भ्रष्टाचारका आरोपीत शर्मालाई लिखित जवाफसहित उपस्थित गराउन सर्वोच्चको आदेश

Loading...

काठमाडौं: सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन आदेश दिएको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आधार र कागजप्रमाण प्रष्ट देखिने प्रतिलिपिसहितको लिखित जवाफका साथ महान्यायाधिवक्ता कार्यालयमार्फत असार ३० गते बिहान १०:३० बजे बन्दीमा रहेका शर्मालाई अदालतमा उपस्थिति गर्न(गराउन आदेश दिएको हो।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बन्दीमा रहेका शर्माको स्वास्थ्य परीक्षण गराई आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेशमा भनिएको छ। शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालत, आयोगलगायतलाई विपक्षी बनाई मङ्गलबार सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको जनाउँदै थुनामुक्त गर्न माग गरिएको थियो।

निवेदनमा राजश्व विभागका महानिर्देशकको कर दायरा घटाउने वा बढाउने विशेष अधिकार हुने र सोहीअनुसार शर्माले काम गरेको जनाउँदै थुनामा राख्ने कार्य गैरकानुनी भएको उल्लेख छ। राजश्व निर्धारणमा अनियमितता गरेको आरोपमा विभागका महानिर्देशक शर्मालाई गत जेठ १९ गते आयोगले पक्राउ गरी विशेष अदातलमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतले पुर्पक्षका लागि उद्दलाई थुनामा राख्ने आदेश दिएको थियो। सो आदेशानुसार शर्मालाई अहिले पनि थुनामा राखिएको छ। शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्योट आयोगको सदस्य सचिवसमेत रहेका शर्माले रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका निर्वाह गरेकोलगायत आरोप छन्। रासस

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

डा. केसीलाई रिहा गर्न सर्वोच्चको आदेश, प्रधानन्यायधिसको नागरिकता र प्रमाणपत्र मगाइयो

काठमाडौं: डा गोविन्द केसीविरुद्ध परेको सर्वोच्च अदालतको अवहेलना मुद्दामा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी झिकाउने, नागरिकताको प्रतिलिपी र  मिती २०७४ साल पुष २३ गते को फैसला सहितको...

न्यायपालिकाका विरुद्ध गैरकानूनी अभिव्यक्ति र प्रचार प्रसार नगर्न युनियनको अपिल

काठमाण्डौ: निजामती कर्मचारीहरुको आधिकारीक टे«ड युनियन विभागिय कार्यसमिती सर्वोच्च अदालतले प्रेस विज्ञप्ती जारी गर्दै अदालतबाट विभिन्न मितीमा कानून बमोजिम न्यायिक निरोपण भईसकेको काम कारवाहि लाई लिएर स्वतन्त्र न्यायलय एवं न्यायपालिका नेतृत्व विरुद्ध विना आधार...

अदालतको अवहेलना: बहस बुधबारमात्रै डा. केसीलाई प्रहरी हिरासतमै राखिने

काठमाडौं: त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना वयाननै केहि ढिलो सुरु भएकाले मुद्दामा मंगलबार बहस हुन सकेन । न्यायाधीशद्वय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर,...

प्रधानन्यायधिस उपरनै अदालतको अवहेलनामा कारवाहि गरिपाँउ: डा केसी

काठमाडौं: डा. गोविन्द केसीलाई पक्राउ गरि अदालतमा उपस्थित गराँउन सर्वोच्च अदालतले आदेश दिए मंगलबार केसीलाई अदालत उपस्थित गराईएको छ । डा केसीले अदालतको आदेशलाई खण्डन गर्दै ११ वटा वुदामार्फत आफ्ना खण्डनहरु पेश गरेका छन सँगै...

डा. केसीलाई पक्राउ गरि अदालतमा उपस्थित गराँउन सर्वोच्चको आदेश

काठमाडौं: डा. गोविन्द केसीलाई पक्राउ गरि अदालतमा उपस्थित गराँउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चमा परेको अदालतको अवहेलना मुदामा सुनुवाई गर्दै डम्बर बहादुर शाहीको एकल इजलासले उक्त आदेश दिएको हो । गोविन्द केसीको नामबाट...

अधिवक्ता तहको २४ औं लिखित परीक्षा फाल्गुन २५ गते देखि

काठमाण्डौ:  नेपाल कानून व्यवसायी परिषद्ले कानून व्यवसायी अधिवक्ता तह लिखित परीक्षा २०७४ मा लिइने २४ औं वार परिक्षाको फारम खोलेको  सूचना प्रकासित गरेको छ । परिषद्बाट लिइने कानून व्यवसायी अधिवक्ता तहको २४ औं परीक्षा...

मुख्य रजिस्ट्रारमा अदालत वाहिरको उच्च अधिकृतलाई वढुवा नगर्न युनियनको चेतावनी

काठमाण्डौ: निजामती कर्मचारीहरुको आधिकारीक टे«ड युनियन विभागिय कार्यसमिती सर्वोच्च अदालतले प्रेस विज्ञप्ती जारी गर्दै नेपालको संविधानको धारा १५५ को ब्यवस्था अनुसार हामी टे«ड युनियनका प्रतिनिधि समेतको राय परामर्शमा अदालतका जनशक्तिको लागि छुट्टै ऐनको मस्यौदा...

उच्च अदालतमा चार मुख्य न्यायाधीश नियुक्त

काठमाडौं: न्याय परिषदले उच्च अदालतमा चार जना मुख्य न्यायाधीश नियुक्त गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश नियुक्त गरेको छ भो उच्च अदालत जनकपुरको...

हजारौ दर्शकका माझ वल्र्डलिंकले यसरी गर्र्यो नयाँ वर्षलाई स्वागत

काठमाडौं: ‘छिटो भनेकै वल्र्डलिंक’ लाखौं इन्टरनेट पारखीहरुले द्रुत गतिको इन्टरनेटको र्पयाय बनेको वल्र्डलिंकको आयोजनामा शनिबार अंगे्रजी नया“ वर्ष २०१८ को स्वागत गर्दै जावलाखेल मैदानमा भव्य मेला सम्पन्न भएको छ । मेलाको अवलोकन १५ हजार...

अध्यादेस सन्दर्भमा राष्ट्रपति विरुद्ध रिट दर्ता

काठमाडौँ — सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले बिनाकारण रोक्नु गैरकानूनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले अविलम्ब अध्यादेश जारी गर्न आदेशको माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् । उनले प्रधानमन्त्री तथा...