#IndianPresidentNotWelcome ट्विटरमा मुखर्जी विरुद्ध टप ट्रेन्ड

Loading...

मुखर्जी तिमिलाई सलोट गरेका प्रतेक स्वागत कर्ताहरुले मनले होइन राज्यको कुट्नीतिक मर्यादा मात्र पुयाएका हुन । प्रचन्ड सरकार धुमधाम स्वगतमा जुटेको छ त टइटर र फेसबुकमा #IndianPresidentNotWelcome  ट्रेन्ड नै चलेको छ ।

कुनै नेपालीले भारतले लगाएको नाकावन्धि र नेपाललाई सदा भारतको गुलाम वनाई राख्ने छोटे डन बन्ने कुटनीति कदापी भुल्न सक्ने छैनन ।
सरकार धुमधाम लागेको छ, राष्ट्रपतीले भब्य स्वागत गरीन तर उनको मनामा के छ सत्य त्यो नोपाली जनतालाई थाहा छ । सुरक्षा कर्मी जो तिम्रो नाकावन्दिको समयमा इन्धन अभावको कारण समश्यकमा परेकालाई सहयोग र उद्दारमा दिनरात आफ्नो गाँस काटेर लागेका थिए तिनले सलोट हान्दा वारुद मात्र खर्चभयो भन्ने सम्झेका छन ।

भ्रमण कुनै नेपाली जनताको लागी हर्ष र खुसिको विषय वन्न सक्दैन अहिले सत्य मनको ब्याख्या गर्ने हो भने तर पनी किन भ्रमण भएको छ भन्ने प्रश्नको उत्तर त सबैलाई थाहा छ जो राज्यको नेतृत्वमा छन र जनता भन्दा पनी तिनै प्रभुलाई खुसपारे मात्र सत्तामा रहन सकिन्छ भन्ने भ्रम पालेका छन ।
भारतिय राष्ट्रपती नेपालमा लामो राजनीतिक अस्थिरता र अन्योल पश्चात कसैको प्रभावबाट माथि उठ्दै निर्वाचित संविधानसभाबट अत्याधिक बहुमतले संविधान घोषणा गरे पश्चात सबैले स्पष्ट थाहा पाउने गरी नेपालमा वन्न लागेको संविधानमा आफ्ना मान्यता समेट्न दवाव दिएको र नसमेटीएको कारण आफ्नो प्रभावमा पर्न सक्ने नेताāलाई प्रयोग गरी तरार्इमा आन्दोलन मच्चाउने कार्यमा भारतको हात र योजना रहेको कसैलाई भ्रम छैन ।
उक्त समयमा नेपाली जनतालाई कथित कारण वनाउदै नेपाली जनतालाई कष्टकर दिन विताउन वाध्य वनाउने भारतिय रबैया कुनै तहको माफि योग्य कार्य थिएन र होइन । इन्धन अभावमा दाउरा किन्न लाइन वसेको दिन र दाउरा वाल्दा घरमा लागेको ध्वासो अझै मेटिएको छैन, रोटि पकाउने विकल्प नभएर रोटि वेलेर कपडामा लगाउने आइरनले तताएर खाएका घटना यतिकै भुलिदैन ।

भारतको उक्त अमानविय कार्य आपुर्ति रोकेर भुपरिवेष्टित राज्य र जनताको नियमित जिवन अस्तब्यस्त बनाउने कार्य नेपाल सरकार र तत्कालिन नेपालका प्रधानमन्त्रिले नाकावन्दी हो भनेका थिए भने भारतका अनुगृहित केही कथित नेपालको राजनीति गर्ने भनाउदा नेताले नाकावन्दी नभएर आन्तरिक अवरोध हो भन्दै आएका थिए ।

अन्तराष्ट्रिय समुदायलाई काठमाण्डौमा कहिले भारतिय राजदुतले भ्रममा पार्दै यो आन्तरिक अवरोध हो भन्दै आएका थिए त कहिले सरकारले नाकावन्दीनै हो भनेर भनिरहनु परेको थियो, दोहोरी जस्तै चलेको थियो । उक्त विषय जव भारतिय केही नेताले सार्वजनिक भाषणमा नेपाल प्रतिको नाकावन्दी भन्दै भन्न थाले र भारतको संसदमा समेत मोदी सरकारको नेपाल प्रतिको नाकावन्दी भन्दै आलोचना र भारतिय विदेश मन्त्रि सुश्मा स्वराज संग संसदमा स्पस्टिकरण समेत मागियो, संसदमा चर्काचर्की समेत पर्यो अनि नाकावन्दी होइन नेपालको सिमामा यो आन्तरीक अवरोध हो भन्ने पक्ष झुट सावित भयो ।

उक्त समयमा नेपाली जनतालाई कथित कारण वनाउदै नेपाली जनतालाई कष्टकर दिन विताउन वाध्य वनाउने भारतिय रबैया कुनै तहको माफि योग्य कार्य थिएन र होइन । इन्धन अभावमा दाउरा किन्न लाइन वसेको दिन र दाउरा वाल्दा घरमा लागेको ध्वासो अझै मेटिएको छैन, रोटि पकाउने विकल्प नभएर रोटि वेलेर कपडामा लगाउने आइरनले तताएर खाएका घटना यतिकै भुलिदैन ।

वास्तवमा भारतिय कुनै पनी नेतृत्व नेपाल भ्रमणमा आउछ भने र नेपाल प्रतिको सम्वन्ध सदासयता, नेपाली जनता संगको आत्मियता र स्वच्छ भाव प्रकट गर्दै अघि वढ्न चाहान्छ भने आफ्नो गलत कार्यको आत्माआलोचना गर्दै माफी मागोस अन्यथा नेपाल भ्रमण र कुनै चिल्ला शब्दले नेपाली मन कदापी छुन सक्दैन !
राज्यको नियमित कार्य सम्भव नभएर महिना सम्म सार्वजनिक विदा जस्तै वस्नु परेको दिनको पट्यारिलो समय ताजै छ । राज्यलाई नाकावन्दीका कारण भएको आर्थिक क्षती त कुरै नगरौ । यसरी नेपाली जनतालाई तातेको कराईमा मकै भुटेजस्तै गरी सास्ति दिएर गरिएको अमानविय कार्यको आत्मग्लानी होला भारतिय नेतृत्वमा तर विना कारण र हाम्रो अस्मितामा प्रहार गर्ने विषय उठाएर गरेको नाकावन्दीको विषयमा हाल सम्म भारतले किन के को लागि भन्ने औचित्यता पुष्टि गर्न सकेको छैन र गर्न पनी सक्दैन ।

ओचित्यहिन र अमानविय कार्य गरेको भारतले आफुले गरेको गलत कार्य प्रति माफि माग्नु पर्छ की पर्दैन ? वास्तवमा भारतिय कुनै पनी नेतृत्व नेपाल भ्रमणमा आउछ भने र नेपाल प्रतिको सम्वन्ध सदासयता, नेपाली जनता संगको आत्मियता र स्वच्छ भाव प्रकट गर्दै अघि वढ्न चाहान्छ भने आफ्नो गलत कार्यको आत्माआलोचना गर्दै माफी मागोस अन्यथा नेपाल भ्रमण र कुनै चिल्ला शब्दले नेपाली मन कदापी छुन सक्दैन र नाकावन्दी ठहरिएको उक्त औचित्य खुलाउन नसकिएको कार्य प्रति आत्माआलोचना र माफी नमागे सम्म नैतिक रुपले नेपालको भ्रमण गर्नु उपयुक्त पनी हुदैन ।

नेपालका नेता, राजनीतिक दल र कथित नेपालको राजनीति गर्ने भनाउदाहरको समष्टिगत रुप नभई नपाली जनताको सार्वभौमिक सवाल हो जस्लाई बुझेर जनता खुसि हुने काममा लागे राम्रो हुने छ यदि सकारात्मक मनले सम्वन्ध वनाउन खोजिएको हो भने ।

Loading...

यसमा तपाइको मत

headlines बाट अन्य

सिन्डिकेट तोड्ने पालो ट्रक, बैक, शिक्षा र स्वस्थ्य क्षेत्रको होः गृहमन्त्री थापा

गृहमन्त्री राम बहादुर थापा बादलले सिन्डिकेटको जालो तोड्ने अबको पालो ट्रक ब्यवासाय, बैक, शिक्षा र स्वस्थ्य क्षेत्र भएको बताएका छन् । ‘उपभोक्ता हित संरक्षण मंच–नेपालले’ आइतबार गृहमन्त्री राम बहादुर थापा ’बादल’ लाई भेटेर नेपालको विभिन्न...

संसोधनमा जुहारी: सरकार- दुई तिहाईले पास गर्छौ, विपक्षी- फेल गराएरै छोड्छौ

काठमाण्डौ: सरकारले गत चैत्र २९ गते संसदमा दर्ता गरेको संविधान संसोधन दोस्रो संसोधन विधेयकमाथि पुन ५० संसोधन दर्ता भएके छ । शनिबार बेलुका सम्मको लागि संसोधन दर्ता गराउन ७२ घण्टे समय दिएकोमा उक्त संसोधन...

अधिवक्ता लाइसेन्स परिक्षा बैसाखमा

२०७३ सालमाको चैत्र २३ गते सञ्चालन हुने भनी तोकिएको कानून व्यवसायी अधिवक्ता तहको २३ औं लिखित परीक्षा तत्काल स्थगित भएको छ । परिषद्द्ले २०७३ सालमा काठमाडौं उपत्यका लगायत बिराटनगर, पोखरा, बुटवल र नेपालगञ्जमा सञ्चालन हुने...

पैदलयात्रीलाई पनी कडा नियम लगाउदै ट्राफिक

पैदल यात्रुले तोकिएको स्थानबाट मात्र बाटो काट्नुपर्छ। साइकलका लागि बनाएको सडकमा साइकल कुदाउनुपर्छ। सडकमा जथाभावी चौपाया छोड्नु हुन्न। सडकलाई बिस्कुन सुकाउने स्थान बनाउनु हुन्न। यस्तो सामान्य विषयलाई लापरबाही गर्दै आएका तपाईँ हामी अब भने...

आइतवार देसभरका अदालत विदा

पुर्ब प्रधान न्यायाधीश गोविन्द बहादुर श्रेष्ठको हिजो कार्तिक २७ गते शनिबार निधन भएको छ । उहाँलाई इमान्दार, प्रेरणादायी र विवाद रहित सक्षम प्रधान न्यायधिसको रुपमा सबैले स्मरण गरेका छन । सरल र मृदुभाषी पुर्व...

असफल भारत कुटनीति छिमेकी राज्यलाई प्रताडन र घृणाको पात्र

अमेरिकी राष्ट्रपती वाराक ओवामाको जापान भ्रमणलाई स्मरण गर्दै प्रदिप भट्टराई लेख्छन “भारतिय राष्ट्रपतीले न नाकाबन्दिको लागि माफी मागे, न संविधानको स्वागत गरे, उल्टै संविधान संसोधिन गर्नुपर्छ भन्दै अर्ती दिदैछ्न” “अमेरिकि रास्ट्रपति जापानजादा हिरोशिमा नागासाकी...

माहाअभियोग संगै बढेको छ भारतिय चिन्ता र ‘रअ’ को सक्रियता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आफूलाई संसदको महाअभियोगबाट जोगाउन विभिन्न संयन्त्र प्रयोग गर्ने क्रममा कूटनीतिक समुदायलाई समेत उपयोग गरेका छन् ।उनको बचाउमा भारतीय रिसर्च एन्ड एनालाइसिस विङ (रअ) राजधानीमा सक्रिय भएको...

एउटा आवाज: धेरै कानून बन्दा अझ अन्याय हुदोरहेछ

मलाई अहिले पनि सम्झना छ म स्कुल पढ्दा देखेको छु सरहरुले केटीहरुको गाला चिमोटने, धाप मार्ने र ढाड सुमसुमाउने काम गर्नु हुन्थ्यो । अहिले बुझ्दा त्यो त एक किसिमको यौन दुव्र्यवहार पो रहेछ । हरेक...

यातायात व्यवसायीको दबाबमा नियमावली नै गायब

काठमाण्डौं । यात्रुवाहक बसका चालक कम उमेरका र अनुभवहीन हुँदा दुर्घटना बढेको निष्कर्ष निकाल्दै सरकारले डेढ वर्षअगाडि चालकलाई कस्ने नयाँ नियम ल्यायो। यातायात क्षेत्रको बेथिति र मनोमानी रोक्दै सार्वजनिक यातायात चालकलाई जिम्मेवार बनाउन ०७१...

अधिवक्ता तहको मौखीक परिक्षाको परिक्षाफल प्रकासीत

काठमाण्डौ नेपाल कानून व्यवसायी परिषद्बाट २०७२ मा संचालित अधिवक्ता तहको परिक्षाको परिक्षाफल आज प्रकाशित गरेको छ । जसमा ९९८ जना परिक्षार्थीहरु समावेश भएकोमा ४४५ जनाले अधिवक्ता तहको प्रमाण पत्र प्राप्त गर्ने छन् । जसमा १५१...