नायिका बनाउने प्रलोभोन दखाई युवतीहरुमाथि चरम शोषण

Loading...

काठमाण्डौ: मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो ।

आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए । अन्तर्वार्ताको लागि भन्दै उनले युवतीलाई होटलको कोठामा बोलाए । सामान्य कुराकानी गरेपछि युवतीलाई उनले आफूसँग सम्बन्ध राखे मोडल बनाउने बताए ।

तर युवतीले मानिनन् । त्यसपछि युवतीलाई जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गरे । युवती चिच्याइन्। उनी भाग्ने प्रयास गरे । होटेलका कर्मचारी तथा सेक्यूरिटी मिलेर उनलाई भाग्दाभाग्दै समाएर प्रहरीलाई बुझाए ।

अभय खड्का नाम गरेका ती व्यक्तिमाथि अनुसन्धान गर्दा प्रहरी चकित भयो । तिरुपतिमा उनले बलात्कारको प्रयासमात्र गरेका थिए, त्यसभन्दा पहिला धेरै पटक उनले युवतीहरुलाई मोडल र नायिका बनाउने भन्दै ठगी गरेको खुलेको छ ।
सबै घटनामा उनको एउटै तरिका देखिन्छ । मोडल तथा नायिका चाहिएको भन्दै विज्ञापन गर्ने। अन्तरवार्ताका लागि भनेर होटलमा बोलाउने । अन्तरवार्ताको बहानमा होटलमा शारीरिक सम्बन्धको प्रस्ताव राख्ने । अस्वीकार गरे बलात्कार गरेर युवतीलाई होटलमै थुनेर भाग्ने । यस्ता धेरैवटा घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खड्काले आफ्नो घर काभ्रेको श्यामपाटी भएको बताएका छन् । तर श्यामपाटीमा गएर प्रहरीले बुझ्दा सो नाम गरेको व्यक्ति नै नभएको खुलेको छ । नयाँ पत्रिका

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

प्रधानन्यायाधीशका लागि पराजुलीको नाम सर्वसम्मतले अनुमोदन

काठमाडौं: विहीबार बसेको संसदीय सुनुवाई विशेष समितिको वैठकले प्रधानन्यायाधीशका लागि प्रस्तावित गोपाल पराजुलीको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । सुशीला कार्की प्रधान न्यायाधीशबाट अवकास पाएपछि पराजुली कामु प्रधान न्यायाधीशको रुपमा काम गर्दै आएका थिए...

हिलो र धुलोको खाल्डोमा जनता, उच्च पदस्थहरु सरकारी रकम उडाँउदै विदेश सयरमा

हरेक वर्ष आर्थीक वर्षको अन्तिममा प्राय जसो सरकारी कार्यलयमा अनुदान र राज्यकोषको रकम सक्नललाई अनेक बाहाना र विवरण बुझाउदैमा व्यस्थ रहन्छन ।  कतिपय सरकारी कार्यलयहरुमा त पार्टी पनि चल्यो भन्ने पनि नसुनिएको होईन ।...

प्रधानन्यायाधीशमा सिफारिस पराजुलीविरुद्ध परेनन उजुरी, सुनुवाई आइतबार हुने

काठमाडौं: प्रधानन्यायाधीशमा संसदीय सुनुवाई विशेष समितिले सिफारिस गरेका गोपालप्रसाद पराजुलीको सुनुवाई आइतबार हुदैछ । समितिको शुक्रबार बसेको बैठकले पराजुलीको सुनुवाई आइतबार गर्ने निर्णय गरेको हो । उजुरीका लागि समितिले दिएको १० दिनको म्याद शुक्रबार सकिएको...

दुर्घटना बीमा अन्र्तगत सनराइज बैकद्धारा मृतक परिवारलाई ५ लाख हस्तान्तरण

काठमाण्डौ:  सनराइज बैक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड संगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । सोही सुविधा अन्र्तगत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी...

बलात्कारका घटनामा अब हदम्याद नलाग्ने, ऐन संसोधनको गृहकार्य हुदै

काठमाण्डौ: सत्य निरुपण तथा मेलामिलाप आयोग (टिआरसी)ले द्धन्द्धकालमा भएका जगन्य अपराधीक घटनाहरुको हदम्याद हटाँउने गरि ऐन संसोधनको तयारीमा जुटेको छ । द्धन्द्धकालमा भएका बलत्कार, हत्या, फौजदारी अभियोगजस्ता जघन्य घटनाका अपराधिलाई छुट दिन नहुने गरि हदम्याद...

भ्रष्टाचारका आरोपीत शर्मालाई लिखित जवाफसहित उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं: सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आधार र कागजप्रमाण प्रष्ट देखिने प्रतिलिपिसहितको लिखित जवाफका...

पत्नीको हत्या गरि टाउको बोकेर पति प्रहरी कार्यालयमा

कोहलपुर: सँगै जिउने सँगै मर्ने कसम खाइ विवाह बन्धनमा बाँधिएका श्रीमान्ले आफ्नै श्रीमतीको गला रेटी बीभत्स हत्या गरेका छन् । कोहलपुर नगरपालिका ४ बेलनपुरका २९ वर्षीय मोहमद अस्ताव बेडुवाले आफ्नै २७ वर्षीया श्रीमती मन्सुरको गला...

भरतपुर मतगणना विवाद: सर्वोच्चमा पेशी सरेको सरेई

काठमाडौँ: सर्वोच्च अदालतमा आज हुने भनिएको भरतपुर महानगरपालिका-१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ पुनः सोमबारका लागि सरेको छ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा यस प्रकरणको सुनुवाइ पेसी तोकिएको थियो तर हेर्न नभ्याउने भन्दै...

संविधान संशोधनमा सरकारले बुनेको जालोमा एमाले अल्झिदैन: ओली

झापा पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका लागि अहिले अनेक जालोहरु बुन्दै गएको भएपनि एमाले कसैको जालोमा नफस्ने बताएका छन । ओलीले माकुराको जालोमा भैंसी नअल्झिने बताउदै संशोधनमा त्यही ढंगका...

संविधान संसोधनको चक्रब्यूह

काठमाण्डौ नयाँ संविधान देशले त पायो तर संविधानलेनै आफुहरुका मागलाई सम्बोधन गर्न नसकेको भन्दै संविधान निर्माण पछि असन्तुष्ट बन्दै आएको मधेशी मोर्चा र पछि आएर राष्ट्रिय जनता पार्टी पनि असन्तुष्ट बन्दै गएको परिप्रेक्षमा वर्तमान...