न्यायलाई पेशाकर्मीको परिधिबाट निकाल्नु आवश्यक छ : राम तिवारी

सजायंको मात्रा जति बढाए पनि अपराधमा कमी आएन, जेलहरु भरिए न त पीडितले न्याय प्राप्त गरेको अनुभूति गर्यो न त पीडक मैले गलत गरें भन्ने महसुस गरेर परिवर्तन नै भयो । समाजमा अपराधका मात्रा बढ्दा भए, मानिसहरुको अन्तर संबन्धहरुमा निरन्तर दरार आउंदा भए, समाजमा बिस्तारै सामाजिक अन्तरसम्बन्ध र एकता सद्भाव कम्जोर बन्दै गए ।
जसलाई न्याय दिइरहेको भनिएको छ उनीहरुबाट न्याय नपाएको कुरा आउन थाल्यो । कतिपय चलन तथा प्रथाका नियमहरु कानुन विपरीत हुन थाले जस्ले कानुनले मात्र न्याय दिन्छ भन्नु गलत मान्न थालियो र कानुन र न्याय फरक कुरा हो भन्न …