तव मात्र हुन्छौ हामी स्वाभिमानी र देश आत्मनिर्भर

  • -प्रेमबहादुर शाही
  • Loading...

    प्रेमबहादुर शाही

    हामी नेपाली हौँ । हामीलाई यसमा आत्मगौरव छ । हाम्रा पुर्खाहरूले वीरतापूर्वक लडाइँ लडेर विजय हासिल नगरेको भए आज हामी नेपाली, हाम्रो देश नेपाल रहने थिएन । सयौँको बलिदान र हजारौँको जीवन अङ्गभङ्ग गरेर बचाएको देश हो । आधुनिक हतियार र तालिम प्राप्त दक्ष भएर नेपालीसँग युद्ध गर्न आएका ब्रिटिस सेनालाई भाला, तरबार, ढुङ्गामुढा प्रहारबाट ऐतिहासिक विजय हासिल गरी पुर्खाले राष्ट्र, राष्ट्रियता र स्वाभिमान जोगाएका हुन् । त्यति बेला विदेशीसँग निडर भएर नलडेको भए आज यहाँ अङ्ग्रेजको राज हुन्थ्यो ।

    युद्ध गर्न नेपाल आएका ती ब्रिटिस सेनाले नेपालीसँग युद्ध गर्न नसकी आफ्नो हार स्वीकार गरी अन्तत स्वदेशमै फर्कियो । विश्वमा त्यही भएर हामी नेपालीलाई वीर गोर्खाली भनेर चिन्ने गरिन्छ । त्यसैले आज हाम्रो राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमानको ठूलो नारा र भाषण गर्ने गछौँ, तर अहिलेको पिढीले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रताको विषयमा के नै काम गरेका छौँ रु सधै पराधीन भएर लम्पसारको नीतिलाई आत्मसात गर्ने, अनि भन्ने हाम्रो नेपाल, हामी नेपाली । नेपालमा अहिलेसम्म राज्यले ठोस रूपमा नीति निर्माण गरी दीर्घकालीन योजना बनाउन सकेका छैनन् । देशमा भएका युवा जनशक्तिलाई सही तरिकाले परिचालन गर्न सकेको छैन ।

    देशको मेरूदण्ड मानिने युवा आफ्नो प्यारो मातृभूमि छोडी विदेशिने गरेका छन । बेरोजगारीले गर्दा सके वैधानिक, नसके अवैधानिक तरिकाले विदेश जानेको संख्या बढिरहेको छ । यो अवस्था केही वर्षसम्म कायम रह्यो भने देश नै युवाविहीन हुने निश्चित छ । कुल जनसङ्ख्याको आधा जनसङ्ख्या अहिले भारत लगायत तेस्रो मुलुकमा विभिन्न कामको खोजीमा छन । केही पढेलेखेका मानिस आफ्नो दक्षता, क्षमता र सीप अनुसार काम र काम अनुसारको पारिश्रमिक नहुँदा बेरोजगार छन । राज्यले विद्यार्थीका लागि सीपमुलक व्यावहारिक शिक्षा नीति बनाउन सकेको छैन । शिक्षित भनिने वर्गहरू अध्ययनको बहाना गर्दैै विदेशका महङ्गो कलेजमा लाखौँ रूपैया खर्च गरी शिक्षा हासिल गरिरहेका छन । पढाइको नाममा सबै सम्पत्ति विदेशमै गुमाउनु परेको छ । हाम्रो देशमा आफूसँग भएको बृद्धि विवेकको प्रयोग गर्न खोज्यो भने त्यसलाई पालगको संज्ञा दिने गरिएको छ । अझै कुन ठीक हो, कुन बेठिक हो भन्ने समेत छुट्टाई दिने मानिसको कमी छ ।

    हिमाल, पहाड, तराईसम्म कृषि उत्पादनको लागि उर्वर मानिने खेतबारी वषौँसम्म बाझो छन् । घरपरिवारमा सधै छिमेकीसँग मागेर जीवन गुजारा चलाउने प्रचलन बढेको छ । दश रूपैया पर्ने उपभोग्य वस्तुको मूल्य रातारात बृद्धि भई १५ देखि २५ रूपैयासम्म पुगेको छ । देशभर महङ्गीले चुली छोएको छ । आफ्नै देशमा उत्पादित वस्तुलाई प्राथमिकता नदिई विदेशबाट आयात गरेका रङ्गी–चङ्गी उपभोग्य वस्तुमा दिन–प्रतिदिन आकर्षक बढ्दो छ । मेडिइन नेपाल लेखेको वस्तुलाई राम्रो हुँदैन र हामीहरूले त्यो स्वदेशी उत्पादनलाई उपयोग गर्नु हुँदैन भन्ने खराब मानसिकता बनाएका छौँ ।

    अन्य देशबाट आयत गरिएको स्वाथ्यका लागि हानिकारक वा विभिन्न किसिमका रसायन मिसाएका उपभोग्य वस्तुहरू उपभोग गरिहरेका छौँ । गाउँघरका जग्गा कौडीको मूल्यमा बिक्री गरी सहरमा ४÷५ मिटर जग्गालाई १०÷१५ लाख रूपैया हाल्ने बानीको विकास भएको छ । पछिल्लो समयमा मानिस सहर र सुविधामुखी बनिरहेका छन । देशमा नीति निर्माण तहसम्म पुगेका भनेर चिनिनेहरू सधै आफ्नो व्यक्तिगत स्वार्थमा मात्र ध्यान केन्द्रित छन् । आँगनको फोहरदेखि राज्यको नीति निर्माण समेत अरूले गरिदिन्छन् भन्ने गलत सोचको विकास भएको छ ।

    देशमा बढ्दै गएको जनसङ्ख्याले बेरोजगार दिनदिनै थपिँदै गएको छ । त्यही बेरोजगारी समस्याले गर्दा देशमा विभिन्न प्रकारका विकृति, विसङ्गति, हत्या, हिंसा बढिरहेका छन । स्वदेशमा भएका स्रोतसाधनको उत्खनन् गरी प्रयोग गर्न राज्यको कहिल्यै ध्यान गएन । गयो त केवल सत्ता र कुर्सीको मात्र । नेपाल बहुजाति, बहुसांस्कृतिक, भौगोलिक विविधता, बहुधार्मिक विशाल एक सिङ्गो नेपाल हो । यहाँ पछिल्लो समयमा विभिन्न उच्छृङ्खल नारा दिएर सिङ्गो विशाल देशलाई चिराचिरा गर्न प्रयास गरिएको छ । अनि विदेशी हस्तक्षेपलाई टुलुटुल हेरेर बस्नु वाहेक अरू के नै छ रु

    पछिल्लो समयमा देशको आन्तरिक कलहका कारण पनि राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमानमाथि आँच आइरहेको छ । विदेशी घुसपैठका कारण देश सङ्कटमा छ । यो समयमा देशका सबै राष्ट्रवादी, देशभक्त र आम जनताको उच्च स्तरको सतर्कता तथा ऐक्यबद्धताद्धारा देशलाई बचाउन आत्मनिर्भरता बनाउन सकियो भने हामी आफै स्वाभीमानी हुने छौँ । होइन भने हामी सधै अरूको गुलामी बन्ने हो भने हामी के को स्वाभिमानी रु साथै यो अवस्था भनेको परनिर्भरताबाट आत्मनिर्भरता बन्ने सबैभन्दा ठूलो अवसर हो । यहि समयमा सबैले ब्यक्तिगत स्वार्थ भन्दामाथि उठेर राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमान बचाउन र देशलाई आत्मनिर्भर बनाउन एकजुट हुन सक्यौँ भने यही नै महान काम हुने छ ।
    “लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन”

    Loading...

    यसमा तपाइको मत

    लेख/अनुसन्धान बाट अन्य

    आवाश्यक सेवा सन्चालन ऐन २०१४ को पुर्ण पाठ

    काठमाण्डौ: जनसमुदायको सामान्य जीवन स्थितिमा खलल हुन नदिनको लागि लागि आवश्यक सेवाहरुको अटूट सञ्चालन कायम राख्न आवश्यक एवं उचित व्यवस्था गर्नु परेकोले श्री ५ महाराजाधिराजबाट यो ऐन बनाई २०१४ साल मंसिर २१ गते जारी...

    सुधारीदै यातायात क्षेत्र: वन्द हडताल गर्न गरियो निषेध

    काठमाण्डौ: सरकारले आवाश्यक सेवा क्षेत्रमा वन्द हडताल गर्न निषेध गरेको छ । मन्त्रीपरिषदको मंगलबार वसेको वैठकले ऐन कानूनहरुमा हड्ताल निषेधसम्वन्धि केहि व्यवस्था भएको तर हरेक क्षेत्रहरु नसमेटिएकोले राजपत्रमा सुचनामार्फत अन्य क्षेत्रहरु थप गरि उक्त...

    मेलमिलाप केन्द्रको प्रभावकारीता

    इनरुवा: सुनसरीको देवानगञ्ज गाउँपालिकामा रहेको मेलमिलाप केन्द्र प्रभावकारी बन्दै गएको छ । स्थानीयले आफ्नो समस्या आफैं समाधान गरौँ भन्ने मूलनाराका साथ पाँच महिनाअघि स्थापना गरेको मेलमिलाप केन्द्रले मेलमिलापको प्रभावकारी काम गरिरहेको मेलमिलापकर्ता देवनन्दन मेहताले...

    दुष्कृति कानून: अदालतको व्यवस्थापन देखेर पंक्तिकारका आँखा रसाए

    काठमाण्डौ (पुस्तक समिक्षा): नेपालमा खासै प्रचलनमा नरहेको तर विश्वमा प्रचलित दुष्कृति कानूनलाई मुलुकी देवानी (संहिता) ऐन २०७४ ले कानूनी रुप दिएपछि यसको चर्चा व्यापक भइरहेको छ । यसै कानूनलाई अझ बढी परिभाषित गर्दै राष्ट्रिय...

    न्यायिक समितिमा कानून व्यवसायीको सहभागिता विषयक अन्तरक्रिया सम्पन्न

    काठमाण्डौ: सोसल इन्जिनियरिङ्ग स्कुल नेपालले ‘न्यायिक समिति प्रभावकारी बनाउन बारको भुमिका’ विषयक कार्यक्रमको आज काठमाण्डौमा आयोजना गरेको छ । समय-समयमा कानूनका विभिन्न विधामा निरन्तर कार्यक्रम गर्दै आएको स्कुलले यसपटक न्यायिक समितिका विषयमा कार्यक्रम गरेको हो...

    प्रधानन्यायधीश मिश्र विरुद्ध महाभियोगको प्रस्ताव

    भारतीय प्रधानन्यायाधीश दीपक मिश्र विरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको छ । भारतको माथिल्लो सदन राज्यसभामा उक्त प्रस्ताव दर्ता भएको हो । क‌ंग्रेस पार्टीको नेतृत्वमा विपक्षी दलहरुले सामूहिक रुपमा उपराष्ट्रपति एवं राज्यसभाका अध्यक्ष वेन्कैया नायडूलाई माहा...

    न्यायलय विवाद: क्षेत्राधिकारमा रही कार्यसम्पादन गर्न बारकोे अपिल

    काठमाण्डौ:  न्यायलमा पछिल्लो समय देखिएका विवादका सम्वन्धमा कानून व्यवसायीकमो छाता संगठन नेपाल बार ऐसोसिएसनले सोमबार विज्ञप्ती जारी गरेको छ । न्यायपालिकामा आँच आँउने अदालनप्रतिको जनआस्था घटाँउने, आदेश र फैसलाप्रति नकारात्मक टिप्पणी, आमरण अनसन, आफ्जनो...

    न्यायमुर्तिबाटै अराजक क्रियाकलाप भए न्यायकर्मीहरु एक हौ: बार

    काठमाण्डौ:  न्यायलयमा यतिका विवाद चर्कीरहेको अवस्थामा नेपाल वार मौन रहँनु उचि होइन भन्ने कुरा चलिरहेका बेला वारले सोमबार विज्ञप्ती जारी गरेको छ । कान्तिपुरविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दामा आइतवार दिनभर इजलासमा बसेका सर्वोच्चका न्यायाधीश चोलेन्द्र शमशेर...

    इच्छा मृत्युको अधिकारले अव कानूनी मान्यता पाँउने

    काठमाण्डौ: सर्वोच्च अदातलले इच्छा मृत्युुको अधिकार दिन सरकारका नाममा आदेश जारी गरेको छ । भारतको सर्वोच्चले शुक्रबार गरेको फैसलामा केही शर्त राख्दै मर्न चाहने व्यक्तिले पाउनुपर्ने कानुन निर्माण गर्न भनेको छ । यो फैसला...

    ल कलेजको तालाबन्दी विवाद सहमति नजिक

    काठमाडौं: नेपाल ल क्याम्पसले तिन वर्षे एलएलवि अध्यननका लागि अनिवार्य प्रवेश परीक्षा उत्तीर्ण पश्चात मात्र पढ्न पाइने व्यवस्था गरेको छ । कानून संकाय डिनको कार्यालयले यहि शैक्षिकसत्रदेखि कानून विषय पढाइ हुने क्याम्पसहरुमा निश्चित कोटा...