबारे मोर्चा नेता उपेन्द्र यादवले अनभिज्ञता जनाएका छन् । उनले वार्ताबारे आफूलाई थाहा नभएको बताए । ‘तपाँइहरूकै मिडियाहरूबाट वार्ताको हल्ला सुनेको छु,’ यादवले नागरिकन्युजसँग भने ‘कसैले वार्तामा बोलाएको मलाई थाहा छैन ।’

सरकारमा साझेदार एमाले, एमाओवादीसहितका दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित आन्दोलनरत मधेसी मोर्चाबीच बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुने तय भैसकेको भएपनि यादवले यस्तो प्रतिकृया दिएका छन् ।

४ बजे नेपाली कांग्रेस सहित प्रमुख तीन दल र ५ बजे मधेसी मोर्चासँग वार्ता हुने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दहालले बताए । प्रधानमन्त्रीले साँझ हुने वार्ताबारे आफ्नो ट्विटरबाट पनि आधिकारिक जानकारी गराइसकेका छन् । बेलुका हुने वार्तामा दलको तर्फबाट धारणा तय गर्न र एजेन्डाहरुमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न एमालेको स्थायी समिति बैठक समेत डाकिएको छ ।

‘वार्ताले फलदायी निष्कर्ष दिने वा नदिने भन्ने कुरा मधेसी मोर्चाको तयारीमा भर पर्छ,’ प्रधानमन्त्री निकट श्रोतले भन्यो ‘कांग्रेससहित सरकारपक्षीय दलको साझा धारणा आएको छ, वार्ताबाट निष्कर्ष निकाल्नेमा जोड हुनेछ ।’

तर मोर्चाको एक प्रमुख दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवले वार्ताबारे खबर नै नपाएको बताएर आजको वार्ता पनि विगतका जस्तै निश्फल हुने संकेत दिएका छन् ।

‘सरकार तर्फबाट खबर आयो भने बेलुकाको वार्तामा जानुहुन्छ निरु’यादवले भने ‘कस्तो खबर आउँछ त्यसमा भर पर्छ,’ उनले भने ‘तीन दलले मात्रै भनेर हुने भए उनीहरूले संविधान जारी गरिसकेका छन् नि, हाम्रो कुरा कसरी लिन्छन् त्यसपछि वार्ताको ठेगान हुन्छ ।’नागरिक

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...