चर्चाको शिखरमा छक्कापन्जा, पुर्व प्रधानमन्त्रीहरु पनि हलमा

Loading...

गत शुक्रबारदेखि प्रदर्शनीमा आएको चलचित्र ‘छक्का पन्जा’ले नेपाली सिने इतिहासमा विभिन्न रेकर्ड बनाउन सफल भएको छ । हास्यव्यंग्य जानरामा बनेको यो फिल्मको निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । कलाकार दीपकराज गिरीलगायतले निर्माण गरेको यो फिल्मले हाम्रै समाजको यथार्थलाई पनि प्रस्तुत गरेको छ । केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, वर्षा राउतलगायत कलाकारको अभिनय रहेको फिल्मले एक सातामै बनाएका ६ रेकर्डस् स्

डेब्यु महिला निर्देशक सफल

टिभी सिरियलमा प्रायः दीपकराज गिरी र दीपाश्री निरौला सँगै देखिन्थे । तर, छक्का पन्जामा दिपाश्री निरौलाले पर्दापछाडि रहेर काम गरिन् । उनले ठूलो पर्दाको फिल्म निर्देशन गरेको यो पहिलोपटक हो । र, उनी पहिलो प्रयासमै सफल भएकी छिन् । अहिले चलचित्रको कथावस्तु, कलाकारको अभिनय मात्र होइन, दीपाश्रीको निर्देशन पनि बजारमा चर्चाको विषय बनेको छ । व्यावसायिक रूपमै पनि महिला निर्देशक यति धेरै सफल भएको यो पहिलोपटक हो ।

छोटो समयमा तीन करोड

छक्का पन्जाले सबैभन्दा कम समयमा तीन करोड रुपैयाँको ‘ग्रस कलेक्सन’ गर्न सफल बनेको छ । ९० लाखमा निर्माण भएको चलचित्रले पाँच दिनमा तीन करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको निर्माण पक्षको दाबी छ । नेपाली चलचित्रले लगानी उठाउनै धौ–धौ परिरहेको यो समयमा छक्का पन्जाले गरेको आक्रमक व्यापार आर्फैँमा एउटा रकेर्ड हो ।

एकै दिन एक करोडभन्दा बढी

छक्का पन्जाले गत शनिबार मात्रै एक करोड २२ लाख रुपैयाँ कलेक्सन गरेको निर्माण पक्षको दाबी छ । यो पनि नेपाली चलचित्र इतिहासका लागि रकेर्ड नै हो । त्यसमाथि यो चलचित्रले ओपनिङ दिनमै ३३ लाखभन्दा बढीको व्यापार ग¥यो । रिलिज भएको दुई दिनमा नै यो चलचित्रले एक करोड ५५ लाखभन्दा बढीको व्यापार गरेको छ । नेपाली चलचित्रले दुई दिनमै यति धेरै व्यापार गरेको सम्भवतः यो पहिलोपटक हो ।

सातमा ६ हल हाउसफुल

छक्का पन्जा देशभरका ८० हलमा प्रदर्शन भइरहेको छ । फिल्म ओपनिङमै राम्रो व्यापार गर्न सफल रह्यो । शनिबार यो फिल्म गोपिकृष्ण हलका सातमध्ये ६ वटामा प्रदर्शन गरियो । यो २२ वर्षपछि बनेको रेकर्ड हो । छक्का पन्जाले भ्यालीबाहिरको हलमा पनि राम्रो व्यापार गरिरहेको छ । मोफसलमा पनि नाइट सो राजधानीबाहिरका हलहरूमा नेपाली फिल्म चल्दा नाइट सो पनि गरेको अत्यन्त कम सन्दर्भ छन् । तर, छक्का पन्जाले यसमा पनि बाजी मारेको छ । निर्माताको दाबीअनुसार मोफसलका विभिन्न हलमा यो चलचित्रका लागि नाइट सो गरिएका छन् । निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार राजधानीबाहिरका प्रायः सबै हलमा मंगबार नाइट सो लागेको थियो ।

फिल्म हेर्न तीन पूर्वप्रधानमन्त्री

त्यसो त नेपाली चलचित्रमा राजनीतिमाथि व्यंग्य गरिएकै हुन्छ, नेताहरू पनि चलचित्रबारे कहिलेकाहीँ कुरा गर्छन् । तर, नेपाली राजनीति र सिने क्षेत्रको सम्बन्ध त्यति बलियो छैन । हलमा नेपाली चलचित्र लागेको कयौँ दिनसम्म पनि नेपाली नेताहरू हलसम्म पुगेका घटना अत्यन्त कम छन् । तर, छक्का पन्जा हेर्न पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, झलनाथ खनाल र माधवकुमार नेपाल हलसम्म पुगे । त्यति मात्र होइन, केही दिन यता दर्जनौँ नेताको फोन आएको दीपकराज गिरी बताउँछन् । स्रोत नयाँ पत्रिका

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

सम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका मान्यजन सँग...

संस्कृति बचाँउ भन्दै कानून व्यवसायी शितलले ल्याइन तिज गित “लै वरि लै”

काठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका हुन ।...

सवैले देख्छन खुशीयाली, विछोड भएको देख्ने कसले ?

मेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि भित्रको पिडा मैले...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

ह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ? लामो कथा...

“तिज विकृती होइन संस्कृती हो” भन्दै शितलको गित बजारमा

काठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट शुरीलो भाकाले...

बहुमुखी प्रतिभा सोनीको नयाँ पप गीत

प्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले हरेकलाई कलाकार...

कानूनी क्षेत्र प्यारो लागेकी नानीको अभिनय यात्रा

काठमाडौं:  बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई हाल सम्म...

राधा आजबाट देशभर प्रदर्शनमा

नायक जीवन लुइँटेल तथा नायिका सञ्चिता लुइँटेलबीचको ‘केमेस्ट्री’ हेर्न पाइने चलचित्र हो– राधा । चलचित्र ‘राधा’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आएके छ । बसयात्राका क्रममा चिनाजानीपछिको ख्याल ठट्टाले मायाको रूप लिएपछिको सम्बन्धलाई साकार बनाउने सपना...

शितलको शव्द, स्वर, र संगितको छटपटाई रहेँको म्युजिक भिडियो बजारमा

कानून व्यवसायमा समेत सकृय रहँदै आएकी शितल पाण्डेको छटपटाई छटपटाई रहेँ को म्युजिक भिडियो दर्शक माझ ल्याएकी छन । शितल कानून ब्यवसायको क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतमा मुद्दाको पुरपक्षसँगै...