हिलो र धुलोको खाल्डोमा जनता, उच्च पदस्थहरु सरकारी रकम उडाँउदै विदेश सयरमा

  • -लक्ष्मीप्रसाद मैनाली
  • Loading...

    हरेक वर्ष आर्थीक वर्षको अन्तिममा प्राय जसो सरकारी कार्यलयमा अनुदान र राज्यकोषको रकम सक्नललाई अनेक बाहाना र विवरण बुझाउदैमा व्यस्थ रहन्छन ।  कतिपय सरकारी कार्यलयहरुमा त पार्टी पनि चल्यो भन्ने पनि नसुनिएको होईन । सरकारी कार्यलयमा जाँदा भत्ता यति आँउने भो उति आँउने भयो भन्ने गफ पनि प्रसस्तै सुनिन्छन । जे सुनिन्छ र देखिन्छ वास्तवमा त्यहीनै हो र छ पनि यस्तै यहाँ वजेट सक्न र फ्रिज भएको वजेटलाई हरेक उपाय अपनाएर सरकारी कार्यलयका उच्च पदस्थ व्यतित्व देखि सामान्य कर्मचारी सबैले आफ्नो पहुचले भ्याएसम्म रकम बाँडेर खाने गरेका छन । कतिपय कर्मचारी त जनताले तिरेको करमा विदेश सयरको आनन्द पनि लिईरहेका छन र कतिपय जाने क्रममा पनि रहेका छन ।

    राज्य कोषमा जम्मा भएको जनताको रगत र पसिनामार्फत सिर्जीत रकम जो विपन्नहरुको हित र विकास निर्माणमा खर्चीनुपर्ने ठाँउमा कर्मचारीकै मोजमस्तीमा स्वाहा हुने गरेको इतिहाँस नयाँ त पक्कै होइन चलि आएको परम्परानै हो र हरेक साल सोही परम्परालालाई पालना गरिदै आएको छ । कतिपय उच्च ओहोदाका कर्मचारी विदेश सयर गरेर फर्कीसकेका छन कतिपय घुमिरहेको र कतिपय अझै जाने क्रममा रहेका छन । कतिपय त आफ्ना श्रीमति सहित भ्रमणमा पनि निस्कने गरेका छन ।

    यसरी देश विकास गर्नका लागि राज्यले जनताबाट असुलेको कर र विदेसिएका लाखौ युवाहहरुको रगत र पसिनसँगै साँटिएर प्राप्त भएको रेमिट्यान्समार्फत प्राप्त भएको रकमको यसरी दुरुपयोग छ । जुन कुराको नत कुनै सरकारी निकायले नै प्रश्न उठाँउछन नत सरकारको तर्फबाटै । देश किास गर्छौ भनि जनताबाट निर्वार्चीत भई आएका जनप्रतिनिधि पनि यस विषयमा मौन नै देखिन्छन । देशको राजधानी शहर काठ्माण्डौ अहिले हिड्ने हो भने पानीमा हिलाम्मे र घाममा धुलाम्मे छ । सहज रुपमा राजधानीका कुनै पनि सडकमा यात्रा गर्न सकिदैन जसको कारण हो समयमा वजेट खर्च गर्न नसक्नु र विकास निर्माणमा देखिएको सुस्तता, भ्रष्टचार र सम्वन्धित निकायको लापरवाही का कारण राजधानिबासी स्वच्छ वातावरणमा जिउने संवैधानिक हकको राज्यका निकायको लापरवाहीका कारण प्राप्त गर्न सकिरहेका छैनन ।

    राज्यका निकायहरुकै एक आपसको सहकार्य र विकासमा लगाव नदेखिएका कारण गुणस्तर हिन सडकको निर्माण, निर्माणधिन सडकले गति लिन नपाँउदै पानीका पाइप विछ्याने र सँगै ढल राख्न बाटो भत्काउने, त्यसै गरि बिजुलीका पोल राख्नलाई पुन सडकमा खाल्डो पारिन्छ । एकै पटक सवै काम सम्पन्न भएको खण्डमा वजेट जोगिन गई तेहोरो खर्च नभई सोही रकमलाई अर्को ठाँउको विकासमा खर्च गर्न पुग्नेमा यहाँ एकै शिर्षकमा तिन चार पडक सडक भत्काईन्छ जसका कारण राजधानी बासीहरु आजित हुन पुगेका छन । त्यस्तै वर्षायाम सुरु भएसँगै वजेट सक्न झरीमा टालीएका सडक जहाँ खर्चीएको सरकारी लगानी पनि भुसकै लिउन सावित हुने गरेको छ ।

    “दर्गम क्षेत्रका जनतालाई यातायात, शिक्षा, रोजगारी  र बिरामी भएर फ्यात्रयाक फ्यात्रयाक पर्दा खाने एउटा सिटामोलको प्रवन्ध होस जनता त्यसैमा खुसी साट्ना चाहान्छन ।  देशमा सरकार छ सरकारी निकाय छन र जनताको पक्षमा काम हुन्छ भन्ने वातावरणको सिर्जना गरि कार्यसम्पादान गर्नु सरकारको कर्तव्य हो र सरकारीपदमा आशिन उच्च पदस्थहरुलाई  पनियहि कुराको चेतना हुनु जरुरी छ”

    जनताले सवारी साधन खरिद गरेवापत तिरेको २०० प्रतिशत कर र सवारीको नविकरणबाट उठ्ने गरेको रकमनै सडकको गुणस्तरमा खर्चीए पनि पुग्ने भएपनि यहाँ किनेको सवारी साधन एक वर्ष नगुडिकन थोत्रे हुन पुग्छन । जनतालाई यसरी लुटेर फस्टाएका सरकारी निकाय र विदेश भ्रमणमा समेत करोडौ रकम खर्चीन तत्पर हुने सम्वन्धित निकायले विकास निर्माण र सम्वेदनशिल क्षेत्रमा लगानी गर्न नसकेको देखिन्छ । यातायात्र देश विकासको मुख्य मेरुदण्ड हो र विगतका दिनहरुमा जस्तो परिस्थिति थियो त्यो स्थितिबाट भने जनताको स्तर केहि उक्सेको भएपनि गुणस्तर हिन सडकका कारण थप दुर्घटनाको शिकार बन्दै जानु परेको पनि अनगिन्ती यथार्थहरु रहेका छन ।

    यहाँ गुणस्तरहिन सडक निर्माणका कारण हरेक जसो सडक पानी परेको केहि समयपछिनै धुलाम्य हुन्छन । बड्दो जनसंख्याको चाप थेगेको उपत्यकामा करिव ६० लाख भन्दा वढि जनसंख्या रहेको र अव्यवस्थित शहरका गल्ली, उच्च सवारी साधनको चाप, वायु प्रदुषण र आयतित हरेक जसो खाद्यान्नमा मिसाईएको विषाधीका कारण यहाँका हरेक जसो अस्पतालमा बिरामीको घुईचो हेने गरेको छ । यसरी समग्रमा हेर्दा सरकारको कुनै पनि क्षेत्रमा उल्लेख्य उपस्थिती र कामको मेल्यांकन हेर्दा निस्क्रियजस्तै देखिन्छ त्यसकारण जनता अवत कर तिर्न पनि हिच्किचाँउन थामलेका छन ।

    आफुले तिरेको करमा देशका नेतृत्व पंतिमा रहेका हरेक जसो सरकारी निकायका उच्च पदस्थहरुकोनै मनोमानी रहेको र आफुहरुले राज्यबाट पाँउनुपर्ने सुविधा प्राप्त गर्न नसकेको भन्ने आम जनमानसको गुनासो रहेको छ । यहाँ दुई चार रुपैया भेला गरेर उठाएको कर मौका मिलेको खण्डमा एउटै भ्रष्टचारीले चप्काएका उधाहरण पनि प्रसस्तै रहेका छन ।

    हरेक आर्थीक वर्ष सकिन लाग्दा वजेट सक्नको लागि कतिपय सडकमा पुन पिच गरिन्छ जसको गुणस्तर भने हुदैन मात्र देखावटी काम गरि रकम कुम्ल्याउने प्रवृतीका कारण जनताले तिरेको करको सहि सदुपयोग हुन सकेको छैन । सडक, विजुली, वत्ती, खानेपानी र ढल निकासका साना तिना योजनाका कार्यक्रमले काठमाण्डौका कतिपय चिल्ला सडकको पनि गुणस्तर खस्कको छ । यहाँ वर्षेनी परिवर्तन हुने सरकार र सरकारको कार्यशैलीका कारण विकासे योजनाले समेत तिव्रता पाँउन सकिरहेको छैन । त्यस्तै गरि राजनितिक खिचातानी बड्दो भ्रष्टचार सरकारी सुस्तता लगायतका कारणले विकास निर्माण र सुन्दर शरहरको परिकल्पना कागजमै समित हुदै गएको छ ।

    यसरी राज्य सन्चालका लागि पनि जनता र वैदेशिक रोजगारमा भएका नेपालीहरुबाटै अपेक्षा गरिन्छ भने उनिहरुका पनि आधारभुत आवाश्यता पुरा गर्न तर्फमा सरकार र सरकारी निकाय सँगै उच्च पदमा आशिन व्यतित्वहरुको ध्यान जान जरुरी छ । चिल्ला गाडीको मोह र अकुत सम्पती माथी सम्पती थप्नुार्ने जनताको पैशामा विदेश सयर गर्ने प्रथालाई नियन्त्रण गरि जनतालाई पानी पर्दा ओत लाग्ने टहरोको व्यवस्थापन शिक्षा स्वास्थ्य रोजगारीको प्रवन्ध मिलाउने तर्फ ध्यान दिई मोटाउने दिनप्रतिदिन मोटाएको मोटाएकै र गरिव उत्पिडित र दर्गम क्षेत्रका जनतालाई यातायात, शिक्षा, राजगारी, र बिरामी भएर फ्यात्रयाक फ्यात्रयाक पर्दा खाने एउटा सिटामोलको प्रवन्ध होस जनता त्यसैमा खुसी साट्ना चाहान्छन । सरकार थियो र हामीलाई दियो भनि मन बुझाउनु बाहेक अरु विकल्प पनि सोच्न चाहाँदैनन । त्यसकारण देशमा सरकार छ सरकारी निकाय छन र जनताको पक्षमा काम हुन्छ भन्ने वातावरणको सिर्जना गरि कार्यसम्पादान गर्नु सरकारको कर्तव्य हो र सरकारीपदमा आशिन उच्च पदस्थहरुलाई पनि चेतना होस दुर्गम क्षेत्रमा बसेका नेपाली पनि नेपाली नागरीक नै हुन आम नागरिक काठमाण्डौ उपत्यकामा मात्रै सिमति रहेका छैनन भन्ने कुरा ।

    Loading...

    यसमा तपाइको मत

    अन्य समाचार बाट अन्य

    मुद्धा प्रक्रियामा सर्वोच्चमा लाग्ने सवै प्रकारका दस्तुरहरुको विवरण

    काठमाडौं: सर्वोच्च अदालतमा निवेदन दर्ता, रिट, फरक फरक ढंगका निवेदन, देखि अन्य विभिन्न कामकाजका लागि तोकिएको दस्तुरको विवरण यसप्रकार रहेको छ । सर्वसाधारणलाई अदालती कार्य सम्पादनमा सहजता होस भनेर अदालतले उक्त जानकारीमुलक व्यवस्था गरेको हो...

    अधिवक्ताको २४ औ लिखित परिक्षाको परिक्षाफल प्रकासित

    काठमाण्डौ: नेपाल कानून व्यवसायी परिषद्द्वारा २०७४ फाल्गुण महिनामा सञ्चालित अधिवक्ता तहको चौविसौं परीक्षाको लिखित परीक्षा परिषदले अधिवक्ताको २४ औ लिखित परिक्षाको परिक्षाफल प्रकासित गरेको छ । उत्तीर्ण रोल नं. हरू 2 3 5 6 8 11...

    ‘रन फर जस्टिस, नट फर मनी’: महान्यायधिवक्ता खरेल

    काठमाण्डौ: नबोदित कानून व्यवसायी समिति, उच्च अदालत पाटन र नबोदित तथा युवा कानून व्यवसायी समुहले रन फर जस्टिस अर्थात् न्यायका लागि दौड भन्ने नारासहित कानून दिवसको उपलक्षमा दौड कार्यक्रम सम्पन्न गरेको छ । कानून दिवसको...

    न्यायालयको जनविश्वास जोगाउनु नै आजको आवश्यकता हो: मन्त्री तामाङ

    काठमाण्डौ: नबोदित कानून व्यवसायी समिति, उच्च अदालत पाटन र नबोदित तथा युवा कानून व्यवसायी समुहले रन फर जस्टिस अर्थात् न्यायका लागि दौड भन्ने नारासहित कानून दिवसको उपलक्षमा दौड कार्यक्रम सम्पन्न गरेको छ । कानून दिवसको...

    न्याय र कानूनी राज्यको लागि दौडिए कानून व्यवसायी

    काठमाण्डौ: नबोदित कानून व्यवसायी समिति, उच्च अदालत पाटन र नबोदित तथा युवा कानून व्यवसायी समुहले रन फर जस्टिस अर्थात् न्यायका लागि दौड भन्ने नारासहित कानून दिवसको उपलक्षमा दौड कार्यक्रम सम्पन्न गरेको छ । दौड प्रतियोगिता...

    …. अदालतको ढोकामा चिच्याई रहेको

    न्याय  आजकाल न्याय अदालतको ढोकामा चिच्याई रहेको देख्छु मैले भने , खै किन भित्र नपसेको ? अदालतको ढोका र झ्याल त खुल्यै छन् १ न्याय म सँग झोक्किदै भन्यो म झ्याल र ढोका बाट छिर्ने होईन दिमागबाट छिर्ने हुँ त्याहाँ बाक्लो टोपिको स्वाभिमानले...

    सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

    ह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ? लामो कथा...

    कानून संकाएमा सिमीत कोटा राखी भर्ना खुलाईयो

    काठमाण्डौ: नेपाल ल क्याम्पस डिनको कार्यलयले तिन वर्षे एलएलविमा कोटा निर्धारण गर्दै भर्ना खुलाएको छ ।  त्रिभुवन विश्व विद्यालय कानून संकाय अन्र्तगतका आंगिक क्याम्पस नेपाल ल क्याम्पस काठमाण्डौ, पृथ्वीनारायन क्याम्पस पोखरा, महेन्द्र विन्देश्वरी वहुमुखी...

    कानून र मापदण्ड मिच्दै कर्मचारी सरुवा वढुवा नगर्न युनियनको अपिल

    काठमाण्डौ: न्यायपालिकालाई विकृतीविहिन, भ्रष्टचारमुक्त र जनउक्तरदायी बनाँउने न्यायपालिकामा कार्यरत जनशक्तिहरुको पेशागत हक अधिकारको प्रवर्दन गर्ने काममा विभागिय आधिकारीक ट्रेड युनियनले सक्रिय भुमिका निर्वाह गर्दै आएको अवगत गराँउदै युनियनले का. मु. प्रधानन्यायधिस र वरिष्ठतम न्यायधिसलाई...

    न्यायपालिकाका विध्नवाधा रोक्न सर्वोच्चमा दिनभर पुजापाठ

    काठमाण्डौ: देशभरि वुद्धजयन्ती मनाईरहँदा यसपटक सर्वोच्च परिसरमा पनि वुद्धजयन्ती  र विदाको उपयोग गर्दै दिनभर पुजा पाठ सम्पन्न भएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी यज्ञमा सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र, चोलेन्द्रसमशेर राणा, दीपककुमार...