काठमाण्डौ उपत्यकामा बड्दो सवारीको चाप व्यवस्थापन र चुनौती

चालकलाई जरिवाना गराँउनुनै ट्राफिक व्यवस्थापन हो त ?

  • -लक्ष्मीप्रसाद मैनाली
  • Loading...

    थापालीस्थित ट्रेड टावरको गेटबाट निस्कीएर दायाँ मोडिएका एक सवारीचालक आफ्नो गन्तव्य तिर लम्कदै थिए अकस्मात त्यसलाई यहाँ ले भनी ट्राफिक प्रहरीको आवाज सुन्दा चालक पनि सरा सर आफ्नो सवारीसाधन लिएर ट्राफिक प्रहरी छेउमा गए प्रहरीले लाइसन्स मागेपछि चालकले पनि सरासर आफ्नो पर्सबाट झिकेर दिए । ट्राफिक प्रहरीलाई भने चिट काटनै भ्याईनभ्याई थियो । चालक पनि छक्क परे किन मलाई कारवाही गरियो भनेर पछि थाहा पाए थापाथलीको बाँया साइडबाट अर्को लेनमा प्रवेस गर्नलाई कुपण्डोल पुगेर अर्को लेनमा जाने पाँउने नियम सुन्दा उनि छक्क परे एकछिन प्रहरीसँग बार्गेनिङ पश्चात उनि चिट खल्तीमा राखी आफ्नो गन्तव्य तिर गए । उनलाई आफु कारवाहीमा परेको कुरा पटक्कै चित्त बुझेन र उनि केही काम सकी पुन सोही ठाँउमा पुगे न त त्यहाँ ट्राफिक प्रहरीनै थिए नत जसरी उनी कारवाहीमा परेको बाटोमा उनि आए जसरीनै धेरै यात्रु बाटो काटी अर्को लेनमा प्रेस गरेको देखे ।

    त्यसै गरि उनि फेरी अर्को दिन मध्यान्नमा त्यहाँ पुग्दा पनि ट्राफिक प्रहरी देखेनन सवारीचालकले मन लाग्दी पाराले सवारी चलाईरहेको देखे उनलाई फेरी चित्त बुझेन चित्त नबुझेर पनि उनि गर्न नै के सक्थे र मात्र आफ्नो लाइन्स प्राप्त गर्नका लागि एक दिनको समय महानगरीय  ट्राफिक प्रहरी कार्यलयमा जहाँ लामो लाइन वसी पैसा तिर्ने पुन लाइन वसी कक्षामा सहभागि हुने पुन लाइसन्स प्राप्त गर्न लाईन यसरी उनि आफ्नो दिन विताएर घर फर्कन्छन र सोच्छन देशमा न त नियमनै छ न त कानूननै नत सवैका लागि समान न्यायनै र उनि सोच्छन एउटा सवारी चालकले त बिना कसुर गरेको सजाय भोग्न बाध्य भए यसरीनै राजधानीका धेरै चालकहरुको पनि यस्तै पिडा बताँउछन जो कारवाहीमा परि आफ्ना कागजपत्र निकाल्न ट्राफिक कार्यलयमा आएका हुन्छन । उनिहरुका मुखबाट आवाज निस्कन्छन प्रहरीले पैसाका लागि हामीलाई अनावश्यक दुख दियो आफु निर्दोश छु भनेर प्रहरीको जिउमा भएको क्यामरामा मेरो भिडियो हेरौ भन्दा समेत नसुनी कारवाहीमा म परे भन्ने जस्ता अनगिन्ती चालकहरुको गुनासो थियो ।

    यस्तै यस्तै अनगिन्ती कारवाहीका घटनाहरु काठमाण्डौका सडकहरुमा प्रत्येक दिन हुने गरेका छन । साँघुरा सडकहरु त्यही माथी नत राजधानीका कुनै ट्राफिक बत्तीनै बल्छन नत कहि स्पष्ट नियमहरुनै उल्लेख गरिएको छ नत जेब्रा क्रसिङमै देखिने गरि रंगहरु लगाईएको छ । प्रहरी भने कहाँ चिट काट्न पाईन्छ भनेर गौडो ढुकेर बसेका देखिन्छन । यहाँ नियम पनि सरसरर्ती हेर्दो जसले गल्ती गर्छ उसलाई हुनुपर्ने कारवाही दोस्रो व्यक्तिलाई पनि हुने गरेको प्रसस्ती देखिन्छन । गल्ती गरेर कोही फरार भयो भने सँगैको चालक कारवाहीमा पर्छ । टाफिक प्रहरीले नम्रताका साथ लाइसन्स माग्छन चालकले पनि सहजै उपलव्ध गराँउछन तर प्रहरीको हातमा लाइसन्स परो कि ५००, १०००, १५०० को चिट अवश्य काटिन्छ । यसरी सवारी चालकलाई चिट मात्रै काटेर सडक व्यवस्थापन गर्छु भन्नुको सटामा सर्वप्रथम सडकमा भएका लाईटहरुलाई व्यवस्थित गर्ने देखि लिएर स्पष्ट रुपमा सडकको अवस्था र लेन नियम प्रत्येक सडकमा स्पष्टसँग राखिनु अनिवार्य छ ।

    अहिले बाटो विस्तार खानेपानीको पाइप जडानका कारण उपत्यकाका राम्रै सडकहरुको गुणस्तर खच्किएको छ । त्यसैगरि सडक विभाग, नेपाल विद्युत प्राधिकरण र उपत्यका खानेपानी लिमिटेडको समन्वय हुन नसक्दा अधिकांस बाटोहरु पिच गरिएपछि उप्काउन थालिन्छ जहाँ काम हुन्छ बिजुलीको पोल गाड्ने ढलको पाइप राख्ने र त्यसैगरि पानीको पाइप राख्ने जसकारण पपिन उपत्यकाको सडक व्यवस्थित हुन नसकेको छैन । त्यसैगरि साँघुरा सडकका पेटीजहाँ बाटो हिड्ने बटुवाहरु ठेलमठेल गर्दै हिड्न बाध्य छन । धेरै जसो ठाँउमा जेब्रा क्रस पनि छ तर मानिस जेब्रा क्रसमा नआँटेर बिच सडकबाटै बाटो बाटीरहेका देखिन्छन । त्यस्तै उपत्यकाका विभिन्न स्थानहरुमा आकासे पुलहरु पनि नभएका हइनन तर आकासे पुलको मुनिबाट डक पार गरिरहेका अधिकांस दृष्यहरु देख्न सकिन्छ कतिपय आकासे पुलहरु त बिग्रेका र पुर्ननिर्माण नभएका कारण पनि बाटो काट्न मुख्य सडकनै भएको जसका कारण थप दुर्घटनाहरु बढ्दै छन ।

    राजधानीका कुनै कुनै सडकमा नियम देखिएपनि चालकले उपयुक्त नियमको पालना भने सवारी चालकले पनि गरेका छैनन । हरेक जसो सडकहरुमा अहिले रोड डिभाईडरलाई हटाई पुरै दुवैतर्फका बाटो जोडिएका छन । जसकारण पनि चालकले अर्को लेनको प्रयोग गरेका छन । अहिले राजधानिका अधिकांश बाटोहरुमा सिसि क्यामरा जडान गरिएपनि जुन उदेश्य अनुरुप जडान गरिएको हो त्यो बमोजिमको नतिजा भने देख्न सकिदैन । कोही नियम उल्लघन गरि भागेको खण्डमा उक्त चालकलाई कारवाहीको दायरामा ल्याएको देख्न सकिदैन ।

    पुराना सवारीसानधमाथिको प्रतिवन्ध कागजमै सिमीत

    उपत्यकामा सवारीसाधनको व्यवस्थापन पनि ठुलो समस्या बन्दै गएको छ । साँघुरा सडक उच्च सवारीको चाप पुराना सवारी साधनले बढ्दो वायु प्रदुषण लगायतका कारणले उपत्यकाको सडकको यात्रा दिनप्रतिदिन असहज बन्दै गएको छ । नेपालमा यातायात क्षेत्र निजि क्षेत्रको हातमा रहेको त्यही माथी अझै सम्म पनि कायम रहेको सिन्डीकेट प्रणाली हट्न सकेको छैन । राजधानीको सडकमा गुड्ने सवारीसाधनको अनुपात हेर्दा सडकलेनै थेग्न सक्ने स्थिती देखिदैन । त्यसैगरि हरेक गाडीका सो रुममा बुकिङ गरिएका सवारी साधान पनि बजारमा गुड्न थाल्नेहो भने ट्राफिक व्यवस्थापनमा झनै कठिनाई उत्पन्न हुने छ ।

    सरकारले पुराना सवारीसाधनलाई सडकमा गुड्न प्रतिवन्ध गर्ने गरेको निर्णय पनि केवल कागजमै सिमीत भएको छ । उपत्यकामा रहेका पुराना सवारी साधन र साना भाडाका सवारी साधनलाई हटाई नयाँ र ठुला सवारी साधन हाल्ने र सँगै धेरै जाम हुने सडकमा अन्डरग्राउन्ड र प्लाई ओभर ब्रिज जडान गरे केहि जाम नियन्त्रण हुने देखिन्छ । यसरी आयतित सवारी साधनमा भारी कर तिरेसँगै हरेक सवारीसाधनले वार्षीक रुपमा तिर्ने करलेनै सडकको व्यवस्थापन गर्न पुग्ने भएपनि उपत्यकाका सडक जता ततै खाल्डा पानी जम्ने पानी परेको बेलामा हिलाम्मे र घाम लागेको बेलामा धुलाम्मे भए सँगै पुराना सवारीसाधनबाट निस्कीएको धुँवाका कारण सवारी चलाउन जटिल समस्याका रुपमा स्थापित हुदैछ भने बाटो हिड्न समेत मुस्किल पर्दै गएको छ । यहि ढंगले प्रदुषण बढ्दै जाने हो र व्यवस्थापन पनि सुस्त हुने हो भने काठमाण्डौ उपत्यका नत स्मार्ट शहर नै बन्न सक्छ न त विश्वको सुन्दर शहरको नाममा अग्र पंङतीमा आउने छ ।

    सरकारले पुराना सवारीसाधनलाई सडकमा प्रतिवन्ध लगाउने निर्णय गरेको केहि महिना नवित्दै पुन रिङरोडभित्र मोटरसाइकललाई समेत गुड्नबाट निषेध गर्ने निर्णय गरेको छ । सरकारले जे जस्तो निर्णय गरे पनि सहज रुपमा समाधान र कार्यन्वयनको पाटो पनि त्यतिकै जटिल रहेको छ । यसर्थ यहाँ ट्राफिक व्यवस्थापन नियम र कानूनसँगै सडकको गुणस्तर दिनहुजसो थपिएका सवारीसाधनको बोझ न्युनिकरण गर्न सहज र वातावरण मैत्री सडक निर्माण सँगै यात्रुहरुले सहज रुपमा आवतजावत गर्ने र बाटो हिड्ने अधिकांसले मुख थुनेर र मुख छोपेर हिड्नु पर्ने बाध्यताको अन्तय गर्न सम्वन्धित निकायले ध्यान दिन जरुरी छ ।

     

     

    Loading...

    यसमा तपाइको मत

    लेख/अनुसन्धान बाट अन्य

    किन ? मन स्पष्ट नभई नभई मतदान

    वर्तमान विश्व समुदाय लोकतान्त्रिक मूल्य मान्यता र यसका सारभूत तत्वहरुबाट निर्देशित छ । तानाशाही राज्यव्यबस्था र केन्द्रिकृत शक्ति परिचालन बाट विश्वले जे जति पाठ सिकेको छ ती पाठहरू आजको समयलाई पर्याप्त छ । तसर्थ...

    वल्डलिंकको इन्टरनेट अफर, टिभीसँगै कार उपहार

    काठमाण्डौ: इन्टरनेट सेवा प्रदायकको क्षेत्रमा वल्र्डलिंकले पहिलो पटक “ए हजुर कता ! इस्क्राच गरौँ यता” भन्ने अफरको सुरुवात गरेको छ । यो अफर अन्र्तगत भाग्यशाली ग्राहकहरुले लक्की ड्र मा हरेक हप्ता १२ वटा ४३...

    नेपाल आइडल सञ्चालक AP1 टिभीलाई सक्कल फाइल सहित उपस्थित हुन अदालतको आदेश

    काठमाडौं: नेपाल आइडलको भोट गन्ने काम रोक्न काठमाडौं जिल्ला अदालतले बुधबार अन्तरिम आदेश दिएको छ । अदालतले भोटिङलगायत सबै सक्कल फाइलहरु लिई अदालतमा उपस्थित हुन समेत आदेश दिएको छ । अदालतले मुद्दाको विपक्षी नेपाल आइडल...

    नेपालमा जिमेल र यूट्युब ढिलो खुल्नको यस्तो छ कारण

    काठमाण्डौ: यस इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानको विगत केही हप्ता देखि नेपालमा गुगल को यूट्युब, जिमेल लगायतका एप्लिकेसन्स हरु ढिलो खुल्ने गरेको बारेमा धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु प्राप्त भएको घटना प्रति गम्भीर ध्यानकार्षण...

    कानून विपरीत यसकारण सवारीसाधनमा इम्बोस्ड प्लेट नम्बर

    नयाँ संविधान बमोजिम देश संघीयतामा गई सकेको र कार्यन्वयनको पाटो पनि सँगसँगै अघि वढिरहेको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले गत भदौ ५ गते देखि सवारीसाधनमा इम्बोस्ड प्लेट नम्बर जडान...

    प्रधानमन्त्रीले भारतमा संसोधनको कुरा उठाँउनु अनुपयुक्त: प्रचण्ड

    विराटनगर: सत्ता साझेदार एवं माओवादी केन्द्रका अध्यक्ष पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणमा संविधान संसोधनबारेमा दिएका अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन । सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले संविधान...

    किन बढ्दैछ बहुविवाह ?

    काठमाण्डौ: नारी समानता, स्वतन्त्रता र महिला हिंसा विरुद्धका विषयमा विश्वव्यापी रुपमा बहस छलफल भएपनि विद्यमान कानुनमा भएको त्रुटिका कारण महिलाहरु बहुविवाहको पीडा सहन बाध्य छन् । बहुविवाह विरुद्धको विद्यमान कानुन पुरुष प्रधानसोचबाट प्रभावित भई...

    वल्डलिंकद्धारा नेपालमै पहिलो पटक सुरक्षित इन्टरनेट सेवाको सुरुवात

    काठमाण्डौ: विगत लामो समयदेखि नेपाली जनमानसमा इन्टरनेट सेवा तथा सुविधा पुर्याउदैँ आएको वल्र्डलिंकले बालबालिकाको इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ख्याल राख्दै सेफनेट नामक सुरक्षित इन्टरनेट सेवाको सुरुवात गरेको छ । सेफनेटले अभिभावकहरुलाई वल्र्डलिंक...

    वल्र्डलिंकको नयाँ शाखा नयाँ बानेश्वरमा संचालन

    काठमाडौं: नेपालकै सर्वोत्कृष्ट तथा अग्रणी इन्टरनेट सेवा प्रदायकको रुपमा सुपरिचित भई संचार जगत्मा राम्रो र छिटो सेवा दिदै आएको वल्र्डलिङ्कले ग्राहकवर्गको आकर्षणलाई ख्याल राख्दै समय सापेक्ष ग्रहकवर्ग माझ भरपर्दो सेवाको अनुभव दिलाउदैँ संचार प्रवाह...

    सरकारको कानूनी सल्लाहाकारमा भण्डारी सिफारिस

    काठमाडौं: सरकारको कानूनी सल्लाहाकारमा वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी सिफारिस भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफु नेतृत्वको सरकारमा राज्यको महान्यायाधीवक्ताको रुपमा अधिवक्ता भण्डारीलाई नियुक्त बुधबार नियुक्त थरेका हुन गरेका हुन । भण्डारी करिव ४० वर्ष...