छाउपडी प्रथा: ज्यान गुमाउन बाध्य छन किशोरी

Loading...

काठमाण्डौ: महिनाबारी हुँदा छाउपडी गोठमा सुतेकै अवस्थामा किशोरीले ज्यान गुमाएको एक महिना पुग्न नपाउँदै अछाममा अर्की किशोरीको छाउपडी गोठमै निसास्सिएर ज्यान गएको छ। महिला तथा बालबालिका कार्यालयले सेभ दी चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको छाउपडी निवारण परियोजनाअन्तर्गत एक वर्षअघि छाउपडी गोठमुक्त गाउँ घोषणा गरिएको गाज्राकै छाउपडी गोठमा किशोरीको मृत्यु भएको हो ।

महिनाबारी भएको बेला छाउपडी गोठमा बसेकी गाज्रा ७ की १५ वर्षीया रोशनी तिरुवाले शनिबार राति गोठमै ज्यान गुमाइन्। महिनाबारी हुँदा एक्लै गोठमा सुतेकी रोशनी आइतबार बिहान मृत अवस्थामा भेटिएको परिवारले जानकारी दिएको छ । यसअघि तिमिल्सेन–७ की डम्बरा उपाध्यायले केही साताअघि छाउपडी गोठमै ज्यान गुमाएकी थिइन् ।

अघिल्लो दिन बेलुकी ६ बजेतिर खाना खाएर गोठमा सुतेकी रोशनी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा भेटिएको मृतकका बुबा भरत तिरुवाले जानकारी दिए। ‘बेलुकी खाना खाएर राम्रैसँग सुतेकी हो, बिहान हेर्दा त मृत भेटिइन्’, बुबा भरतले भने्, ‘सुरुमा आमा गएर उठाउँदा नबोलेपछि मैले ढोका फुटाएको हुँ।’

शनिबार स्कुल बिदाको दिन भएकाले रोशनीले दिनभर जंगल गएर एक भारी दाउरा ल्याएकी थिइन् । स्थानीय राष्ट्रभाषा माविमा कक्षा ९ मा अध्ययनरत उनी महिनाबारी भएको तीन दिन भएको परिवारले जानकारी दिएको छ ।

घटनास्थल पुगेका प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले घरदेखि २० फिट टाढा रहेको उक्त गोठ निकै साँघुरो रहेको र ढोकाबाहेक हावा छिर्ने अरू कुनै ठाउँ नहुँदा आगोको धुवाँले निसास्सिएर ज्यान गएको हुन सक्ने बताए । ‘बेलुकी सुत्दा आगो बालेर सुतेको र ढोकासमेत हावा नछिर्ने गरी लगाएकाले निसास्सिएर उनको ज्यान गएको हुन सक्ने देखिन्छ,’ ढकालले भने, ‘गोठभित्र पूरै धुवाँको मुस्लो भएपछि अक्सिजन कमीका कारण उनको ज्यान गएको हुन सक्ने सम्भावना छ।’ छाउपडी निवारण परियोजनाअन्तर्गत २०७२ असोज ९ गते गाज्रालाई छाउपडी गोठमुक्त घोषणा गरिएको थियो ।

छाउपडी गोठमुक्त घोषणा हुँदा पनि उक्त गोठ त्यहीं छ। त्यही गोठमा करिब एक साता पहिले महिनाबारी हुँदा बसेको अवस्थामा रोशनीकी आमासमेत धुवाँले निसास्सिएपछि मध्यरातमा निस्किएकी थिइन् । गाज्रा छाउपडी गोठमुक्त गाविस घोषणा भए पनि अधिकांश महिला महिनाबारी हुँदा गोठमै बस्छन् । देवीदेउता रिसाउने डरले महिला आफैं घरमा नबसेर गोठमा बस्ने गरेको प्रहरी निरीक्षक ढकालले बताए। रोशनीको शव आइतबार नै पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले एक महिनामा दुई महिलाको गोठमा ज्यान जानु दुःखद भएको बताए। हतारहतारमा गोठमुक्त अभियान चलाएर घोषणा गरिए पनि पछि त्यसको नियमित अनुगमन नहुँदा यस्तो समस्या देखापरेको उनले सुनाए ।

अछाममा पछिल्लो एक दशकमा डम्बरालगायत १० महिला तथा किशोरीले महिनाबारी हुँदा छाउपडी गोठमा बसेको अवस्थामा ज्यान गुमाएका छन्। पाँच वर्षअघि पनि २० दिनको अवधिमा अछाममा दुई महिलाले गोठमै ज्यान गुमाएका थिए। रिडिकोट ४ की १५ वर्षीय शर्मिला भुलको छाउपडी गोठमै धुवाँले निसास्सिएर ज्यान गएको थियो भने त्यसअघि २०६८ माघ १९ मा ढकारी–४ की लक्ष्मी बुढाको गोठमै आगोले जलेर ज्यान गएको थियो ।

मानिस तथा जंगली जनावरको डरले ढोकाबाहेक अन्य कुनै पनि भाग खाली नराखेर बनाइने छाउपडी गोठमा जाडोयाममा आगो बाल्ने र सुत्दा आगो ननिभाएर सुत्नाले अधिकांशको ज्यान निसास्सिएर जाने गरेको छ । सुत्दा आगो निभाएर सुत्नुपर्छ भन्ने सामान्य जानकारीसमेत नराखेका कारणले बर्सेनि महिलाले गोठमा ज्यान गुमाइरहेका छन्। जिल्लाले पाँच वर्षीय छाउपडी प्रथा निवारण योजना निर्माण गरे पनि उक्त रणनीति कागजमै सीमित छ । अन्नपूर्ण पोष्ट

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

काठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन, मुलुकी देवानी...

उच्च वारको २४ औ वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम (फोेटोफिचर)

काठमाण्डौ: उच्च अदालत पाटन वार एशोशिएसनको २४ औ वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । वुद्धनगर स्थित क्वालीटी व्याङकोएटमा भएको कार्यक्रममा उच्च अदालत वारका पुर्व अध्यक्षहरु सँगै करिव २००...

संविधान दिवसको अवसरमा विद्यार्थीद्धारा अन्तरक्रिया कार्यक्रम

काठमाण्डौः अनेरास्ववियु क्रान्तिकारी नेपाल क्याम्पस कमिटीले संविधान दिवसको अवसरमा संविधान, संघीयता र समाजवाद विषयक एक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङ, पुर्व महान्याधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमण कुमार...

संविधान दिवसको दिन मण्डलामा देशकै ठुलो राष्ट्रिय झन्डा स्थापना (फोटोपिचर)

काठमाण्डौ: संविधान दिवसको अवसर पारेर बुधबार माइतिघर मण्डलामा देशकै सवै भन्दा ठुलो राष्ट्रिय झन्डा स्थापना गरिएको छ । १५० पिट अग्लो स्तम्भमा ८ मिटर लामो झन्डा स्थापना गरिएको छ । उक्त भण्डा युवा संघ...

मौलिक हकसम्बन्धी संसदमा दर्ता सबै विधेयक पारित

काठमाडौं: प्रतिनिधि र राष्ट्रियसभाबाट मौलिक हकसम्बन्धी १४ र अन्य २ गरी १६ जम्म वटा विधेयक पारित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकबाट मौलिक हकसम्बन्धी संसदमा दर्ता सबै विधेयक पारित भएकम हुा...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित...

उच्च अदालत पाटन वार निर्वाचन: सिंखडा नेतृत्वको प्यानलनै विजयी

काठमाण्डौ: उच्च अदालत पाटन वार एशोसिएसनको कार्यसमितिको निर्वाचन शनिवार सम्पन्न भइकोमा शनिवारनै मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचनमा नेपाल कानून व्यवसायीको संगठन NLA र वृहत लोकतान्त्रिक मधेशी, आदीवासी, जनजाती तथा पेशागत समावेसी कानून व्यवसायीहरुको...

उच्च अदालत पाटन वार निर्वाचन (फोटो फिचर)

काठमाण्डौ: उच्च अदालत पाटन वार एशोसिएसनको कार्यसमितिको निर्वाचन आज सम्पन्न भएको छ । शनिबार विहान ७ बजेबाट सुरु भएको निर्वाचन साँझ ५ वजे सम्म हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनको प्रतिस्पर्धामा नेपाल कानून...