ढुंगेल प्रकरण: महानिरीक्षक अर्यालविरुद्धको रिटको पेशी शुक्रबार

Loading...

काठमाडौं: सर्वोच्च अदालतको बाध्यात्मक आदेश कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध दर्ता भएको मानहानि रिटको पेशी सरेको छ । प्रधान न्यायाधीश गोपाल पराजुलीले पेशी सारेर आगामी शुक्रबारका लागि तोकेका हुन् ।

ज्यान मुद्दामा दोषी ठहरिएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै मंगलबार महानिरीक्षक अर्यालविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । पक्राउ बारेन्ट नोटिस आदेश दिएको ६ महिना बितिसक्दा पनि प्रहरीले ढुंगेललाई नखोज्नुले अदालतको मानहानि भएको भन्दै आइजिपी अर्याललाई कारबाही माग राखेर निवेदन दर्ता गराएका थिए ।

सर्वोच्चले २०७३ चैत ३१ मा तुरुन्त पक्राउ गर्न आवश्यक देखिँदा पक्राउ गर्न आफू र मातहतका सम्पूर्ण प्रहरी संरचना परिचालन गरी प्रतिवादी बालकृष्ण ढुंगेललाई जहाँ भए पनि खोजतलास गरी सात दिनभित्र पक्राउ गरी सम्बन्धित कारागार कार्यालयमा जिम्मा लगाई यस अदालतमा पेस गर्नु’ भनी प्रहरी महानिरीक्षकका नाममा आदेश जारी भए पनि बाध्यात्मक आदेश भएको ६ महिना बितिसक्दासमेत ढुंगेललाई प्रहरीले पक्राउ गर्न सकेको छैन। रिट निवेदकले प्रहरी महानिरीक्षकको कानुनी दायित्व, कर्तव्यप्रतिको उदासीनता स्विकार्य नभएको निवेदनमा जिकिर गरेका छन्।

फरार भनिएका ढुंगेल खुलेआम माओवादी पार्टीकै गतिविधिमा संलग्न भइरहेको तस्बिरसमेत सार्वजनिक हुने गरेका छन्। काठमाडौंमै हिँड्नेलाई प्रहरीले पक्राउ नगर्नुले अदालतको मानहानिका साथ निवेदन दताए गरिएको हो ।

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा माओवादी नेता ढुंगेललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।

Loading...

यसमा तपाइको मत

अपराध र कानुन बाट अन्य

मुद्धा प्रक्रियामा सर्वोच्चमा लाग्ने सवै प्रकारका दस्तुरहरुको विवरण

काठमाडौं: सर्वोच्च अदालतमा निवेदन दर्ता, रिट, फरक फरक ढंगका निवेदन, देखि अन्य विभिन्न कामकाजका लागि तोकिएको दस्तुरको विवरण यसप्रकार रहेको छ । सर्वसाधारणलाई अदालती कार्य सम्पादनमा सहजता होस भनेर अदालतले उक्त जानकारीमुलक व्यवस्था गरेको हो...

अधिवक्ताको २४ औ लिखित परिक्षाको परिक्षाफल प्रकासित

काठमाण्डौ: नेपाल कानून व्यवसायी परिषद्द्वारा २०७४ फाल्गुण महिनामा सञ्चालित अधिवक्ता तहको चौविसौं परीक्षाको लिखित परीक्षा परिषदले अधिवक्ताको २४ औ लिखित परिक्षाको परिक्षाफल प्रकासित गरेको छ । उत्तीर्ण रोल नं. हरू 2 3 5 6 8 11...

‘रन फर जस्टिस, नट फर मनी’: महान्यायधिवक्ता खरेल

काठमाण्डौ: नबोदित कानून व्यवसायी समिति, उच्च अदालत पाटन र नबोदित तथा युवा कानून व्यवसायी समुहले रन फर जस्टिस अर्थात् न्यायका लागि दौड भन्ने नारासहित कानून दिवसको उपलक्षमा दौड कार्यक्रम सम्पन्न गरेको छ । कानून दिवसको...

न्यायालयको जनविश्वास जोगाउनु नै आजको आवश्यकता हो: मन्त्री तामाङ

काठमाण्डौ: नबोदित कानून व्यवसायी समिति, उच्च अदालत पाटन र नबोदित तथा युवा कानून व्यवसायी समुहले रन फर जस्टिस अर्थात् न्यायका लागि दौड भन्ने नारासहित कानून दिवसको उपलक्षमा दौड कार्यक्रम सम्पन्न गरेको छ । कानून दिवसको...

न्याय र कानूनी राज्यको लागि दौडिए कानून व्यवसायी

काठमाण्डौ: नबोदित कानून व्यवसायी समिति, उच्च अदालत पाटन र नबोदित तथा युवा कानून व्यवसायी समुहले रन फर जस्टिस अर्थात् न्यायका लागि दौड भन्ने नारासहित कानून दिवसको उपलक्षमा दौड कार्यक्रम सम्पन्न गरेको छ । दौड प्रतियोगिता...

…. अदालतको ढोकामा चिच्याई रहेको

न्याय  आजकाल न्याय अदालतको ढोकामा चिच्याई रहेको देख्छु मैले भने , खै किन भित्र नपसेको ? अदालतको ढोका र झ्याल त खुल्यै छन् १ न्याय म सँग झोक्किदै भन्यो म झ्याल र ढोका बाट छिर्ने होईन दिमागबाट छिर्ने हुँ त्याहाँ बाक्लो टोपिको स्वाभिमानले...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

ह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ? लामो कथा...

कानून संकाएमा सिमीत कोटा राखी भर्ना खुलाईयो

काठमाण्डौ: नेपाल ल क्याम्पस डिनको कार्यलयले तिन वर्षे एलएलविमा कोटा निर्धारण गर्दै भर्ना खुलाएको छ ।  त्रिभुवन विश्व विद्यालय कानून संकाय अन्र्तगतका आंगिक क्याम्पस नेपाल ल क्याम्पस काठमाण्डौ, पृथ्वीनारायन क्याम्पस पोखरा, महेन्द्र विन्देश्वरी वहुमुखी...

कानून र मापदण्ड मिच्दै कर्मचारी सरुवा वढुवा नगर्न युनियनको अपिल

काठमाण्डौ: न्यायपालिकालाई विकृतीविहिन, भ्रष्टचारमुक्त र जनउक्तरदायी बनाँउने न्यायपालिकामा कार्यरत जनशक्तिहरुको पेशागत हक अधिकारको प्रवर्दन गर्ने काममा विभागिय आधिकारीक ट्रेड युनियनले सक्रिय भुमिका निर्वाह गर्दै आएको अवगत गराँउदै युनियनले का. मु. प्रधानन्यायधिस र वरिष्ठतम न्यायधिसलाई...

न्यायपालिकाका विध्नवाधा रोक्न सर्वोच्चमा दिनभर पुजापाठ

काठमाण्डौ: देशभरि वुद्धजयन्ती मनाईरहँदा यसपटक सर्वोच्च परिसरमा पनि वुद्धजयन्ती  र विदाको उपयोग गर्दै दिनभर पुजा पाठ सम्पन्न भएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी यज्ञमा सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र, चोलेन्द्रसमशेर राणा, दीपककुमार...