बढ्दो छन मृत शरिर संग रमाइलो गर्ने सामाजिक संजालमा

"मृत शरिरका तस्विर पोष्टगर्नु कानून विपरित"

Loading...

मृत शरिरका र विरामी अवस्थाका विभत्स तस्विरहरु सामाजिक संजाल फेसवुक, इन्टिग्राम ट्विटर लगायतमा छ्यापछ्याप्ती पोष्ट हुन थालेका छन अहिले । मृत शरिर र समाधिमा भएका क्षणलाई सेल्फि वनाउदै पोष्ट गरेका तस्विर र यस्तो कार्य गर्ने मानिसलाई के भन्ने ? कसैको सहज वा असहज मृत्यु कुनै पनी दुःखद क्षण नै हो ।

full-selfee

चिता संगको सेल्फि खिच्दै एक युवक फोटो सामाजिक संजाल

नेपालीमा उखान पनी छ मर्दाका मलामी जिउदाका जन्ती । मर्दाका मलामीमा मलिनता र दुःख भाव नै हुन्छ भने जिउदाका जन्तीहरु रमाएका नै हुन्छन । विवाहमा जस्तै रमाइलो हुनथालेको हो कि जस्तो देखिन थालेको छ अजकाल मृत्यु पनी मानिसलाई । विवाहको तस्विरमा दाम्पत्य जिवनको शुभकामना भन्न नसक्ने कन्जुस मान्छे लास र जलिरहेको चिताको सेल्फि वनाएर फुस्रा वेदना देखाउछ जहाँ मानवता र भावना उल्टो वनेको छ जो हुनु पर्ने भन्दा ।

मृत्युमा मलामी र वियोगको समयमा भएको पिडा र चिन्ता कम गर्न परिवारमा सान्तना नभई मृत शरिरको अधिकार विपरित उसको सामाजिक प्रतिस्ठामा आँच पुर्याइएको छ भने परिवामा समेत ।

अरुको दुःख र समस्यामा परेका विषयलाई मजाकमा उडाउनेहरु समाजमा बढ्दो संख्यामा छन । विवेक र बेदनाको पिडाको अनुभुती आफुलाई नै नपरिन्जेल मजाक गर्नेहरु समाजका असामाजिक प्राणी नै हुन । यस्ता विषय कडा कानून बनाई कारवाही गर्ने विषय भन्दा पनी समाजमा बसेका सामाजिक प्राणी भनाउदाहरुले आफ्नो नैतिकता र सामाजिक प्राणीको हैसियत कायम गर्न गर्नु पर्ने काम हो ।

कसैको मृत्यु पश्चात उस्का प्रेरणा दायी कार्य सम्झने र अनुकरणाीय कार्य भए तिनको अनुसरण गर्ने, समवेदना दिन पर्ने भए तस्विरको प्रयोग गर्दा जिवित अवस्थामा निजले गरेका राम्रा कार्य गर्ने शिलशिलामा खिचिएका उस्लाई उच्च सम्मानित देखिने खालका तस्विर राखेर दिने हो । घर परिवारका मानिसवट नै यस्तो गरिनु आफ्नै परिवार कुलको इज्यत समाप्त गर्नु हो भने उसको यस्तो पोष्टले निज संगको जिवित छदाको दसित सम्वन्धको प्रमाण पनी हो भने अन्यले गरेको अस्तो कार्य निको जिवन प्रतिको खिल्लिउडाई, परिवर र आफन्तको आत्मा सम्मानमा आँच पुर्याउनु हो ।

यस सम्वन्धि कानून र विधिशाश्त्रिय मान्यताहरु के छन भन्ने सन्दर्भमा हेर्ने हो भने कानूनले ब्याक्तिको बर्गिकरण र परिभाषा गर्दा मृत शरिरको वा मानिसको अधिकारको पनि परिभाषा र ब्यवस्था गरेको छ । कानूनको बर्गिकरण अनुसारः कानूननी ब्याक्ति जो कम्पनीको रुपमा दर्ता भई कानूनले जन्माउछ, कानूनले दिएको अधिकार र सिमामा रहेर काम गर्दछ । प्राकृतिक मानिस जो प्रकृतिमा प्रकृतिको नियम अनुसार जन्मन्छ, हुर्कन्छ र मर्दछ ।

कानूनले प्रकृतिक मानिसको पनी अवस्था अनुसार विभाजन गरी तिनिहरुको अधिकारको वारेमा ब्याख्या र ब्यवस्था गरेको पाइन्छ । जस्तो जन्मीन लागेको मानिस, पागल मानिस, मादकपदार्थ सेवन गरेको मानिस, मृत मानिसहरुको बारेमा पनी ब्याख्या गरेको र अधिकार प्रदान गरेको छ ।

सन्दर्भ मृत मानिसको अधिकार र हाम्रो समाजमा भएका गरिने कार्यको हो । मानिस मृत्यु संगै आफ्ना अधिकार र कर्तब्य र सारा भौतिक पक्षबाट अलग हुन्छ । उसमा न कुनै दायित्वको पक्ष रहन्छ न त कर्तब्य र अधिकारको ।

मृत शरिरको उचित सम्मान पुर्वक अन्तेस्टि, मृत शरिरको दुरुपयोग विरुद्धमा कुनै कडा कानुन नभएता पनी यो नैतिकता वा उच्च सद्आचरणको पक्ष वा प्रकृतिक कानूनको मान्यता अनुरुप पर्दाछ ।

मानिसको मृत्युु संगै उ संगको दायित्व उसको परिवार र नजिकको जिम्मेवार संग सर्दछ भने सम्पूर्ण समाजको मृत मानिस प्रती कर्तब्य मात्र रहन्छ ।

मृत शरिर वा मानिसको अधिकार के र कसरी निर्धारण हुन्छ भन्नेमा कानूनका मान्यता लगभग एकै प्रकारका पाइन्छन । बुदामा भन्नु पर्दा मृत शरिरका अधिकारलाई यसरी भन्न सकिन्छ ।

परिवारकै सदश्यले समाजिक संजालमा राखिएको विभत्स तस्विर

परिवारकै सदश्यले समाजिक संजालमा राखिएको विभत्स तस्विर ! थप हेर्न फोटोमानै क्लिक गर्नुहोला

१. मृत शरिरमा चेतना नहुने हुदा मृत शरिरलाई समाजमा सम्मानपुर्वक ब्यवहार र अन्तेष्टि गरिनु पर्दछ । मानिसले समाजमा छोडेर जाने भनेको आफ्ना कर्म र भौतिक शरिर मात्र हो । मृत शरिरको सम्मान पुर्वक ब्यवहार र अन्तेस्टि नै मृत शरिरको पहिलो अधिकार हो ।

२. मृत शरिरलाई अन्तेस्टि गर्ने विषय पनी कसरी गर्ने भन्ने विषयमा मृत ब्याक्तिले मृत्यु भन्दा अगाडी अन्तेष्टि कुनै तवरले गर्नु भनेको भए त्यो नै गर्नु पर्दछ । जस्तो की कसैले मृत्यु अघि आँखा दान गरेको भए आँखा लग्न निकाल्न पाइन्छ नत्र पाइदैन । कसैले जलाउन वा फलानो स्थानमा जलाउनु वा केही गर्नु भनेको भए त्यो अनुसार गर्नु पर्दछ किनकी आफ्नो इच्छामा लीएको निर्णय यसको आफ्नो सामाजिक हैसियत र प्रतिस्ठा विपरित हुदैन भन्ने मान्यता हुन्छ ।

३. त्यस्तै गरी मृत्यु हुनुभन्दा अगि केही नवोलेको भएमा निजले सनातन देखी चलिआएको संस्कृती र अन्तेष्टि प्रकृया अनुसार गरिनु पर्दछ । आफुले केही नवोलोको भए सो विषयमा सम्पुर्ण निर्णय गर्ने अधिकार परिवारलाई हुन्छ । यस्को मारण के हो भने उक्त ब्याक्तिको सामाजिक प्रतिष्ठा र अन्य कुनै पनी मिल्लने दायित्व उसको परिवार संग नै हुन्छ तसर्थ परिवारको निर्णय नै प्रमुख हुने हुन्छ ।

जस्तो की कतिपय राजनेताहरुलाई पनी राज्य, पार्टी वा संगठनले आफ्नो इच्छा अनुसार गर्न पाँउदैनन परिवारको निर्णय नै अन्तिम र प्रमुख हुन्छ । मृत्यु भयो भन्दैमा मृत शरिरलाई जथाभावी गर्ने, दुरब्यवाहर गर्ने, शरिरलाई कुरुप वनाउने उसले जिवित अवस्थामा सामाजमा बनाएको छविमै धुमिल हुने गरिका मृत विभत्स शरिर, चितामा भएको देखिएको विभत्स अवस्था लगायत जतासुकै प्रकासित गर्नु हुदैन ।

मृत मानिसको सम्मान भनेको निजले समाजमा गरेका राम्राकामको सम्झना गर्ने र उसप्रति कृतज्ञता ब्यक्त गर्नु नै हो । मृत र विभत्स तस्विर लिने र सार्वजनिक गर्ने कार्य मृत शरिरको अधिकार विपरित नै हो ।

#तस्विरहरु सामाजिक संजालमा भेटिएको हुदा र सचेतनाको लागि उखाहरण स्वरुप मात्र  !!

Loading...

यसमा तपाइको मत

कानूनी जानकारी बाट अन्य

वल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिनुहोस् स्मार्ट फोन पाउनुहोस

काठमाण्डौ: साथीलाई वल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिनुहोस् र स्मार्ट फोन पाउनुहोस् । लामो समयदेखी इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान दुई कान आफरको सुरुवात गरेको छ । तपाईले...

सर्वोच्च परिसरमा बम हल्लामात्र

प्रहरी सर्वोच्च अदालत परिसरमा बम राखेको भन्ने हल्लामात्र भएको बताएको छ। काठमाडौंका प्रहरी प्रमुख एस.एस.पी. रवीन्द्र धानुकका अनुसार सबैलाई बाहिर निकालेर खोज्दा पनि केही फेला परेको छैन। ‘हामीले खोज्दा केही भेटिएन, बम राखेको हल्ला मात्र...

वम राखेको फोन आए पछी सर्बोच्चमा भागा-भाग

आज करिब १२ बजे सर्बोच्च अदालतमा वम राखिएको हल्ला मच्चिए पश्चात अदालत परिसरमा भागा भागको अवस्था वनेको छ । बमहो हल्ला चेले पश्चात सुचारु बेन्चको बहस पैरवि पनी प्रभावित भएको छ भने अदालत परिसरमा...

टेलिभिजन च्यानल बन्द गराउने सरकारको निर्णय संविधानविपरीत: सर्वोच्च

काठमाडौँ: सर्वोच्च अदालतले टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले आज यही मंसिर...

अनुसन्धानमा सहयोग गर्नेलाई पचास प्रतिशत सजायमा छुट

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा ४० ले सजाय र अन्तरिम क्षतिपुर्ति सम्बन्धी कानूनी व्यवस्था गरेको छ । जसमा निम्न कुराहरु समावेस गरिएको छ । सजायका प्रकारहरुमा यस ऐनमा उल्लिखित कसुर गरे बापत...

अनुसन्धानमा सहयोग गर्नेलाई पचास प्रतिशत सजायमा छुट

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा ४० ले सजाय र अन्तरिम क्षतिपुर्ति सम्बन्धी कानूनी व्यवस्था गरेको छ । जसमा निम्न कुराहरु समावेस गरिएको छ । सजायका प्रकारहरुमा यस ऐनमा उल्लिखित कसुर गरे बापत...

पीडित व्यक्तिले अव उपचारका लागि अन्तरिम क्षतिपूर्तिको आदेश पाँउने

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा ४८ मा अन्तरिम क्षतिपूर्तिको लागि आदेश दिन सक्ने व्यवस्था गरेको छ । जसमा यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसुर भएको कारणबाट त्यस्तो कसुरबाट...

कैद वा जरिबानाको कसुर: जरिबाना नतिरे दश वर्ष कैद

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा ४६ ले जरिबाना बापत कैद सजायको व्यवस्था गरेको छ जसमा  जरिबाना बापत कैद गर्न सकिने कुनै कसुरदारले निजलाई तोकिएको जरिबाना तिर्न बुझाउन नसकेमा निजलाई कैद गर्न सकिनेछ । उपदफा...

वल्र्डलिंकको “तीनको तड्का” ग्राहक योजना: इन्टरनेटमा अफरै अफर

काठमाण्डौ: इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले तीनको तड्का नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ र फ्रि नेटटिभी प्रदान गर्ने ग्राहकयोजना सुरुवात गरेको छ । तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नविकरण गर्ने...

जिल्ला न्यायाधीशको पदपूर्ति सम्वन्धि यस्तो छ पाठ्यक्रम

काठमाडौँ : जिल्ला न्यायधीशको रिक्त दरबन्दीहरुको पदपूर्ति अव खुला लिखित परिक्षाको माध्यमबाट हुने भएको छ । न्याय परिषद्ले मङ्गलबार जिल्ला न्यायाधीशको परीक्षासम्बन्धी पाठ्यक्रम पारित गरेको छ । न्यायाधीश नियुक्तिको इतिहासमा प्रथमपटक जिल्ला न्यायाधीशको पदपूर्ति...