किन ? मन स्पष्ट नभई नभई मतदान

  • -यज्ञ प्रसाद खतिवडा (कविर अत्रि)
  • Loading...

    वर्तमान विश्व समुदाय लोकतान्त्रिक मूल्य मान्यता र यसका सारभूत तत्वहरुबाट निर्देशित छ । तानाशाही राज्यव्यबस्था र केन्द्रिकृत शक्ति परिचालन बाट विश्वले जे जति पाठ सिकेको छ ती पाठहरू आजको समयलाई पर्याप्त छ । तसर्थ राज्यको समतामूलक विकास, प्रतिनिधिमुलक शासन, शान्ति र शुशासन, र जनउत्तरदायी सरकारको निर्माण केवल लोकतन्त्रको माध्यमबाट प्राप्त गर्ने सकिन्छ भन्ने आजको आममानिसको बुझाई हो । यिनै बुझाईको सहारामा नेपाली जनताले राणा फाले । पञ्चायत फाले र ०६२ र ०६३ को आन्दोलन सम्म आएर शाहवंशीय शासन व्यबस्थालाई नै फाली गणतन्त्रको संरचनामा आफुलाई शाशित गर्ने र गराउने जमर्को । राजा फालियो । अन्तरिम संविधान बन्यो । दुईवटा संविधान सभा बने । अन्तत मिति २०७२ असोज ३ मा मुलुकले नयाँ संविधान पायो ।

     

    लोकतन्त्रलाई संस्थागत गर्न र कानूनी राज्यको प्रत्याभूति दिलाउनको लागि अधावधिक निर्वाचन एक अपरिहार्य तत्व हो भन्ने तथ्य विधिशास्त्रको स्थापित सिद्धान्त हो । जुन कुरा बेलायत, भारत, अमेरिका जस्ता राज्यको शासन स्वरूपबाट समेत छर्लङ्ग हुन्छ । जनताको विश्वास जिती मत प्राप्त गरेका जनमुखी जनप्रतिनिधिले जनताको सर्वांगीण विकासको लागि राज्यको स्रोत परिचालन गरुन र उचित नियम कानूनको माध्यमबाट राज्यको संचालन गरुन, नागरिक को हक अधिकारको अधिकतम संरक्षण होस् भन्नु नै निर्वाचनको मुलभूत ध्येय हो र हुनुपर्छ ।

     

    बिडम्बना नै भन्नुपर्छ नेपाली जनताले राजनीतिको कुनै मोडमा पनि स्वच्छ र नियमित रुपमा आफ्नो निर्वाचनमा सहभागी हुन पाउने हकको प्रयोग गर्न पाएनन् । अहिले नँया संविधान जारी पछि संवैधानिक रुपमै संघीय गणतन्त्रात्मक राज्यव्यवस्थाको कार्यान्वयन तर्फ लम्केको नेपाल स्थानीय तहको निर्वाचन तीन चरणमा गर्दै प्रथम र दोस्रो चरण पार गर्दै अहिले तेस्रो चरणमा प्रदेश नं २ को ८ जिल्लामा यहि असोज २ मा गर्ने गरि निर्वाचनको संघारमै पुगेको अवस्था छ । तर नेपालको अहिले सम्मको निर्वाचन अनुभव हर्ने हो भने सम्झन लायक देखिदैन । विगतका ६७ वर्षमा जे जति पनि चुनाव भए ति निर्वाचन संवैधानिक मूल्य मान्यताको जगमा टेकेर स्वच्छ छन् भन्न सकिदैन । को कुन नेपाली नागरिकले स्वतन्त्र मनको प्रयोग गरि मत खसाले यसको लेखाजोखा कसले गर्ने रु चुनावमा के कस्ता अवान्छित गतिबिधि भए र हुदै आई रहेका छन् यसतर्फ कसले कुन समयमा ध्यान दिने रु किनकि भएको निर्वाचन आयोग अझै कार्यमुखी बन्न सकेको देखिदैन ।

     

    नेपाल विश्व मानचित्रमा यसै त गरिव देशकै सूचिमा छ । विकसित राष्ट्र, छिमेकि राज्य र अन्तरास्ट्रिय व्यवसायिक समुहबाट हुने गरेको थिचोमिचो माथि स्वतन्त्र बहस छेड्न नसक्नुले हामी अझै अन्तर्राष्ट्रिय स्तरमा माथि उठ्न सकेका छैनौ भन्ने तथ्यलाई उजागर गरेको छ । यसो हुनुको जड नै हाम्रो आन्तरिक अवस्था हो । देशको व्याप्त गरिवी, अशिक्षा, वेरोजगारी, निम्न पूर्वाधारको विकास, आयातमुखी अर्थतन्त्र अनि खराब चरित्रको राजनीतिक व्यवहार नै हामी पछाडी पर्नुको कारक तत्व हो । नेपालमा शासनको स्वरूप बदल्यो तर मतदान गर्ने गराउने प्रवृत्ति अझ सम्म बदलिएन । आज पनि चुनाव किस्ताबन्दि मै हुन्छ । भोट किस्ताबन्दीमा नै गनिन्छ । उमेद्वार पनि कृपावाद बाटै खडा गरिन्छ । अनि आम जनतासंग पहिले जसरी नै मतको सौदा गरिन्छ । जुन महेन्द्रले बनाएको थिति झैँ छन् । हुदाहुँदै बालबालिकाको मौलिक हक एकातिर, बालबालिका सम्बन्धि ऐनको  प्रावधान अर्कोतिर छन् । अनि अबोध बालवालिका  जसलाई चुनाव के हो रु सुकिला मुकिला लुगा लगाएर, फुलको माला पहिरिएर  अनेक रंगी बिरंगी ध्वजा बोक्ने मानिसको लावालस्कर लगाएर गाउँ प्रवेश गरेको अपरिचित मानिसको हो रु उसका घरका सदस्यसंग हात जोडेर त्यो अपरिचितले के अमूल्य दानको याचना गरिरहेछ रुपल्लो खेतखरान को छेउमा पाकिरहेको खाना कसको बिहेको भोज हो रुथाहा समेत नभएका ती  कलिला मानसपटलमा एउटा धुमिल झण्डाको आकृति अंकित गराईदै छ । अनि तिनै अबोधहरु पछि विचार र उदेश्य नजानी अमुक दलको आजीवन कार्यकर्ता र सडक तताउने जमात बन्न पुगेका छन् ।

     

    यसको दरलाई हेर्ने हो भने यो समस्या हिमाल र पहाडका जिल्लाहरुमा भन्दा पनि तराईमा प्रचण्ड रुपमा थियो र अझै व्याप्त नै छ । यसलाई अझ तथ्यपरक रुपमा बुज्दै जाने हो भने तराईका विपन्न जनजाति, गरिव किसान, मजदुर वर्ग, र निमुखा जनताका सन्तानहरुनै राजनीतिको घृर्णित खेलमा पिल्सिएका छन् । यसरी देशको आर्थिक, भौतिक, सामाजिक, बौदिक, वैज्ञानिक उत्थान गर्ने कर्णधार राजनीतिक गोलचक्करमा फस्दै गैरहेका छन् । तर ध्यान दिने कसले हो रु भएको महिला, वालवालिका तथा समाज कल्याण मन्त्रालय त तिनै राजनीतिक कार्यकर्ताको भर्ति थलो भनि बसेको छ । जसको बोल्ने मुख देखिन्छ तर कम गर्ने हात बन्न सकेका छैनन ।

     

    मतदानको विधिशास्त्रीय सिद्धान्तको महत्वपुर्ण अनुमान के पनि रहेको छ भने मतदाता शिक्षित हुन्छन । आफ्ना मत कुन उम्मेद्वारलाई दिने भन्ने उनीहरुको निर्णय स्वतन्त्र ढङ्गबाट हुन्छ । यसमा दबाबको कुनै गुन्जायस हुदैन । तर के वर्तमानको राजनीतिक संस्कृति यति बलियो बनिसकेको छ रु जसले मतदातालाई अनुचित प्रभावबाट अक्षुण्ण राख्न सकोस । यदि हामी यो प्रश्न बौदिक वर्गलाई सोध्न गईयो भने उत्तर सिद्धान्तत  नै आउछ । तर निर्वाचनको दिन हामीले कुनै समाजको तल्लो वर्ग भन्दै आईरहेको मतदातालाई तपाइले के कसरी मत दिनुभयो भने सोध्ने हो भने उत्तर सरल र सहज तरिकाले पाईन्छ । मत की त दबाबमा की त अनुचित प्रभावमा अनि त्यो नभए लहलहैमा दिईन्छ । यसरि नै सधै निर्वाचन सम्पन्न भए र भावी मत पनि यसरी नै खस्दै जाने छ ।

     

    जनतालाई मत खसाल्दा स्वस्तिकको छाप कसरी कोठा भित्र लाउने, मत पत्र कसरी पट्टाउने भनि निर्वाचन आयोगले सिकाउने शिक्षा नै मतदाताको लागि आवश्यक शिक्षा हो भन्ने हो भने अब यसको वास्तविक उपलब्धि खोज्नु पर्ने बेला आएको छ । सदर र बदर मतको हिसाब मिलान गराउनु मात्रै आजको आवश्यकता हुनु हुदैन ।

     

    लोकतन्त्रमा निर्मित सरकारको शाशन गर्ने मूल मन्त्र नै गरीवी उन्मुलन, आत्मनिर्भर अर्थतन्त्रको निर्माण, रोजगारीको पूर्ण गयारेन्टी अनि निमुखा जनताको आवाजलाई राज्यको मूलधारमा ल्याउने हो । जसलाई नकार्न सकिदैन । यी आदर्श रुपी उदेश्य पूर्ति गर्ने जग भनेकै निर्वाचनद्वारा बन्ने हो भन्ने नै हो । तर यसको प्रतिनिधित्व कसरी हुन्छ, भैरहेको छ त्यो महत्वपुर्ण पक्ष हो । एक सर्वसाधारण  व्यक्तिको प्रतिनिधि को हो रु उसको चरित्र कस्तो छ रु उसले आजसम्म जनताको लागि के कति योगदान दियो रु यी सम्पूर्ण कुराहरु जनतालाई कसरी बुझाईन्छ भनी हेर्दा कहिल्यै स्पष्ट धारणा बन्न सकेन । निर्वाचन आयोगले तयार पारी जारी गरेको आचारसंहिता सधै लिपिमै सिमित बन्दै आईरहेको छ । आफ्ना अधिकार सामाजिक करार  मार्फत प्रतिनिधिलाई सुम्पने जनताले कहिल्यै त्यस वापतको सुरक्षण प्राप्त गर्न सकेका छैनन् । समस्या अझै ज्युँका तहीं रहेको छ । जब सम्म निर्वाचनको संस्कृति बदलिदैन देशको गरिबी उन्मुलन गर्ने, जनताको घरदैलो सम्म सिंहदरबार पुराउने भनि भन्दै आईरहेको बोलि बोलीमै सिमित हुनेछ ।

     

     

    Loading...

    यसमा तपाइको मत

    लेख/अनुसन्धान बाट अन्य

    …. अदालतको ढोकामा चिच्याई रहेको

    न्याय  आजकाल न्याय अदालतको ढोकामा चिच्याई रहेको देख्छु मैले भने , खै किन भित्र नपसेको ? अदालतको ढोका र झ्याल त खुल्यै छन् १ न्याय म सँग झोक्किदै भन्यो म झ्याल र ढोका बाट छिर्ने होईन दिमागबाट छिर्ने हुँ त्याहाँ बाक्लो टोपिको स्वाभिमानले...

    शुशासनको अनुभूती राज्यका कुनै पनि निकायबाट प्राप्त गर्न सकिएन

    २०७२ साल आश्विन ३ गते संविधान नेपाली जनताले पहिलो पटक आफैले चुनेका प्रतिनिधीहरु मार्फत बनाएको प्रथम संविधान हो । अर्थात, यो जनताको संविधान हो । सर्वस्वीकार्यताको प्रश्न निर्वाचन आयोगका अनुसार पछिल्लो संविधानसभाको चुनावमा नेपालको इतिहासमै सबैभन्दा...

    कानून विपरीत यसकारण सवारीसाधनमा इम्बोस्ड प्लेट नम्बर

    नयाँ संविधान बमोजिम देश संघीयतामा गई सकेको र कार्यन्वयनको पाटो पनि सँगसँगै अघि वढिरहेको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले गत भदौ ५ गते देखि सवारीसाधनमा इम्बोस्ड प्लेट नम्बर जडान...

    संविधान संसोधनको चक्रब्यूह

    काठमाण्डौ नयाँ संविधान देशले त पायो तर संविधानलेनै आफुहरुका मागलाई सम्बोधन गर्न नसकेको भन्दै संविधान निर्माण पछि असन्तुष्ट बन्दै आएको मधेशी मोर्चा र पछि आएर राष्ट्रिय जनता पार्टी पनि असन्तुष्ट बन्दै गएको परिप्रेक्षमा वर्तमान...

    काठमाण्डौ उपत्यकामा बड्दो सवारीको चाप व्यवस्थापन र चुनौती

    थापालीस्थित ट्रेड टावरको गेटबाट निस्कीएर दायाँ मोडिएका एक सवारीचालक आफ्नो गन्तव्य तिर लम्कदै थिए अकस्मात त्यसलाई यहाँ ले भनी ट्राफिक प्रहरीको आवाज सुन्दा चालक पनि सरा सर आफ्नो सवारीसाधन लिएर ट्राफिक प्रहरी छेउमा गए...

    पत्रकारको दैनिकी: इज्जत र प्रतिष्ठाको लडाईमा कलम र कापीको सहारा

    प्रतिष्ठित पत्रकार ! यो पंत्ति लेख्न नहुने हो, तर संयोगले लेख्नु पर्ने भयो । प्रतिष्ठितको अर्थ इज्जत, मान मर्यादा, सम्मानित र पुरा रुपले स्थापित भएको भन्ने अर्थ लाग्छ । पत्रकार पेशा पनि एउटा आफैमा...

    तव मात्र हुन्छौ हामी स्वाभिमानी र देश आत्मनिर्भर

    हामी नेपाली हौँ । हामीलाई यसमा आत्मगौरव छ । हाम्रा पुर्खाहरूले वीरतापूर्वक लडाइँ लडेर विजय हासिल नगरेको भए आज हामी नेपाली, हाम्रो देश नेपाल रहने थिएन । सयौँको बलिदान र हजारौँको जीवन अङ्गभङ्ग गरेर...

    अरु देशलाई हामीले धनी बनायौँ तर देशको सम्पति, शक्ति र विश्वासलाई भने सधै कमजोर

    कहिले काही यस्तो संयोग हुन्छ १ जो कसैले पनि कल्पना गरेको हुदैंन । वर्तमानको परिवेशले विगतको परिवेशलाई सम्झन बाध्य बनाउँछ । इतिहासका कुनै पनि कालखण्डहरु कुनै सम्झन योग्य हुन्छन, भने कुनै कालखण्डहरु सम्झन अयोग्य...

    सत्ता टिकाउने खेलमा अलमलिएको नेपाली राजनिति

      तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको मुख्य भुमिकामा देखिएका सँगै संविधान निर्माणपछि देशले खेपेको नाकाबन्दी र तराई मदशेमा चर्कीएको आन्दोलनलबारे पनि कडा टिक्का टिप्पणी दिदै आएका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल अन्तत ओली नेतृत्वकै सरकार...

    महिला हिंसा: दोषी को ? महिला या पुरुष ?

    घरमा बुहारीलाई सासुले सताउँदा दोष लोग्नेले पाउँछ । नन्दले भाउजू सताउँदा नि दोषी लोग्ने नै हुन्छ । आखिर महिला माथि हुने हरेक हिंसा पुरुषले मात्र गरेका हुन्छन त ? हामी किन पूर्वग्रही भएर सोची...