जुवा खेल्नेको पैसा जफत गरी खबर गर्नेलाई पुरस्कार

ऋण दिने साहुको पैसा पनि घुस

Loading...

19019-men-playing-cards-on-the-street-bhakthapur-nepalदशै र तिहार नजिकीदै गर्दा जुवातास खेल्दै गरेका ब्यक्तिहरु पनि पक्राउ पर्दै गरेका समचारहरु पनि सुनिन सूरु भएकाछन । यि चाड मात्र हैन जुवाका लत भएकाहरु जुनसुकै समय पनि खेलिरहेकै हुन्छन । प्रहरीले जतिनै कडा गरेको भनेपनि वा संलग्न समाते पनि पुर्ण रुपमा जुवा नियन्त्रण गर्न सकिएको पाईदैन ।

कसैलाई लाग्न सक्छ हामीले चाहेर पनि जुवा कहाँ रोकिन्छ र ? अर्को कुरा कसलाई पक्राएर वा कसैको सुराक गरेर के पाईन्छ भन्ने लाग्छ होला तर जुवा खेले खेलाएको थाहा पाएमा चुप बस्नु भन्दा प्रहरीलाई खबर गर्नुमा फाईदा नै फाईदा छन । एकतिर कोही घरबार बिहीन हुनुपर्नेछैन, कसैको पैसाको लागि कोही लडेर घाईतेहुनु पर्ने छैन, गाउँ जुवातास जस्ता कुलतबाट मुक्त हुनेछ र अर्को कुरा खबर गर्ने ब्यक्ति पुरस्कृत हुनेछ ।

पुरस्कार पनि सामान्य होईन जुवातासमा संलग्नहरुबाट उठेको सम्पुर्ण रकमको ३० प्रतिसत । हो यस्तो कानुन छ नेपालमा त्यसैले खेल्ने भन्दा खबर गर्नेले पैसा जित्न सक्छ, त्यो पनि पुरस्कार बाट ।

जुवा खेल्न वा खेलाउन निषेध गर्न बनेको जुवा ऐन २०२० को दफा ७ मा मनाही गरिएको कुनै काम गरे भएको कुरा खबर गर्ने तथा जाहेर गर्ने व्यक्तिलाई निजको जाहेरीबाट चलेको मुद्दामा कसूरदारहरुबाट उपर भएको जरिवानाको सयकडा तीस पुरस्कार दिइनेछ भनी उल्लेख गरिएको छ ।

साथै कानुनी रुपमा जुवा तास, पत्ता, कार्ड खेल्नु मात्र होईन । सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेललाई जुवा मानिन्छ । यही नियम अनुसार कारवाही गरिन्छ । उक्त ऐनको दफा तिनमा यस्ता कुनै पनि गतिबिधी गर्न प्रतिबन्ध गरिएको छ । कुनै व्यक्तिले जुवा खेल्न खेलाउन पाईदैन । जुवा खेल्ने खाल थाप्न पाईदैन । आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा प्रयोग गर्न गराउन पाईदैन । त्यतिमात्र होईन जुवा खेलेको ठाउँमा बस्न हुँदैन । यसरी बस्नु पनि कानुनी कसुर नै हो ।

त्यस्तै कुनै व्यक्तिले कसूर हुने काम कुरा भएको वा हुन लागेको देखी जानी सो दबाउन वा लुकाउन पनि पाईदैन । त्यस्तो जुवा खेल्न वा खेलाउनका निमित्त अरु कसैलाई कुनै प्रकारको मद्दत गर्न वा दुरुत्साहन दिन पाईदैन । यस्तो गर्नु पनि अपराध हो । यस्ता क्रियाकलाप गर्ने वा गराउनेलाई सजाय हुनेछ ।

जुवा खेलेमा पहिलो पटकलाई रु. २००।– सम्म जरिवाना, दोस्रो पटकलाई एक महीनादेख तीन महीनासम्म कैद र तेस्रो पटक देखिकोलाई १ वर्ष कैद हुनेछ । तर पहिलो पटक नै जरिवानाको सजाय तिर्न नसके दुई महीना सम्म कैद हुनेछ ।

त्यस्तै आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवाको खाल थाप्ने वा अरु कुनै प्रकारले जुवा खेल्ने काममा लगाएमा वा लगाउन दिएमा पहिलो पटकलाई रु. ३००।– जरिवाना, दोस्रो पटक देखिकोलाई तीन महीनादेखि नौ महीनासम्म कैद हुने ब्यबस्था छ ।

त्यति मात्र हैन जुवा खेल्न लागेको ठाउँमा जुवा खेल्नका लागि सरसापट दिएमा साहूको दिएको पैसा भुस हुन्छ भने त्यसको डेढी बढाई जरिवाना हुन्छ । त्यहा बस्ने, हेर्ने र सहयोग गर्ने काम गरे गराएमा रु. ५०।– सम्म जरिवाना हुन्छ । जुवा खेल्न उपयोग गरिएका सबै सामान जफत हुन्छ ।

तर सरकारले पनि सबै तिरबाट जुवा निर्मुल नै पार्ने योजना नबनाएको देखिने बुदा पनि यस ऐनमा छ । दफा ८ मा जुवा सम्बन्धी विशेष व्यवस्था गरी सरकारले कुनै खास स्थान वा क्षेत्र तोकी स्वीकृति दिएमा खेल्न खेलाउन पाईने तथा कारवाई चलाईने र सजाय गरिने छैन भन्ने उल्लेख छ । त्यसैले जुवा निर्मुल नै पार्न यही कानुन मात्र प्रयाप्त छ भन्न सकिदैन ।

यस्ता कसूर हुने काम कुरा गरे भएको ३५ दिनभित्र मुद्दा दायर गरिसक्नु पर्ने ब्यबस्था छ । त्यसैले पुरस्कार पाउन घटना भएको, गरेको वा देखेको जति सक्दा छिटो प्रहरीलाई खबर गर्नुपर्छ ।

Loading...

यसमा तपाइको मत

कानूनी जानकारी बाट अन्य

अनुसन्धानमा सहयोग गर्नेलाई पचास प्रतिशत सजायमा छुट

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा ४० ले सजाय र अन्तरिम क्षतिपुर्ति सम्बन्धी कानूनी व्यवस्था गरेको छ । जसमा निम्न कुराहरु समावेस गरिएको छ । सजायका प्रकारहरुमा यस ऐनमा उल्लिखित कसुर गरे बापत...

अनुसन्धानमा सहयोग गर्नेलाई पचास प्रतिशत सजायमा छुट

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा ४० ले सजाय र अन्तरिम क्षतिपुर्ति सम्बन्धी कानूनी व्यवस्था गरेको छ । जसमा निम्न कुराहरु समावेस गरिएको छ । सजायका प्रकारहरुमा यस ऐनमा उल्लिखित कसुर गरे बापत...

पीडित व्यक्तिले अव उपचारका लागि अन्तरिम क्षतिपूर्तिको आदेश पाँउने

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा ४८ मा अन्तरिम क्षतिपूर्तिको लागि आदेश दिन सक्ने व्यवस्था गरेको छ । जसमा यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसुर भएको कारणबाट त्यस्तो कसुरबाट...

कैद वा जरिबानाको कसुर: जरिबाना नतिरे दश वर्ष कैद

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा ४६ ले जरिबाना बापत कैद सजायको व्यवस्था गरेको छ जसमा  जरिबाना बापत कैद गर्न सकिने कुनै कसुरदारले निजलाई तोकिएको जरिबाना तिर्न बुझाउन नसकेमा निजलाई कैद गर्न सकिनेछ । उपदफा...

सङ्गठित संस्थाबाट भएको कसुरमा अव सवैलाई कारवाही हुने

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा ३० सङ्गठित संस्थाबाट भएको कसूरमा काम गर्ने गराउनेको आपराधिक दायित्व को व्यवस्था गरेको छ । कुनै फर्म, कम्पनी वा सङ्गठित संस्थाले यस ऐन वा कानून बमोजिम...

निजी रक्षाको अधिकार प्रयोग गर्दा भए गरेका काम अव कसूर नहुने

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा २४ ले निजी रक्षाको लागि गरेको कामलाई समेत कसूर नमान्ने व्यवस्था गरेको छ । निजी रक्षाको अधिकार प्रयोग गर्दा भए गरेको कुनै काम कसूर मानिने छैन...

डर त्रास र असल नियतले गरेको काम कसूर नहुने

काठमाण्डौ: डर त्रास र असल नियतले गरेको काम कसूर नहुने  व्यवस्था गरेको छ ।  मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा २२ मा डर त्रासमा परी गरेको काम कसूर नहुने व्यवस्था गरेको छ । कसैले...

निर्वाचन संवन्धि सम्पूर्ण कानून एकै ठाउमा (पढौ, बुझौ)

देश निर्वाचनमय वनेको समयमा प्रतेक नेपाली जनताको चिया पसल देखी शेयरमार्केट सम्म, देश देखी विदेस सम्म चुनवकै चर्चा चलेको छ । लामो समयपश्चात आफैले वनाएको संविधानको कार्यन्वयनमा संसद र संधिय संरचनामा रहने प्रतिनिधि चयन...

पशुकरणी: थपीयो सजायको व्यवस्था

काठमाण्डौ: व्यवस्थापिका संसद्ले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयकमध्ये अपराध संहिता र फौजदारी कार्यविधि संहिता विधेयक बुधबार सर्वसम्मतले पारित गरेको छ । जस अन्र्तगत पशुकरणीसम्बन्धी व%@X0स्थामा थप सजायको व्यवस्था गर्दै विधेयकमा गाई करणी...

छाउपडी प्रथा, रजस्वला र सुत्केरी महिला विरुद्ध अमानवीय व्यवहार गर्नु अपराध

काठमाण्डौ:  व्यवस्थापिका संसद्ले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयकमध्ये अपराध संहिता र फौजदारी कार्यविधि संहिता विधेयक बुधबार सर्वसम्मतले पारित गरेको छ । जसमा गर्भवती महिलाको मञ्जुरीमा बाह्र हप्तासम्मको गर्भपतन र जबरजस्ती करणी वा...