यसरी सकिन्छ रङ्गशालामा निशुल्क कार्यक्रम गर्न

Loading...

36949_ori_dasarath_rangasala_stadiumरंगशालामा बिभिन्न खेलकुद लगायतका बिभिन्न कार्यक्रमहरु हेर्न प्राय मानिसहरु गएका होलान तर त्यहाँ क-कसले कार्यक्रम आयोजना गर्न पाउछ ? केके कार्यक्रमहरु आयोजना गर्न पाईन्छ ? र कसरी कुन प्रक्रिया मार्फत त्यहाँ कार्यक्रम गर्न पाईन्छ ? भन्ने चाही सबैलाई थाहा नहुन सक्छ । त्यसमा पनि रंगशालामा कार्यक्रम गर्न कति पैसा तिर्नुपर्छ होला भन्ने पनि धेरैमा जिज्ञासा हुन सक्छ । रंगशाला निशुल्क पनि प्रयोग गर्न पाईन्छ वा रंगशालामा कार्यक्रम गर्न सित्तैमा पनि पाईन्छ भन्ने जानकारी पनि धेरैलाई नहुन सक्छ ।

रंङ्गशालाबारे सबै नियमहरु रङ्गशाला (बहाल) नियम, २०१८ मा तोकिएका छन । यसमा राष्ट्रिय, अन्तर्राष्ट्रिय वा विदेशी जुनसुकै प्रकारको साधारण तथा प्रतियोगितात्मक खेलकूद, सैनिक रमिता, सर्कस, कसरत, संगीत, वैज्ञानिक वा साँस्कृतिक प्रदर्शन गर्न पाईन्छ ।

यस्ता जुनसुकै कार्यक्रमका प्रदर्शनको लागि अनुमति वा इजाजतपत्र लिनु पर्दछ । त्यसका लागि प्रदर्शन गरिने अवधि र समय सहीत प्रदर्शन गर्नु भन्दा कम्तीमा ७ दिन अगाडि निबेदन दिनुपर्छ । कार्यक्रम कस्तो खालको हो जस्तो राष्ट्रिय स्वास्थ्य समृद्धिको लागि वा साँस्कृतिक उत्थानको लागि टिकट लगाई वा नलगाई प्रदर्शन गरिने, अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगी सदस्य स्वरुप नेपाली रङ्शालालाई उपयोगी तुल्याउन प्रदर्शन गरिने,सार्वजनिक संस्था वा सामाजिक कार्यको निमित्त कोषमा आम्दानी जम्मा गर्नलाई प्रदर्शन गरिने र व्यवसाय वा मनोरञ्जनको निमित्त टिकट लगाई प्रदर्शन गरिने हो, उक्त कुरा पनि निबेदनमा खुलाउनु पर्छ ।

यसरी निबेदन दिएपछि अनुमतिपत्र वा इजाजतपत्र प्राप्त हुन्छ जुन तोकिएको समय र अवधिको लागि प्रयोग गर्न पाउने स्विकृति हो ।

सामान्य रुपमा कुनै पनि कार्यक्रम प्रदर्शन गरे वापत प्रतिदिन रु. ५०।– का दरले बहाल लिइने छ । यसरी जम्मा हुने सम्पुर्ण रकमको पचास प्रतिशत अग्रीम र बाकि प्रदर्शनको सकिएको ७ दिन भित्र बुझाउनु पर्ने हुन्छ । तर बाकि रकम समयमै नबुझाए सयकडा दुईका दरले थप शुल्क सहीत बुझाउनु पर्ने हुन्छ ।

तर राष्ट्रिय स्वास्थ्य समृद्धि वा साँस्कृतिक उत्थानका लागि टिकट नलगाई सार्वजनिक संस्था वा सामाजिक कार्यको निम्ती कोषमा आम्दानी जम्मा गर्नलाई कार्यक्रम वा प्रदर्शन गर्ने भएमा भने रङ्गशाला प्रयोग गर्न पैसा लाग्दैन वा सित्तैमा प्रयोग गर्न पाईन्छ ।

त्यस्तै सामाजिक हितको उद्देश्यमा पनि टिकट लगाई गरिने प्रदर्शन गरिने भएमा भने आधा शुल्क लाग्छ वा दैनिक रु. २५।– तिर्नुपर्छ । यतिमात्र होईन टिकट सहीतको कार्यक्रम गरिएको भएपनि प्राकृतिक तथा अन्य कारणबश आम्दानी भन्दा खर्च बढि भई बहाल बुझाउन नसक्ने भएमा पनि आधा रकम मिनाहा पाउन सकिन्छ वा ५० प्रतिसत बुझाए हुन्छ ।

त्यस्तै त्यहा भएका सामाग्रिहरु वा रङ्गशालाको अबस्थामा क्षति पुर्याएमा भने कार्यक्रम गर्नेले नै भएको क्षति वा हिनामिनाको क्षतिपूर्ति तिर्नुपर्छ ।

Loading...

यसमा तपाइको मत

कानूनी जानकारी बाट अन्य

अनुसन्धानमा सहयोग गर्नेलाई पचास प्रतिशत सजायमा छुट

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा ४० ले सजाय र अन्तरिम क्षतिपुर्ति सम्बन्धी कानूनी व्यवस्था गरेको छ । जसमा निम्न कुराहरु समावेस गरिएको छ । सजायका प्रकारहरुमा यस ऐनमा उल्लिखित कसुर गरे बापत...

अनुसन्धानमा सहयोग गर्नेलाई पचास प्रतिशत सजायमा छुट

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा ४० ले सजाय र अन्तरिम क्षतिपुर्ति सम्बन्धी कानूनी व्यवस्था गरेको छ । जसमा निम्न कुराहरु समावेस गरिएको छ । सजायका प्रकारहरुमा यस ऐनमा उल्लिखित कसुर गरे बापत...

पीडित व्यक्तिले अव उपचारका लागि अन्तरिम क्षतिपूर्तिको आदेश पाँउने

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा ४८ मा अन्तरिम क्षतिपूर्तिको लागि आदेश दिन सक्ने व्यवस्था गरेको छ । जसमा यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसुर भएको कारणबाट त्यस्तो कसुरबाट...

कैद वा जरिबानाको कसुर: जरिबाना नतिरे दश वर्ष कैद

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा ४६ ले जरिबाना बापत कैद सजायको व्यवस्था गरेको छ जसमा  जरिबाना बापत कैद गर्न सकिने कुनै कसुरदारले निजलाई तोकिएको जरिबाना तिर्न बुझाउन नसकेमा निजलाई कैद गर्न सकिनेछ । उपदफा...

सङ्गठित संस्थाबाट भएको कसुरमा अव सवैलाई कारवाही हुने

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा ३० सङ्गठित संस्थाबाट भएको कसूरमा काम गर्ने गराउनेको आपराधिक दायित्व को व्यवस्था गरेको छ । कुनै फर्म, कम्पनी वा सङ्गठित संस्थाले यस ऐन वा कानून बमोजिम...

निजी रक्षाको अधिकार प्रयोग गर्दा भए गरेका काम अव कसूर नहुने

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा २४ ले निजी रक्षाको लागि गरेको कामलाई समेत कसूर नमान्ने व्यवस्था गरेको छ । निजी रक्षाको अधिकार प्रयोग गर्दा भए गरेको कुनै काम कसूर मानिने छैन...

डर त्रास र असल नियतले गरेको काम कसूर नहुने

काठमाण्डौ: डर त्रास र असल नियतले गरेको काम कसूर नहुने  व्यवस्था गरेको छ ।  मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा २२ मा डर त्रासमा परी गरेको काम कसूर नहुने व्यवस्था गरेको छ । कसैले...

निर्वाचन संवन्धि सम्पूर्ण कानून एकै ठाउमा (पढौ, बुझौ)

देश निर्वाचनमय वनेको समयमा प्रतेक नेपाली जनताको चिया पसल देखी शेयरमार्केट सम्म, देश देखी विदेस सम्म चुनवकै चर्चा चलेको छ । लामो समयपश्चात आफैले वनाएको संविधानको कार्यन्वयनमा संसद र संधिय संरचनामा रहने प्रतिनिधि चयन...

पशुकरणी: थपीयो सजायको व्यवस्था

काठमाण्डौ: व्यवस्थापिका संसद्ले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयकमध्ये अपराध संहिता र फौजदारी कार्यविधि संहिता विधेयक बुधबार सर्वसम्मतले पारित गरेको छ । जस अन्र्तगत पशुकरणीसम्बन्धी व%@X0स्थामा थप सजायको व्यवस्था गर्दै विधेयकमा गाई करणी...

छाउपडी प्रथा, रजस्वला र सुत्केरी महिला विरुद्ध अमानवीय व्यवहार गर्नु अपराध

काठमाण्डौ:  व्यवस्थापिका संसद्ले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयकमध्ये अपराध संहिता र फौजदारी कार्यविधि संहिता विधेयक बुधबार सर्वसम्मतले पारित गरेको छ । जसमा गर्भवती महिलाको मञ्जुरीमा बाह्र हप्तासम्मको गर्भपतन र जबरजस्ती करणी वा...