नाकाबन्दीबाट अन्तर्राष्ट्रिय कानुनको उलङ्घन

Loading...

मंसिर २०, मोरङ । भारतले राष्ट्र तथा अन्तर्राष्ट्रिय कानुन, महासन्धि, सन्धिहरुको उलङ्घन गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चल क्षेत्रीय कार्यालय, विराटनगर तथा बृहत् नागरिक समाज मोरङको संयुक्त आयोजनामा अघोषित नाकाबन्दी तथा नेपालको पारवहन अधिकारसम्बन्धी अन्तरसंवाद कार्यक्रममा इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले भारतले विराटनगर भन्सार नाका, झापाको काँकडभिट्टा भन्सार नाका, वीरगन्जको भन्सार नाका तथा नेपालगन्जको नाकामा पेट्रोलियम पदार्थ, ग्यासका बुलेट, खाद्यान्न बोकेका सवारीलाई रोकेर नाकाबन्दी गर्नुका साथै आन्दोलनलाई कारण देखाएर नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप गरेको आरोप लगाए ।

मधेसमा जारी कमाण्डर बेगरको आन्दोलनले मानव अधिकार रक्षक, एम्बुलेन्स तथा यात्रुबाहक सवारी साधनमाथि आक्रमण गरेको गम्भीर प्रकृतिको ज्यादति गरेको अध्यक्ष प्याकुरेलको भनाइ छ । नाकाबन्दीले गर्दा ३२ लाख बालबालिकाले अनिवार्य रोग प्रतिरोधक खोप लिनबाट वञ्चित भएको उहाँले बताए ।

त्यसैगरी भारतले गरेको अघोषित नाकाबन्दीले सन् १९५८ को सामुद्रिक सन्धि, संयुक्त राष्ट्र सङ्घले पारित गरेको सन् १९६५ को पारवहन सन्धि तथा सन् १९८२ को भूपरिवेष्टित राष्ट्रको अधिकारको ठाडो उल्लङ्घन भएको प्रा डा युवराज सङ्ग्रोलाको भनाइ छ ।

भारतले भने जस्तै संविधानमा केही समुदायका मानिसको सम्बोधन नगरेकाले पारवहन हुन नदिँदा सार्क, विमिस्टेकलगायतमा गरिएको सम्झौतामाथि हस्तक्षेत भएको डा सङ्ग्रौलाले उल्लेख गरे । कार्यक्रमका वक्ता अभिवक्ता डा दिनेश त्रिपाठीले युद्धको समयमा पनि कुनै पनि राष्ट्रले मानवीय सङ्कट सृजना गर्न नपाउने व्यवस्था रहेको बताए ।

आवागमनको अवस्था सङ्कटमा पर्दा विद्यालयका बालबालिका, बिरामीको औषधि, मजदुरको रोजीरोटी, कृषकले पाउने अधिकार निर्वाध रुपमा पाउनुपर्ने अभिवक्ता त्रिपाठीको भनाइ थियो ।

कार्यक्रम बृहत् नागरिक समाजका अध्यक्ष डा भेषप्रसाद धमलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

काठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले मात्रै आफ्नो...

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा एयरपोर्ट क्षेत्रमा...