जनसङ्ख्या मन्त्रालयले द्रुतमार्गबाट औषधि ल्याउने

Loading...

medicineमंसिर १८, काठमाण्डौ । सय दिनभन्दा लामो तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण औषधि आपूर्ति हुन नसकेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दु्रतमार्गबाट औषधि ल्याउने तयारी सुरु गरेको छ ।

बिहीबार विभिन्न स्वास्थ्य संस्थाका निर्देशक, प्रशासक तथा मन्त्रालयका पदाधिकारीको बैठकले स्वास्थ्य संस्थामा औषधि अभावले समस्या बढ्दै गएपछि दु्रतमार्गबाट औषधि ल्याउने निर्णय गरिएको प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले भन्नभयो “हामीले सबै ठूला सरकारी स्वास्थ्य संस्थाका निर्देशकलाई राखेर छलफल गरिरहेका छौँ ।

अस्पतालमा औषधि केही समयलाई मात्र छ भन्ने कुरा आएपछि दु्रतमार्गबाट औषधि ल्याउने निर्णय गरिएको छ ।” उहाँले दु्रतमार्गबाट औषधि ल्याउने निर्णय भइसकेको छ, अब चाँडै औषधिको सहजता हुनेछ भन्नुभयो । मन्त्रालयले विश्व स्वास्थ्य सङ्गटन, युनिसेफलगायत दातृ निकाय र थाइल्यान्ड, ओमनलगायतबाट औषधि ल्याउने तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

खासगरी औषधि अभावको मुख्य असर गर्भवती महिलाको उपचारमा देखिएको छ । गर्भवती महिलाको उपचारमा प्रयोग हुने स्लाइन, सुईलगायतका औषधिसहित ब्लड प्याडको पनि चरम अभाव हुन थालेकाले चाँडै नै त्यसको व्यवस्था गर्न मन्त्रालयले गृहकार्य सुरु गरिसकेको जनाइएको छ । औषधि अभावको बारेमा मन्त्रालयको स्वास्थ्य सहयोग कक्षमा खबर गरी औषधिको उपलब्धताबारे जानकारी लिन श्रेष्ठले आग्रह गर्नुभयो ।

मन्त्रालयले १६६००१३३४४४ नम्बरको पैसा नलाग्ने टोल फ्री नम्बर पनि सञ्चालनमा ल्याएको छ । हालसम्म देशका विभिन्न जिल्लाबाट ५५ फोन आएको स्वास्थ्य सहयोग कक्षका कर्मचारी राजकुमार श्रेष्ठले बताउनुभयो । धेरै फोन इन्धन अभावको गुनासाका बारेमा आएको छ भने विभिन्न दीर्घरोगको औषधिको माग गरेर पनि फोन आएको छ । लामो समयसम्म भएको नाकाबन्दीका कारण औषधि अभाव भएपछि राजधानीलगायत देशभरमा औषधि अभाव बढ्दै गएको छ । रासस

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...