उमेर नपुग्दैको विवाहसँगै बड्दो सम्बन्धविच्छेद

Loading...

काठमाण्डौ: धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी हुन् ।

विवाहपछि एकअर्काका बीचमा अनेक चाहना र बाध्यताहरु सुरु हुन थाले। विवाह भएको करिव २ वर्षमै डाँगीले २०७३ साल मङ्सिर २७ गते जिल्ला अदालत रोल्पामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरिन्।

डाँगीका अनुसार २०७१ साल फागनुमा उनका श्रीमान् वैदेशिक रोजगारीका लागि बिदेसिएर फोनबाटै गालीगलौज गर्ने, घरमा खर्च नपठाउने, फोनबाटै मेरो घर तुरुन्त छोड भन्ने जस्ता शब्द प्रयोग गरेर डर धम्की दिने गर्न थालेपछि डाँगी अन्तमा सम्बन्ध विच्छेदको निर्णयमा पुगेकी हुन्।

हाल उनले दर्ता गराएको सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा रहेको जिल्ला अदालत रोल्पाले जनाएको छ। राङ्सी–५ रोल्पाकी दीपा घर्तीमगरले आजभन्दा ८ वर्ष पहिले १५ वर्षको कलिलो उमेरमा कोर्चाबाङ–७ रोल्पाका खडकबहादुर घर्तीसँग प्रेम विवाह गरेकी थिइन्। १६ वर्षको उमेरमा आमा बनेकी घर्तीले आफ्नो अध्ययनलाई ४र५ कक्षाभन्दा माथि उठाउन सकिनन् । दुबैको मञ्जुरीमा प्रेम विवाह गरेकी घर्तीका पछिल्ला दिनहरु निकै कष्टकर बन्दै गए। दिनभरि काम गर्दा पनि श्रीमान्ले पेटभर खान नदिएको, रातदिन कुटपिट गर्ने गरेको, वैदेशिक रोजगारीमा पुगेपछि आफू र आफ्नो बच्चाको बेवास्ता गरेको तथा विभिन्न किसिमका घरेलु हिंसा गरेको भन्दै न्यायको ढोका ढक्ढक्याउन उनी पटक पटक इलाका प्रहरी कार्यालय घर्तीगाउँमा पुगिन्।

पटकपटक घर्तीगाउँ प्रहरीले श्रीमान् श्रीमतीका बीचमा मेलमिलाप गराएर पठायो। तर स्थायी रुपमा उहाँहरुका बीचमा सुमधुर सम्बन्ध कायम हुन सकेन। अन्तमा घर्ती सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा पुगिन्।

त्यसैगरी, कोटगाउँ–७ रोल्पाका १७ वर्षीया कमला बुढा र कोर्चाबाङ गाविस–२ रोल्पाका २० वर्षीय समीर बुढाबीच २०७० साल भदौ २५ प्रेम विवाह सम्पन्न भएको हो। बुढा दम्पतीका बीचमा पनि सुमधुर सम्बन्ध कायम हुन सकेन। विसं २०७१ असोज १० गते पारिवारिक झगडा भएपछि माइतीघरमै बस्दै आएकी श्रीमती कमला बुढाले २०७३ साल साउन १९ गते जिल्ला अदालत रोल्पामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराइन्।

गैरीगाउँ–१ रोल्पाका १८ वर्षीया पवित्रा केसीले बुढागाउँ–९ रोल्पाका १८ वर्षीय हेमराज पुनसँग २०७० साल पुष १५ गते प्रेम विवाह गरेकी थिइन्। उनका श्रीमान् विवाह भएको करिव १ महिनापछि कामको खोजीमा काठमाडाँको ईंटा भट्टामा पुगे। ६ महिना पछि त्यहाँबाट कामकै खोजीमा भारत गए। यसरी भारत पुगेका श्रीमान्ले घरमा भएकी श्रीमतीको बेवास्ता गर्ने, खर्च नपठाउने गर्न थालेपछि आफ्ना दिनहरु थप कष्टकर बन्दै गएको केसीले बताइन्। घरमा भएका परिवारले समेत मानसिक यातना दिन थालेपछि उहाँ माइती घरमा बस्न थालिन्।

माइतीले छोरीलाई घरमै बस्ने वातावरण मिलाउन धेरै प्रयास गरेको तर सम्भव नभएको केसीका भाउजूले बताइन्।‘हामीले नानीलाई घरमै बसाल्ने वातावरण मिलाउन धेरै प्रयास गर्‍यौ तर ज्वाइँले कुटपिट गर्न र यातना दिन छा्ड्नु भएन। माइतीमै राख्नुपर्छ भने किन सम्बन्ध गाँसिरहने भन्ने सोची सम्बन्ध विच्छेदको निवेदन दिन लिबाङ आएका छौं,’ उनले भनिन्।
यसरी १७र१८ वर्षको उमेरदेखि ५०र५५ वर्षको उमेर समूहका महिलाहरु सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा आउने गरेको मुद्दा फाँटका नासु दामोदर दाहालले जानकारी दिए।

मुद्दा फाँटका खरिदार दिपेन्द्रराज श्रेष्ठका अनुसार जिल्ला अदालत रोल्पामा यस आर्थिक वर्षमा मात्र जम्मा ५० वटा नयाँ र २० वटा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका गरी कुल ७० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। यस आवमा ३३ वटा सम्बन्ध विच्छेदका मुद्दाको फैसला भइसकेका छ। सातवटा मुद्दामा अंशसहित सम्बन्ध विच्छेद गर्न खोजेको भएपछि अन्य कसैले पनि अंश दावी गरेको देखिएको छैन।

जिल्ला न्यायाधीस कमलप्रसाद ज्ञवालीका अनुसार सम्बन्ध विच्छेदको समस्या पछिल्लो दिनमा रोल्पा जिल्लामा मात्र नभएर देशभर नै बढ्दै गएको छ। विशेषगरी बालविवाहका कारण विवाह गर्ने उमेरका किशोरकिशोरीले सम्बन्ध विच्छेद गर्ने गरेको पाइएको छ। राजधानी दैनिक

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

मुद्धा प्रक्रियामा सर्वोच्चमा लाग्ने सवै प्रकारका दस्तुरहरुको विवरण

काठमाडौं: सर्वोच्च अदालतमा निवेदन दर्ता, रिट, फरक फरक ढंगका निवेदन, देखि अन्य विभिन्न कामकाजका लागि तोकिएको दस्तुरको विवरण यसप्रकार रहेको छ । सर्वसाधारणलाई अदालती कार्य सम्पादनमा सहजता होस भनेर अदालतले उक्त जानकारीमुलक व्यवस्था गरेको हो...

अधिवक्ताको २४ औ लिखित परिक्षाको परिक्षाफल प्रकासित

काठमाण्डौ: नेपाल कानून व्यवसायी परिषद्द्वारा २०७४ फाल्गुण महिनामा सञ्चालित अधिवक्ता तहको चौविसौं परीक्षाको लिखित परीक्षा परिषदले अधिवक्ताको २४ औ लिखित परिक्षाको परिक्षाफल प्रकासित गरेको छ । उत्तीर्ण रोल नं. हरू 2 3 5 6 8 11...

‘रन फर जस्टिस, नट फर मनी’: महान्यायधिवक्ता खरेल

काठमाण्डौ: नबोदित कानून व्यवसायी समिति, उच्च अदालत पाटन र नबोदित तथा युवा कानून व्यवसायी समुहले रन फर जस्टिस अर्थात् न्यायका लागि दौड भन्ने नारासहित कानून दिवसको उपलक्षमा दौड कार्यक्रम सम्पन्न गरेको छ । कानून दिवसको...

न्यायालयको जनविश्वास जोगाउनु नै आजको आवश्यकता हो: मन्त्री तामाङ

काठमाण्डौ: नबोदित कानून व्यवसायी समिति, उच्च अदालत पाटन र नबोदित तथा युवा कानून व्यवसायी समुहले रन फर जस्टिस अर्थात् न्यायका लागि दौड भन्ने नारासहित कानून दिवसको उपलक्षमा दौड कार्यक्रम सम्पन्न गरेको छ । कानून दिवसको...

न्याय र कानूनी राज्यको लागि दौडिए कानून व्यवसायी

काठमाण्डौ: नबोदित कानून व्यवसायी समिति, उच्च अदालत पाटन र नबोदित तथा युवा कानून व्यवसायी समुहले रन फर जस्टिस अर्थात् न्यायका लागि दौड भन्ने नारासहित कानून दिवसको उपलक्षमा दौड कार्यक्रम सम्पन्न गरेको छ । दौड प्रतियोगिता...

…. अदालतको ढोकामा चिच्याई रहेको

न्याय  आजकाल न्याय अदालतको ढोकामा चिच्याई रहेको देख्छु मैले भने , खै किन भित्र नपसेको ? अदालतको ढोका र झ्याल त खुल्यै छन् १ न्याय म सँग झोक्किदै भन्यो म झ्याल र ढोका बाट छिर्ने होईन दिमागबाट छिर्ने हुँ त्याहाँ बाक्लो टोपिको स्वाभिमानले...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

ह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ? लामो कथा...

कानून संकाएमा सिमीत कोटा राखी भर्ना खुलाईयो

काठमाण्डौ: नेपाल ल क्याम्पस डिनको कार्यलयले तिन वर्षे एलएलविमा कोटा निर्धारण गर्दै भर्ना खुलाएको छ ।  त्रिभुवन विश्व विद्यालय कानून संकाय अन्र्तगतका आंगिक क्याम्पस नेपाल ल क्याम्पस काठमाण्डौ, पृथ्वीनारायन क्याम्पस पोखरा, महेन्द्र विन्देश्वरी वहुमुखी...

कानून र मापदण्ड मिच्दै कर्मचारी सरुवा वढुवा नगर्न युनियनको अपिल

काठमाण्डौ: न्यायपालिकालाई विकृतीविहिन, भ्रष्टचारमुक्त र जनउक्तरदायी बनाँउने न्यायपालिकामा कार्यरत जनशक्तिहरुको पेशागत हक अधिकारको प्रवर्दन गर्ने काममा विभागिय आधिकारीक ट्रेड युनियनले सक्रिय भुमिका निर्वाह गर्दै आएको अवगत गराँउदै युनियनले का. मु. प्रधानन्यायधिस र वरिष्ठतम न्यायधिसलाई...

न्यायपालिकाका विध्नवाधा रोक्न सर्वोच्चमा दिनभर पुजापाठ

काठमाण्डौ: देशभरि वुद्धजयन्ती मनाईरहँदा यसपटक सर्वोच्च परिसरमा पनि वुद्धजयन्ती  र विदाको उपयोग गर्दै दिनभर पुजा पाठ सम्पन्न भएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी यज्ञमा सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र, चोलेन्द्रसमशेर राणा, दीपककुमार...