नेपालको नयाँ कानूनमा वैयतिक अन्तराष्ट्रिय कानूनले ठाउँ पाउदै

यि हुन नेपालको अदालतका क्षेत्राधिकार हुने बिषयहरु

Loading...

private international law

बर्तमान विश्वब्यापीकरण र सुचना प्रबिधिको सहज पहुच भएको समयमा साथै दु्रत गतिका आवतजावत गर्ने माध्यमहरु बिकाश हुनुले संसार नै सानो भएको महसुस गराउछ । साथै हरेक ब्यक्ति कुनै न कुनै देशको नागरिक छ, जुन प्राय एकै देशमा मात्र सम्पुर्ण आफ्ना गतिबिधिहरु सिमीत राख्न नै सक्दैन र राखेको पनि पाईदैन ।

ब्यक्तिको आर्थिक कारोबार देखी अन्य ब्यापारिक कामहरु पनि अन्तराष्ट्रिय रुपमा हुन्छन । यस्ता बिषयहरुमा कुनै बाधा वा विवाद नउठने भन्ने हुदैन । यस्ता बिषयमा उत्पन्न समस्या तथा बिवादहरु समाधानका लागि निश्चीत मापदण्ड वा कानुनको आवश्यकता परेकाले नै प्राईभेट ईन्टरनेसनल ल प्रयोगमा आउन थालेको हो । अन्तराष्ट्रिय रुपमा ब्यक्तिगत क्रियाकलाप, समस्याहरु वा बिबादहरु हेर्ने काम यस बैयतिक अन्तराष्ट्रिय कानुनले गर्दछ ।

यसै कानुनले कुन स्थितीमा वा कुन प्रकारको बिबादमा कुन देशको कानुन लागु हुने र कुन देशको अदालतले मुद्दा हेर्ने भन्ने निर्धारण गरेको हुन्छ । यस कानुनले नेपालमा पनि बर्तमान समयमा स्थान लिखित रुपमा लिदै छ । जुन प्रस्तावित देवानी संहीतामा समाहीत गरिएकोछ ।

अहीले सम्पति सम्बन्धी विवादहरुको क्षेत्र यति बृद्धी भई सक्यो कि परिवार भित्रको विवाद देखि लिएर फरक देशका नागरिक विचमा समेत मुद्दाहरु अदालत समक्ष पुग्न थालेकाछन । संसारका कुनै पनि देशमा कुनै पनि देशको नागरिक बसोबास गर्ने, काम गर्ने तथा सम्पतिको हकदार हुने लगायतका कुराहरु सामान्य भईसकेका छन । कतिपय मुद्दाहरुको त कुन देशको अदालतले वा कुन देशको कानुन बमोजिम हुने भन्ने पनि निकै विवादित र चर्चाका बिषय कानुनी क्षेत्रमा देखीएका उदाहरण पाईन्छन ।

यसै कुरालाई ध्यानमा राख्दै नेपालको सन्दर्भमा पनि लिखित कानुनमै कुनकुन र कस्ता कस्ता देवानी मुद्दाहरु नेपालको अलदालतले हेर्ने भन्ने बिषयमा नेपालका अदालतलाई क्षेत्राधिकार तोकेर कानुन प्रस्ताव भएको छ । संसदमा कारवाहीको प्रक्रियामा रहेको देवानी कानूनको संशोधन र एकीकरण गर्न बनेको विधेयक को धारा ७४० ले नेपालको अदालतलाई क्षेत्राधिकार हुने बिषयहरु उल्लेख गरी बैयतिक अन्तराष्ट्रिय कानुनलाई ठाउँ प्रदान गरेको छ ।

नेपालको अदालतलाई क्षेत्राधिकार हुने बिषयहरु निम्नमनुसार राखिएकाछन ।

१. नेपालभित्र बसोबास गर्ने विदेशीहरू बीच कानुन द्धारा नियमित गरिएका विषय

२. विदेशी र नेपाली नागरिक बीच कानून बमोजिम नियमित भएका विषय

३. नेपालमा बसोबास गर्ने विदेशी प्रतिवादी भएको मुद्दाको विषय

४. मृत्यु हुँदाका बखत नेपालमा सम्पत्ति भई नेपालमा बसोबास गर्ने विदेशीको अपुतालीको विषय

५. नेपाली नागरिक र विदेशी बीच विदेशमा लेनदेन व्यवहार वा कारोबार भएको तर भुक्तानी नेपालभित्र हुने विषय

६. विदेशीहरू बीच वा विदेशी र नेपाली नागरिक बीच नेपालभित्र रहेको सम्पत्ति सम्बन्धी विषय

७. नेपालभित्र सम्पन्न वा नेपालमा परिपालन हुने विदेशी व्यक्तिहरु बीच वा कम्तीमा एक पक्ष नेपालको नागरिक वा संगठित संस्था पक्ष रहेको करार सम्बन्धी विषय

८. पक्ष वा विपक्ष दुवै नेपाली नागरिक भएको वा नेपालमा सामान्य बसोबास भएका विदेशी रहेको नेपाल बाहिर भएको दुष्कृति, अर्ध–करार वा अनुचित सम्वृद्धि सम्बन्धी विषय

९. नेपालका अदालतबाट निरुपण गर्नु पर्ने भनी अन्य कानुनमा तोकिएका बिषयहरु ।

tug of war between businessmen

त्यसैगरी यसै संहीताको दफा ७४१ मा मुद्दासँग सम्बन्धित अन्य विषय नेपालको अदालतबाट समाधान हुन सक्नेहरुमा विदेशी संलग्न भई मुख्य विवादको समाधान गर्ने अधिकार क्षेत्र अन्तर्गत नेपालको अदालतमा चलेको कुनै मुद्दामा सोसँग सम्बन्धित अन्य विषयको समेत समाधान गर्नु पर्ने देखिएमा अदालतले सो विषयमा समेत आफनो अधिकार क्षेत्र ग्रहण गरी समाधान गर्न सक्नेछ, भनि उल्लेख गरिएको छ ।

यस्ता विषयमा बिभिन्न देशका अदालतहरुमा मुद्दाहरु परे संगै कुन देशको कानुन वा कुन देशको अदालतले फैसला गर्ने भन्ने चुनौति देखीए संगै बैयतिक अन्तराष्ट्रिय कानुनको बिकाश भएको हो । जस्को बिषयमा नेपालका अव बन्ने कानुनहरु वा बन्दै गरेका कानुनहरुमा यस कानुनको प्रयोग र बिकास हुने लक्ष्यण यस प्रस्तावित देवानी संहीतामा समेटिए संगै देखिन्छ ।images

कुनै पनि देशको नागरिक अन्य देशमा काम गर्छ, बसोबास गर्छ, आर्थिक कारोवार गर्छ, सम्झताहरु गर्छ, सम्पति ग्रहण गर्छ, ब्यापार गर्छ यस्ता बिदेशी भुमिमा हुने कामहरु वाट कुनै पनि ब्यक्ति अन्यायमा परेमा, हक गुम्ने खतरा भएमा वा गुमेमा र अन्य कुनै विवाद उत्पन्न भएमा कसरी न्याय पाउने र कुन अदालतले दिने भन्ने बिषय संग सम्बन्धीत काुनन नै बैयतिक अन्तराष्ट्रिय कानुन हो ।

यस्ता नियम कानुनहरु धेरै देशमा स्पष्ट बनिसकेका छैनन र यस सम्बन्धी बिभिन्न देशको बिचमा समेत कानुनी एकरुपता र समानता नहुदा फैसला गर्न र न्याय निरुपण गर्न कानुनी बाधा रहेका उदाहरण पाईन्छन ।

Loading...

यसमा तपाइको मत

मसिनो कार्यविधि बाट अन्य

पुरुषले पनि अब जिल्ला अदालतबाट सम्बन्धविच्छेद गर्न पाँउने

काठमाडौं: व्यवस्थापिका संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन गर्न विधेयकमध्ये देवानी संहिता पारित गरेको छ । मुलुकी देवानी संहिता २०७३ नाम रहने गरी समितिले उक्त विधेयक पास गरेको हो । मुलुकी देवानी संहिताले पारिवारिक...

बढ्दो छन मृत शरिर संग रमाइलो गर्ने सामाजिक संजालमा

मृत शरिरका र विरामी अवस्थाका विभत्स तस्विरहरु सामाजिक संजाल फेसवुक, इन्टिग्राम ट्विटर लगायतमा छ्यापछ्याप्ती पोष्ट हुन थालेका छन अहिले । मृत शरिर र समाधिमा भएका क्षणलाई सेल्फि वनाउदै पोष्ट गरेका तस्विर र यस्तो कार्य...

महाभियोग र संवैधानिक प्रक्रिया, अव के हुन्छ त ?

नेपालको संविधान २०७२ को धारा १०१ मा महाभियोग सम्वन्धि व्यवस्था गरिएको छ । सोही धाराको उप धारा २ अन्र्तगत संविधान र कानूनको गंभीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो...

साइबर अपराध सम्वन्धी कानून र नेपाली अभ्यास

कानुनले निषेधित गरेको कार्य गर्नु वा समादेश गरेको कार्य नगर्नु अपराध हो । साईबर अपराध भन्नाले त्यस्तो कार्यलाई बुझिन्छ जसलाई त्यस देशको कानुनले निषेध गरेको हुन्छ र त्यस्ता कार्य गरेमा दण्ड सजायँको व्यवस्था गरेको...

१२ वर्षसम्म बेपत्ता भए मृत घोषित हुने

 प्रस्तावित देवानी कानुनको मस्यौदामा कुनै व्यक्ति १२ वर्षसम्म बेपत्ता भए मृत घोषित गर्न सकिने प्रावधान राखिएको छ । कुनै व्यक्ति १२ वर्षसम्म बेपत्ता भएमा वा सुचना पाउनुपर्ने व्यक्तिले १२ वर्षदेखि व्यक्तिका बारेमा कुनै सुचना...

काम गर्ने जनशक्ति नेपालमा हुदाहुदै बिदेशबाट ल्याउन नपाईने

काठमाण्डौ । उद्योग व्यवसायमा अबदेखि बन्द–हडताल गर्न नपाउने कानुन पारित भएको छ । त्यस्तै उद्योगहरुले सक्षम काम गर्ने जनशक्ति नेपालमा हुदाहुदै बिदेशबाट ल्याउन नपाईने पनि ऐनमा ब्यबस्था गरिएको छ । सदनले बिहीबार पारित गरेको...

अव पाकिस्तानमा हिन्दुहरुको विवाह र दोस्रो विवाहलाई पनि कानुनी मान्यता

पाकिस्तानको संसदको तल्लो सदन अर्थात नेशनल एसेम्बलीले हिन्दु विवाहको अधिनियमको विधेयकलाई सर्वसम्मतीले पारित गरेको छ । यो विधेयक पारित भएपछि अब पाकिस्तानमा हिन्दुहरुको विवाहलाई दर्ता गर्न सकिनेछ । यो भन्दा पहिले हिन्दुहरुको विवाहलाई दर्ता गरिने...

यसरी सकिन्छ रङ्गशालामा निशुल्क कार्यक्रम गर्न

रंगशालामा बिभिन्न खेलकुद लगायतका बिभिन्न कार्यक्रमहरु हेर्न प्राय मानिसहरु गएका होलान तर त्यहाँ क-कसले कार्यक्रम आयोजना गर्न पाउछ ? केके कार्यक्रमहरु आयोजना गर्न पाईन्छ ? र कसरी कुन प्रक्रिया मार्फत त्यहाँ कार्यक्रम गर्न पाईन्छ ?...

चिकित्सा शिक्षा विधेयक सदनमा पेश

काठमाण्डौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पेस भएको छ । शिक्षामन्त्री धनिराम पौडेलले सदनमा उक्त विधेयक प्रस्तुत गरेका हुन् । यसअघि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ लाई प्रस्तुत गर्न अनुमति माग्ने...

पुराना सवारी साधनमाथि प्रतिबन्ध लगाईदै

यातायात ब्यबस्था बिभागले उत्पादन भएको बिस बर्ष पुगिसकेका सवारी साधनहरु हटाउने प्रस्ताव गरेको छ । त्यसका लागि विद्यमान सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा प्रस्तावित तेश्रो संशोधन २०७३ मा यस सम्बन्धि प्राबधान थप...