नयाँ कानून: म्याच फिक्सीङ राष्ट्रिय स्वाभिमानविरुद्धको कसुर, यस्तो छ सजायको व्यवस्था

Loading...

काठमाडौं: २००४ सालदेखि नेपालमा पटक पटक संविधान फेरिए जसमा नेपाली जनताको प्रत्यक्ष सहभागितामार्फत परिवर्तन भएको भए पनि आम जनताको जन्मदेखि मृत्युसम्मका हरेक संस्कार समेटिएको देशको कानून (मुलुकी ऐन) भने बल्ल २०७४ सालमा फेरीएको छ । व्यवस्थापिका संसद्ले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयकमध्ये अपराध संहिता र फौजदारी कार्यविधि संहिता विधेयक बुधबार सर्वसम्मतले पारित गरेको छ ।

१९१० सालमा जंगबहादुर राणाले आफु बेलायत भ्रमण गएपछि बेलायती कानूनी प्रणालीअनुसार मुलुकी ऐन बनाउन लगाएका थिए र सोही ऐजनलाई २०२० सालमा विस्थापन गरिए पनि पुरानै ऐनका कतिपय प्रावधान भने पुरानै कायम गरिएको थियो । देवानी र फौजदारीसम्बन्धी सम्पुर्ण व्यवस्थाहरु, सजाय र कार्यविधि एकै ठाउँमा रहेको थिए ।

मुलुकी ऐनमा पटक पटक संसोधन र परिमार्जन गर्दै आए पनि सामान्य सुधार र परिमार्जनले नवीनतम अवधारणालाई सम्बोधन नगरेको भन्दै सरकारले अपराध, देवानी संहिता र कार्यविधिसम्बन्धी अलग-अलग विधेयक निर्माण गरि संसद्मा पेस गरेको थियो ।

बुधबार पारित फौजदारी संहितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याच फिक्सिङमा संलग्नलाई फौजदारी कसुरअन्तर्गत ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरेको छ ।

कसैको मिलेमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हुँदैन र यदि त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय स्वाभिमानविरुद्धको कसुर भएको मानिनेछ, विधेयकको दफा ५१ को उपदफा (३) मा उल्लेख गरिएको छ ।

 

Loading...

यसमा तपाइको मत

कानूनी जानकारी बाट अन्य

एमविएिस परिक्षाफल सम्वन्धमा आइओएमलाई अदालत उपस्थित हुन आदेश

काठमाण्डौ: त्रिभुवन विश्व विद्यालय समेतलाई विपक्षी बनाई राम कुमार शाहा सहित १३ जना विद्यार्थीले संविधानको धारा १४४ (१),(२) वमोजिम उत्प्रेषण तथा परमादेश लगायत उपयुक्त आदेश जारि गरि पाउँ भनि उच्च अदालत पाटनमा रिट निवेदन...

नागरिक अधिकार सम्बन्धी नयाँ कानूनी व्यवस्था

काठमाण्डौ:  देवानी कानूनको संशोधन र एकीकरण गर्न बनेको विधेयकको परिच्छेद ३ ले नागरिक अधिकार सम्बन्धी कानूनी व्यवस्था गरेको छ । देवानी कानूनको संशोधन र एकीकरण गर्न बनेको विधेयक दफा १७ ले कानूनको दृष्टिमा समान...

देवानी कानून के हो ? यस्ता छन सामान्य सिद्धान्तहरु

काठमाण्डौ:  देवानी कानून त्यस्तो कानून हो, जुन सामान्य नागरिकदेखि लिएर उच्च तहका व्यत्त्विहरुसँगको प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । र सँगै उनिहरुको नागरिकको दैनिक जिवनमा देवानी कानूनले विशेष सम्वन्ध स्थापित गरेको हुन्छ । हरेक कानून...

निर्वाचन कसुरको अनुसन्धान गर्ने जिम्मा जिल्ला प्रहरी कार्यलय प्रमुखलाई

काठमाण्डौ: निर्वाचन आयोगले निर्वाचन कसुर सजाय ऐन २०७३ को दफा ३९ को उपदफा १ मा र सोही ऐनको दफा ४१ को उपदफा ३ मा उल्लेख गरिएका कसुरहरुको अनुसन्धानमा सम्वन्धित जिल्लाको जिल्ला प्रहरी कार्यलयका प्रमुखलाई तोक्ने...

प्रदेश, प्रतिनिधि सभा र समानुपातिक निर्वाचन सम्वन्धि जान्नै पर्ने कुराहरु

काठमाण्डौ: प्रदेश तहको व्यवस्थापकिय, आर्थीक तथा कानूनी कार्य गर्न हरेक प्रदेशमा गठन हुने प्रदेश व्यवस्थापिका नै प्रदेश सभा हो । प्रदेश सभा सदस्य निर्वाचनमा  पहिलो हुने निर्वाचीत हुने निर्वाचन प्रणाली  र समानुपातिक निर्वाचन प्रणाली ...

समाह्वान र इतलायनामा सम्वन्धि नयाँ कानूनी व्यवस्था

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ले ७६ समाह्वान, इतलायनामा, सूचना वा आदेश नबुझी फर्काउन नहुने व्यवस्था गरेको छ । उपधारा १ मा कुनै व्यक्तिलाई निजका नाममा कानून बमोजिम जारी भएको समाह्वान,...

पक्राउ पूर्जी, सूचना वा आदेश तामेल गर्दा बाधा पुर्याए कसुर ठहरिने

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा ले ७५ ले उपदफा १ ले समाह्वान, इतलायनामा इत्यादिको तामेलीमा बाधा पुर्याउन नहुने व्यवस्था गरेको छ । उपदफा १ मा कानून बमोजिम जारी भएको समाह्वान, इतलायनामा,...

सार्वजनिक सेवा अवरुद्ध गर्नु अपराध

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ६८ ले सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने व्यवस्था गरृको छ । उपदफा १ मा कसैले सार्वजनिक विद्युत वा दूरसञ्चार वा त्यस्तै प्रकृतिका अन्य सार्वजनिक सेवा वा...

हूलदङ्गा र व्यक्तिहरुको भेला पनि अव गैरकानूनी

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ६० ले गैरकानूनी भेला गर्न नहुने व्यवस्था गरेको छ । जसमा कसैले गैरकानूनी भेला गर्न नपाँर्यने छ र देहायको कुनै काम गर्ने उद्देश्यले भएको पाँच जना...

हूलदङ्गा र व्यक्तिहरुको भेला पनि अव गैरकानूनी

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ६० ले गैरकानूनी भेला गर्न नहुने व्यवस्था गरेको छ । जसमा कसैले गैरकानूनी भेला गर्न नपाँर्यने छ र देहायको कुनै काम गर्ने उद्देश्यले भएको पाँच जना...