थिएटर मलमा सारंगीको कथा

Loading...

SArangiko dhun natakसुख होस् या दुःख मानव जीवनमा संगीतको महत्व उत्तिकै हुन्छ । हरेक मानव संस्कृतिमा सुखदुःखमा बजाइने मौलिक संगीत हुन्छन् । नेपाली समाजको एउटा मौलिक बाजा हो सारंगी ।

धेरैजसो दुःखका धुन बज्ने सारंगीलाई गन्धर्व जातिले व्यवसायका रूपमा प्रयोग गर्दै आएका छन् । दुःखका धुन बजाएर र गीतमार्फत समाचार फैलाउने गन्धर्व जातिले अरूका कथा गाउँदागाउँदै आफ्नै कथा गाउन भुलेका हुन्छन् ।

गन्धर्वले गाउन छुटाएको आफ्नै जातिको कथा कथा सारंगी गाउँको नाटकको रूपमा राजधानीको सुन्धारास्थित थिएटर मलमा मञ्चन भइरहेको छ । शिक्षामा पहुँच नभएका दलित समुदायको अवस्था नाटकमा देखाइएको छ । यो नेपाली समाजको यथार्थ हो ।

बिहान बेलुकीको छाक टार्न सारंगीको सहारा लिनुपर्ने बाध्यता जहाँ सारंगी रेट्न नजान्नेको पेटले कुनै दाना भेट्दैन, यस्तै परिस्थिति नाटकमा देखाइएको छ । शिक्षाको सानो झिल्को पनि यो गाउँभित्र पसेको छैन । नाटकमा देखाइएको मनेको परिवार एउटा प्रतिनिधि परिवार हो ।

जहाँ समस्याहरू एकपछि अर्को गर्दै लाइन लागेर आइलाग्छन् । अपांगता भएको छोरा जो सारंगी रेट्न सक्दैन, छोरी मानव तस्करको सिकार बन्छे र श्रीमती पनि छोडेर जान्छे । नाटकको अन्त्यमा अपांगता भएको छोराले शिक्षित बन्ने प्रेरणा पाउँछ ।

ुकथा सारंगी गाउँकोु मा कथावस्तु मार्मिक छ तर नाटकीय प्रस्तुति चाहिँ फितलो देखिन्छ । नाटकमा अपांगता भएको व्यक्तिको रूपमा देखाइएको पात्र हिरालाई चाहिनेभन्दा बढी निरीह रूपमा प्रस्तुत गरिएको छ ।

नाटकका कथाहरू एकसँग अर्कोको तालमेल जोड्न किशोर अनुराग चुकेका छन् । गाइनेकी श्रीमतीको रूपमा उभ्याइएको पात्र पोक्चीलाई निकै हलुका चरित्र बनाइएको छ । गरिबीको मारमा आफ्ना चाहनालाई चितामा जलाउन नसकेर बाध्य भएर अर्को जीवनसाथी रोज्न पुगेकी पात्रलाई भौतिक सुखको लोभमा दुईचार शब्दको भनाभनमा परिवार छोडेर जाने महिलाको रूपमा प्रस्तुत गरिएको छ ।

यस्तो गहन विषय नाटकमा फितलो छ। पूर्वको गाउँको परिवेश देखाउन खोजिए पनि बोलीचाली र लवजमा गाइने गाउँको शैली नाटकका पात्रले प्रस्तुत गर्न सकेका छैनन् । सारंगीलाई जोगाएर कलमको सहारामा आफ्नो समुदायको उत्थान गर्ने सन्देश दिन खोजेको भए पनि नाटकमा सारंगी र कलमलाई छर्लंग हुने गरी लेखक तथा निर्देशकले जोड्न सकेका छैनन् ।

सारंगी रेट्दै कथावाचन गर्ने सुमन विष्टको गायकी नाटकको सबैभन्दा सुन्दर पक्ष हो । जसले दर्शकलाई सांगीतिक माहोलमा मन्त्रमुग्ध बनाइदिन्छ । नाटकमा अशोक शिवाकोटी, रीता थापा, महावीर विश्वकर्मा, आईपी आचार्य, आशीष खत्री, पुर्खाजित राई, सरिता बराइली, राजीव तामाङ, राज थापा र निर्देशक आफैंले अभिनय गरेका छन् । मंसिर ११ गतेदेखि सुरु भएको नाटक मंसिर २६ गतेसम्म मञ्चन हुनेछ । अन्नपुर्ण पोष्ट

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

सम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका मान्यजन सँग...

संस्कृति बचाँउ भन्दै कानून व्यवसायी शितलले ल्याइन तिज गित “लै वरि लै”

काठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका हुन ।...

सवैले देख्छन खुशीयाली, विछोड भएको देख्ने कसले ?

मेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि भित्रको पिडा मैले...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

ह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ? लामो कथा...

“तिज विकृती होइन संस्कृती हो” भन्दै शितलको गित बजारमा

काठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट शुरीलो भाकाले...

बहुमुखी प्रतिभा सोनीको नयाँ पप गीत

प्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले हरेकलाई कलाकार...

कानूनी क्षेत्र प्यारो लागेकी नानीको अभिनय यात्रा

काठमाडौं:  बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई हाल सम्म...

राधा आजबाट देशभर प्रदर्शनमा

नायक जीवन लुइँटेल तथा नायिका सञ्चिता लुइँटेलबीचको ‘केमेस्ट्री’ हेर्न पाइने चलचित्र हो– राधा । चलचित्र ‘राधा’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आएके छ । बसयात्राका क्रममा चिनाजानीपछिको ख्याल ठट्टाले मायाको रूप लिएपछिको सम्बन्धलाई साकार बनाउने सपना...