मुलुक संघीयतामा प्रवेश, नागरिकहरुले पाए नयाँ ठेगाना

Loading...

काठमाडौं: १४ अञ्चल, ७५ जिल्ला, दुई सय १७ नगरपालिका र तीन हजार एक सय ५७ गाउँ विकास समिति भएको देश नेपाल शुक्रबारबाट चार महानगरपालिका, १३ उपमहानगरपालिका २४६ नगरपालिका र ४८१ गाँउपालिका र विगतमा रहेका ७५ वटै जिल्ला विकास समितिहरु जिल्ला समन्वय समितिमा परिणत भएका छन ।
सरकारले २०७३ फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरी सात सय ४४ स्थानीय तह बनाएको घोषणा गरेको हो । राजपत्रमा सूचना प्रकाशित भएसँगै अब मुलुक संघीयतामा प्रवेश गरेको छ भने २५ वर्षदेखि गाविस र नगरपालिका बनाइएका स्थानीय निकाय शुक्रबार बाटै खारेज भई नयाँ संरचनामा परिणत भएका छन ।

सरकारले काठमाडौं, ललितपुर, भरतपुर र पोखरा लेखनाथ नामका चार महानगरपालिका बनाएको छ भने बिराटनगर, इटहरी, धरान, जनकपुर, हेटौंडा, जीतपुर सिमरा, कलैया, वीरगञ्ज, बुटवल, तुल्सीपुर, घोराही, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका भएक छन । भने दुई सय ४६ नगरपालिका सँगै पुरानो संरचनामा रहेका गाविसहरु भार सय ८१ गाउँपालिकामा परिणत भएका छन ।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले शुक्रबार प्रकाशित राजपत्र देखाउँदै गाउँपालिका र नगरपालिका कार्यान्वयन सुरु भएको घोषणा गरेका थिए । थापाले साबिकमा स्थानीय निकायका रुपमा रहेका सबै गाविस, नगरपालिका र जिविस शुक्रबारबाटै खारेज भएको जानकारी समेत गराएका थिए ।

शुक्रबार सम्म् आफ्नो एउटा ठेगाना बताइरहेका नागरिकहरुले अब नयाँ ठेगाना पाएका छन । आफ्नो ठेगानाको रुपमा अञ्चल र जिल्ला र गावीस को ठाँउमा अव गाउँपालिका वा नगरपालिका भनेर परिचय दिनेछन।

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

कानूनको अनभिज्ञता Sudarsan Joshi

यो बिषय देख्दा सामान्य देखिए पनि कानूनको कार्यान्वयन मा न्याय संग जोडेर हेर्दा अत्यन्त महत्वपुर्ण छ । बिश्वमा नै बिकसित हुदै आएका फौजदारी न्याय प्रणाली एबं बिधिशास्त्रका मान्यता वा सिद्दान्तहरुलाइ अध्ययन गर्दा कानूनको अनभिज्ञता...

टिकापुर घटना मुद्दाको फैसला पूर्ण पाठ

जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए...

बयान परिवर्तन गर्दा उच्च अदालतवाट कैद सजाय

जनकपुरधाम – सर्लाहीको साविक मोतिपुर गाविस–४ का ४५ वर्षीय भूपनारायण महतोले आफैंले दिएको उजुरी विपरीत अदालतमा झूटा बयान दिएको भन्दै उच्च अदालत जनकपुरले कैद र जरिवाना सजाय हुने फैसला गरेको छ । २०७२ भदौ १० गते...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

काठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै  निवेदन...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

काठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिदै...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय विपरीत सबै...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

काठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता भएको उल्लेख...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

काठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला,...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ ले...