परदेशीको कथामा निर्देशक दिपाको छक्का पन्जा

Loading...

लामो समय नेपाली दर्शकको मन जितेको हास्यव्यंग्य टेलिशृंखला ‘तीतो सत्य’मा दीपाश्रीको अभिनय पनि धेरैले मन पराए । यो टेलिशृंखला अहिले बन्द भइसकेको छ, तर दीपाश्री र दीपकराज गिरीको नाम आउँदा नेपाली दर्शक झट्ट यसैलाई सम्झन्छन् । यसलाई निर्देशन गर्थे दीपकराज गिरी । तर, अब ‘सिन’ परिवर्तन भएको छ ।

chhaka-panjaठूलो पर्दामा आउँदासम्म दीपकराज गिरीलाई दीपाश्रीले निर्देशन गरेकी छिन् । उनी निर्देशित चलचित्र हो– ‘छक्का पन्जा’ । ‘टिभी सिरिज’ निर्देशन गर्दा दीपकले दीपालाई ‘गाली’ गरे या गरेनन्, फरक कुरा भयो, तर फिल्म सुटिङमा भने दीपकराज गिरीलाई दीपाश्रीले निकै ‘गाली’ गरिन् । ‘सुटिङमा कहिल्यै समयमा नआएपछि उनको कमजोरीलाई गाली गरेको हो,’ फिल्म प्रमोसनमा दौडधुप गरिरहेकी दीपा अहिले सम्झिन्छिन्, ‘परिस्थिति नै त्यस्तै थियो, गाली नगरी धरै नपाउने ।’

सुटिङअघि दीपकलाई कराएपछि दीपाश्रीले पछि भन्थिन्, ‘आखिर गाली खाएरै छोड्यौ होइन रु’ यसमा दीपकराजको एउटै प्रतिक्रिया हुन्थ्यो, ‘कडा निर्देशक ।’ दीपकको यस्तो प्रतिक्रियाले दीपाश्रीलाई सहज बनाउँथ्यो । ‘हो, म कडै थिएँ,’ उनी भन्छिन्, ‘मसँग काम गर्दा डिसिप्लिन्ड हुनुपर्छ । काम भनेको काम हो, त्यसमा साधना चाहिन्छ । साधना भए पो राम्रो रिजल्ट आउँछ ।’ कामप्रतिको उच्च सम्मान भएकाले होला, दीपाश्रीले यो फिल्मको निर्देशनको जिम्मेवारी सम्हालिन् ।

‘मैले पहिलोपटक स्क्रिप्ट हेरेपछि नै सोचेँ, यो फिल्म मैले नै डिरेक्सन गर्नुपर्छ,’ दीपा हाास्छिन्, ‘मेरो क्षमतामा विश्वास गरेरै होला, फिल्म युनिटले पनि यसलाई सहर्ष स्वीकार गर्‍यो ।’ तर, फिल्म युनिटको मन उनले क्षणभरमा जितेकी होइनन् । त्यो मन जित्नका लागि उनले अभिनयमा २६ वर्ष खर्चिएकी छिन्, अभिनयलाई आफ्नो ‘प्यासन’ बनाएकी छिन् । ‘२६ वर्ष अभिनय गर्दा झन्डै २४ वर्ष त मैले निर्देशन सहायकको भूमिका पनि निर्वाह गरेँ,’ उनी भन्छिन्, ‘मेरो प्यासनले नै यो सफल भएको हो ।’ नयाँ पत्रिका

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

सम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका मान्यजन सँग...

संस्कृति बचाँउ भन्दै कानून व्यवसायी शितलले ल्याइन तिज गित “लै वरि लै”

काठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका हुन ।...

सवैले देख्छन खुशीयाली, विछोड भएको देख्ने कसले ?

मेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि भित्रको पिडा मैले...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

ह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ? लामो कथा...

“तिज विकृती होइन संस्कृती हो” भन्दै शितलको गित बजारमा

काठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट शुरीलो भाकाले...

बहुमुखी प्रतिभा सोनीको नयाँ पप गीत

प्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले हरेकलाई कलाकार...

कानूनी क्षेत्र प्यारो लागेकी नानीको अभिनय यात्रा

काठमाडौं:  बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई हाल सम्म...

राधा आजबाट देशभर प्रदर्शनमा

नायक जीवन लुइँटेल तथा नायिका सञ्चिता लुइँटेलबीचको ‘केमेस्ट्री’ हेर्न पाइने चलचित्र हो– राधा । चलचित्र ‘राधा’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आएके छ । बसयात्राका क्रममा चिनाजानीपछिको ख्याल ठट्टाले मायाको रूप लिएपछिको सम्बन्धलाई साकार बनाउने सपना...

शितलको शव्द, स्वर, र संगितको छटपटाई रहेँको म्युजिक भिडियो बजारमा

कानून व्यवसायमा समेत सकृय रहँदै आएकी शितल पाण्डेको छटपटाई छटपटाई रहेँ को म्युजिक भिडियो दर्शक माझ ल्याएकी छन । शितल कानून ब्यवसायको क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतमा मुद्दाको पुरपक्षसँगै...