माटोमा सपनाहरू

Loading...
Ram Krishna Poudel Aanayas

रामकृष्ण अनायास/ कविडाँडा

टाँसिएको
भित्तामा त्यो तस्विर
म निकालेर नियालि रहेछु

रहरलाइ कुल्चिएर बाध्यताले
झिनो आशा र सपनाका खातहरू
झोलामा त्यो तस्विर सँगै
यादहरू कैद गरि
म खाडिको तातो मरूभुमिमा आफ्ना सपनाहरू खोज्न
एउटा यस्तो यात्रा तय गरिरहेको छु ।

मैले शुरू गरेको आदिम यात्रा
यो बिन्दु सम्म आइपुग्दा
मेरो देशको हिमाल,पहाड र यो खाडिको
तातो बालुवा हुदै
बालुवाकै ठुला ठुला महलमा रोकिन्छ ।

लेक मुनि फुलेका सेता चैरि
दाँत देखाउदै हाँसेका
हिमाल अनि मेरो देशको माटोमा
पसिनाका रंगहरूले रंगाउदै
आज
यो धांजा फाटेको मरूभुमि टेक्दा
ह्रदय चर्चरी फाटेको छ
अनि मुटुका भित्ताहरू तरंगित हुदा
फनफनि शिर घुमेकोछ ।

हावाको बेगले वनाएको बालुवाको
त्यो पहाड माथिको घाम,जुन
हेर्दै उभिएको क्याक्टसको बुढो रूख झै
आज आफ्नै मृत्युको कल्पनामा मौन छु,

मेरो ह्रदयको कोशबाट
मैले देखेको सपना हराएको छ
मलाइ साहास दिइ आफ्नै खुट्टामा
उभ्याउने मेरा रहरहरू
बालुवासँगै
धुलोको बादलमा बिलिन हुदा
आफै रूमलिई रहेको छु ।

हिड्ने बेला मेरि आमाको आशिर्वाद
र आँखाको डिलबाटबर्षेको आँसुको लागि
बाँच्नु पर्छ म

हो बाँच्नु छ
मैले असंख्या रहरभित्र
हराएको उधेश्य खोज्न
निर्लिप्त सुतेका समतल भूमिमा
चिहाएर जुनको उज्यालोमा
जिन्दगी खोज्नुपर्छ म ।

हरेक बिहान
तातो बालुवामा न्यानो स्पर्श दिएर विउँझाउने मनमायाका यादहरू
अव मेरो शरिरमा धमनि र शिराहरू बाट
एउटा उर्जा दिने छ
हावाको वेग सँगै सपनाहरू उमारेर
मरूभुमिमा क्याक्टसमा फल फलाउने
आकाङ्क्षा बोकेर म जस्तै खाडि आउने युवाहरूलाई
रोक्ने छु ।

फर्क
उठाउ खिया लागेका औजार अनि
रोप आफ्नै माटोमा सपनाहरू
पगाल परिश्रमले ती हिमालहरू
अनि उज्यालो पार धर्ती
खर्कमा चौरी पर्खिरहेका छन्
बेसिमा लहलह फलहरू झुलिरहेका छन्
मैले त अठोट गरिसकेँ
छिट्टै आउदैछु आमा ।

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

“तिज विकृती होइन संस्कृती हो” भन्दै शितलको गित बजारमा

काठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट शुरीलो भाकाले...

बहुमुखी प्रतिभा सोनीको नयाँ पप गीत

प्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले हरेकलाई कलाकार...

कानूनी क्षेत्र प्यारो लागेकी नानीको अभिनय यात्रा

काठमाडौं:  बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई हाल सम्म...

राधा आजबाट देशभर प्रदर्शनमा

नायक जीवन लुइँटेल तथा नायिका सञ्चिता लुइँटेलबीचको ‘केमेस्ट्री’ हेर्न पाइने चलचित्र हो– राधा । चलचित्र ‘राधा’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आएके छ । बसयात्राका क्रममा चिनाजानीपछिको ख्याल ठट्टाले मायाको रूप लिएपछिको सम्बन्धलाई साकार बनाउने सपना...

शितलको शव्द, स्वर, र संगितको छटपटाई रहेँको म्युजिक भिडियो बजारमा

कानून व्यवसायमा समेत सकृय रहँदै आएकी शितल पाण्डेको छटपटाई छटपटाई रहेँ को म्युजिक भिडियो दर्शक माझ ल्याएकी छन । शितल कानून ब्यवसायको क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतमा मुद्दाको पुरपक्षसँगै...

चर्चाको शिखरमा छक्कापन्जा, पुर्व प्रधानमन्त्रीहरु पनि हलमा

गत शुक्रबारदेखि प्रदर्शनीमा आएको चलचित्र ‘छक्का पन्जा’ले नेपाली सिने इतिहासमा विभिन्न रेकर्ड बनाउन सफल भएको छ । हास्यव्यंग्य जानरामा बनेको यो फिल्मको निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । कलाकार दीपकराज गिरीलगायतले निर्माण गरेको यो...

परदेशीको कथामा निर्देशक दिपाको छक्का पन्जा

लामो समय नेपाली दर्शकको मन जितेको हास्यव्यंग्य टेलिशृंखला ‘तीतो सत्य’मा दीपाश्रीको अभिनय पनि धेरैले मन पराए । यो टेलिशृंखला अहिले बन्द भइसकेको छ, तर दीपाश्री र दीपकराज गिरीको नाम आउँदा नेपाली दर्शक झट्ट यसैलाई...

ब्रासलेटका साथमा चलचित्र क्षेत्रमा उप्रेतीको आगमन

कुनै समय नेपाली चलचित्र क्षेत्रमा निकै चर्चा बटुल्न सफल भएका नायक रमेश उप्रेती नेपाली फिल्मी क्षत्रमा पुन आगमन भएक छन । लामो समयको अन्तरालपछि उप्रेती अभिनित नेपाली चलचित्र ‘ब्रासलेट’ नेपाली दर्शकसामु आउने भएको छ...

गायक प्रदीप लामाको हर रातमा भद्रगोलकी रक्षा

भद्रगोलमा अभिनय गरेर चर्चामा आएकी रक्षा श्रेष्ठ म्युजिक भिडियोमा ब्यस्त हुन थालेकी छिन् । प्रमोद खरेलको आवाजमा रहेको हर रात गीतको चर्चा सेलाउन नपाउदै उनी गायक प्रदिप लामाको आवाज रहेको डुब डुब गीतको भिडियोमा...

न्याय र मनोविज्ञानको संयोजन नानीको जुनकिरी

काठमाण्डौ । बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारितामा एउटा खुडकिला पार गर्दैछिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई हाल सम्म कति...