‘गरिबले मुद्दा जित्दैनन् रे, हो श्रीमान ?’

Loading...

डोटी: सामान्यतया सर्वसाधारण न्यायालय छिर्न असजिलो महशुस गर्छन्। न्यायालयमा मुद्दामामिला परेको मान्छे मात्रै जान्छन भन्ने साधारण बुझाइ छ । न्यायाधीहसँग प्रत्यक्ष कुराकानी गर्नु त, परको कुरा।

न्यायाधीशसँग कसरी कुरा गर्ने ? धेरै सर्वसाधारण अन्यौलमै हुन्छन् । कतै मानहानी हुने त होइन? भन्ने समेत मनमा डर हुन्छ । यसकारण अदालत, अदालती कामकाज, न्यायिक प्रक्रिया तथा कानुनी प्रावधानका विषयमा मनमा उब्जिने जिज्ञासा मनमै दबाएर बस्छन्।

तर, पछिल्लो एक वर्षयता देशभरकै अदालतहरुले सर्वसाधारणको यस्तो जिज्ञासा गाउँघरमै पुगेर मेटाउन थालिएको छ। न्यायपालिकाको तेस्रो रणनैतिक योजना अनुसार ‘न्यायिक सम्बाद’ कार्यक्रम मार्फत न्यायाधीश नै सर्वसाधारण माझ पुगेर यस्ता जिज्ञासा मेटाउन थालेका हुन्। जसमा सर्वसाधारणहरुले न्यायाधीशसँग साधारण शैलीमा अदालतका कामकारबाही, अदालती प्रक्रिया, न्यायिक प्रक्रिया, तथा कानुनी प्राबधानका बिषयमा जानकारी लिने अवसर प्राप्त गर्दछन् ।

यस्तै अवसर शुक्रबार प्राप्त गरे दिपायलबासीले । पुनरावेदन अदालत दिपायलले दिपायलस्थित दिल्पेश्वर उच्च माध्यामिक बिद्यालयमा न्यायिक सम्बाद कार्यक्रमको आयोजना गरेपछि दिपायलबासीले यस्तो अवसर प्राप्त गरेका हुन्।

मौकाको फाइदा उठाउदै दिपायलबासीले मुुख्य न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशद्वाय हिमालयराज पाठक र नरबहादुर शाहीमार्फत आफ्ना जिज्ञासा समाधान गरे । सो अबसरमा अदालतका विषयमा समाजमा रहेको धारणा पोख्दै सर्वसाधारणहरुले बास्तबिकतासमेत जान्ने मौका पाए । ‘हाम्रो समुदायमा त मुद्दा प¥यो की पैसा चाहिन्छ भन्ने धारणा छ,’ अदालती प्रक्रिया खर्चिलो हुन्छ भन्ने सुनेको बताउँदै दिपायलका राम बहादुर भण्डारीले भने, ‘पैसा नभई मुद्दा जितिँदैन । त्यसैले गरिबले कहिल्यै मुद्दा जित्न सक्दैन रे, हो र श्रीमान ?’ वकिल बिना मुद्दा लड्न सकिन्न भन्ने धारणा रहेको उनले बताए । ‘वकिलले पैसा नलिई काम गर्देनन् रे, अनि पैसा नहुनेले कसरी मुद्दा जित्लान र,’ उनले आफ्नो जिज्ञासा थपे ।

अदालतभित्र भ्रष्टाचार हुन्छ, भन्ने सुनिएकोमा कत्तिको सत्यता छ ? भनी अर्का सहभागी स्थानीय गणेश पनेरुले जिज्ञासा राखे । उनले थप जिज्ञासा राख्दै भने, ‘पैसा खर्च गर्नेका पक्षमा फैसला हुने भए गरिबले कसरी न्याय पाउलान र ?’ वकिलले चर्को पैसा लिँदा गरिबलाई मुद्दा लड्न कठिनाई भैरहेको अर्का सहभागी बिष्णुबहादुर बोगटीले जिज्ञासा राखे। ‘वकिलले भनेअनुसार पैसा नपाए मुद्दालाई कमजोर पारिदिन्छन रे, अनि गरिबले कसरी मुद्दा जित्लान र ?’ यसको कुनै बिकल्प छ की ? भनेर उनले थप जिज्ञासा राखे ।

शिक्षिका हरिप्रिया शाहीले महिलाले समुदायमा सानाठुला विभेद खेपिरहनु परेको बताउँदै कानुनी उपचार झण्झटीलो भएकाले सहेर बसेको बताइन । यसको कानुनी उपचारका विषयमा जिज्ञासा राख्दै अगाडि भनिन्,’धेरैजसो मुद्दा अदालतसम्म पुग्दा कमजो समेत पारिन्छन, यसो हुन नदिन के गर्नुपर्ला?’ कार्यक्रममा सहभागी अन्य सर्वसाधारणले अदालती संरचना, अदालती कामकारबाही, न्यायिक प्रक्रिया, कानुनी व्यवस्था तथा मुद्दाका प्रकारका विषयमा आफ्ना जिज्ञासा राखेका थिए।

सहभागीबाट उठेका जिज्ञासाहरुलाई मुख्य न्यायाधीश कार्कीले उत्तर दिएका थिए। गरिबलाई न्याय पाइने कुरामा उनले वकिल राख्न नसक्नेका लागि अदालतले वबैतनिक वकिलको व्यवस्था गरिदिएको जानकारी दिए । ‘गरिब बिपन्न जसले आफ्नो पक्षमा बहस गर्न सक्दैन उसका लागि प्रत्येक अदालतमा एक÷एक जना बैतनिक वकिलको व्यवस्था गरिएको छ,’ उनले जिज्ञासाको उत्तर दिंदै भने,’बैतनिक वकिलले बिना शुल्क मुद्दाको बहस गरिदिन्छन, जो अदालतबाटै तलब लिन्छन ।’ न्याय पाउनु सबैको हक रहेको उनले बताए ।

भ्रष्टाचारको बारेको जिज्ञासाको उत्तर दिदै मुख्य न्यायाधीश कार्कीले यो छैन भनेर भन्न सकिने अवस्था नरहेको बताए । उनले भने, ‘यो गम्भीर रोग हो, यसलाई राज्यले आफ्नो ठाउँबाट रोक्नुपर्छ हामीले आफनो ठाउँबाट।’ महिलामाथिको विभेद अन्त्यका लागि सरकारले भरपुर कानुनी ब्यबस्था गरेको उनले बताए । ‘विभेद अन्त्यका लागि अहिले धेरै कानुनी ब्यवस्था छन,’ उनले भने,’अहिले जारी भएको संविधानमा पनि मौलिक हकका ३१ वटा धारा छन् जसमा धेरै हक अधिकारहरुको व्यबस्था गरिएको छ । ती कार्यान्वयनको पाटो भने हेर्न बाँकी छ ।’ अन्य जिज्ञासाहरुको पनि सोही अनुसार उनले उत्तर दिएका थिए ।

 – नागरिक न्यूज

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा एयरपोर्ट क्षेत्रमा...