म्याच फिक्सिङमा संलग्नलाई एएफसीकाे आजीवन प्रतिबन्ध

Loading...

mach fixing

मंसिर १९ काठमाडौं । अन्तर्राष्ट्रिय खेल मिलेमतो (म्याच फिक्सिङ) को अभियोग लागेका राष्ट्रिय टिमका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, पूर्वखेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई एसियाली फुटबल महासंघ (एएफसी) ले शुक्रबार आजीवन प्रतिबन्ध लगाएको छ । एएफसीको अनुशासन समितिको यस निर्णयसँगै उनीहरूको फुटबल गतिविधिमा पूर्णविराम लागेको छ ।

प्रहरीद्वारा २७ असोजमा पक्राउ परेका पाँचै जनालाई एएफसीले त्यसको भोलिपल्टै फुटबलका सबैखाले गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको थियो । ‘यससँगै म्याच फिक्सिङविरुद्ध एएफसीको रणनीति टुंगोमा पुगेको छ,’ अनुशासन समितिले विज्ञप्तिमार्फत भनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा निरन्तर २१ वर्ष नेतृत्व गरेका गणेश थापालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को इथिक्स कमिटीले १० वर्ष प्रतिबन्ध र २० हजार स्विस फ्रयांक जरिवाना गरेको एक महिनाभित्रै एएफसीले यस्तो कारबाही गरेको हो ।

अन्जन, सागर, रितेश, विकाससिंह र सन्दीप सन् २००८ देखि २०१२ सम्मका थुप्रै मैत्रीपूर्ण खेलमा फिक्सिङ गरेकाले आजीवन प्रतिबन्ध लगाइएको एएफसीले जनाएको छ । ‘एएफसीले पार्टनर स्पार्टस् राडारसँगै नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा र यूईएफए (युनियन अफ युरोपियन फुटबल एसोसिएसन्स) को इन्टिग्रिटी युनिटसँग समन्वयमा एक वर्ष अनुसन्धान गरेपछि आजीवन प्रतिबन्ध लगाइएको हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘एएफसीले म्याच फिक्सिङविरुद्ध शून्य सहनशीलता अपनाउँछ । यसको नियन्त्रण, अनुसन्धान र प्रतिक्रियामा ३६० डिग्रीको कोणबाट हेरिन्छ ।’ समितिले ताजिकिस्तानी रेफ्री मुर्ताजोएभ परविजलाई पनि म्याच फिक्सिङ गराउन खोजेको आरोपमा आजीवन प्रतिबन्ध लगाएको छ ।

६ वर्षयता राष्ट्रिय टिमको कप्तानी गर्दै आएका सागरसहित पाँचै जनाविरुद्ध प्रहरीले विशेष अदालतमा दर्ता गरेको ‘राज्यद्रोह’ को मुद्दा चलिरहेको छ । उनीहरूलाई विशेष अदालतले २४ कात्तिकमा धरौटीमा छाडेको थियो । उनीहरूलाई नेपाली राष्ट्रिय टिमको आठ खेलमा हार्नका लागि विश्वकका कुख्यात ‘म्याच फिक्सर’ हरूबाट निरन्तर रकम लिएको अभियोग छ । विशेषगरी निश्चित गोल, त्यो पनि अन्त्यतिर बेहोर्ने सर्तमा उनीहरूले लाखौं डलर लिएको प्रहरीको दाबी छ ।

म्याच फिक्सिङमा प्राय: गोलकिपर र डिफेन्स संलग्न हुन गरेको पाइएको छ । रितेश गोलकिपर हुन् भने अरू चार खेलाडीका रूपमा डिफेन्डर । सागरबाहेक अरू चार फुटबलर एन्फा एकेडेमीद्वारा उत्पादित हुन् । सागरले २००३ मा भएको एसिया कप छनोटबाट सागरले राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनले नेपालका लागि कीर्तिमान ६४ खेल खेलेका छन् । रितेशले पनि त्यही छनोटमार्फत राष्ट्रिय टिममा प्रवेश पाएका थिए । सन्दीपले २००८ देखि ४९ क्याप जितेका छन् । विकाससिंहले पनि २००८ देखि केही वर्ष राष्ट्रिय टिमबाट खेलेका थिए । राष्ट्रिय टिमबाट तीन वर्ष (२००५–०८) खेलेका अन्जन गत वर्ष थ्रीस्टारका प्रशिक्षक थिए ।

स्रोत : कान्तिपुर

Loading...

यसमा तपाइको मत

अपराध र कानुन बाट अन्य

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा एयरपोर्ट क्षेत्रमा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

काठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन, मुलुकी देवानी...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

समाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार पाएका केही...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी कानून निर्माणको...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

सम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका मान्यजन सँग...

गाली बेइज्जती र अपमानजनक शब्द प्रयोग गरेमा जेल

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

पशपंक्षीलाई निर्दयी व्यवहार गर्नेलाई जेल

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

नेपाली नोट वा सिक्कामा केरमेट गरे जेल

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...

डाक्टरले बिरामीको उपचार बदनियतपूर्वक गरेमा जन्मकैदको सजाय

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४...