ल कलेजको तालाबन्दी विवाद सहमति नजिक

Loading...

काठमाडौं: नेपाल ल क्याम्पसले तिन वर्षे एलएलवि अध्यननका लागि अनिवार्य प्रवेश परीक्षा उत्तीर्ण पश्चात मात्र पढ्न पाइने व्यवस्था गरेको छ । कानून संकाय डिनको कार्यालयले यहि शैक्षिकसत्रदेखि कानून विषय पढाइ हुने क्याम्पसहरुमा निश्चित कोटा तोकी भर्नाका लागि प्रवेश परीक्षा अनिवार्य दिनुपर्ने व्यवस्था गरेको हो ।

यसअघि २०६५ सालसम्म प्रवेश परीक्षा दिनुपर्ने भएता पनि कोटा प्रणाली लागू नगरिएकाले जति पनि विद्यार्थीले पढ्दै आएका थिए । अब नेपाल ल क्याम्पससहित नेपालभरीका चार वटा क्याम्पसमा प्रवेश परीक्षा उत्तीर्ण गरिसकेपछि मात्र स्नातक तहमा कानून विषय अध्ययन गर्न पाइने नयाँ व्यवस्था भएको छ ।

नेपाल ल क्याम्पसमा ५०० जना र उपत्यकाका बाहिर रहेका क्याम्पसमा १५० जनाको कोटा निर्धारिण गरिएको छ । क्याम्पसले यही फागुन १४ देखि चैत १५ सम्म एक महिना अवधिभित्र प्रवेश परीक्षाका लागि फारम भर्न भनेको छ र चैत २५ गते प्रवेश परीक्षाको मिति तोकेको छ ।

नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डिएन पराजुलीले कानून विषयको शिक्षालाई गुणस्तरीय बनाउन कोटा प्रणाली लागू गरिएको बताए । उनका अनुसार विगतमा धेरै विद्यार्थी भर्ना गर्दा पढाइ राम्रोसँग सञ्चालन नभएको पाइएका कारण निश्चित विद्यार्थी भर्ना गरी पढाइको गुणस्तर सुधार्न प्रयास थालिएको हो ।

भौतिक पूर्वाधारको अभावका कारण धेरै विद्यार्थीलाई पढाउने नसकिनर साथै प्रभावकारी शिक्षा पनि नहुने भएक कारण कोटा प्रणाली लागू गरिएको क्याम्पस प्रशासन स्रोतले बताएको छ । विगतमा स्नातक तहमा चार हजार भन्दा वढि विद्यार्थी भर्ना भएकेमा नियमित क्याम्पस आउने भने २०० जना विद्यार्थी पनि नभएको क्याम्पस सोतको भनाई छ । त्यसैले अहिले विद्यार्थीलाई नियमित कक्षामा उपस्थित हुने वातावरण बनाउन विद्यार्थी संख्या तोकीएको हो ।

ल क्याम्पस विद्यार्थी संगठनले भने कोटा प्रणालीको विरोध गरेको छ । उनीहरुले विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार हनन भएको भन्दै विरोध गरेका छन । यसैबीच, अनेरास्ववियु एकाइ कमिटीले कोटा प्रणाली लागू गरिएको भन्दै डिन कार्यालय र ल क्याम्पसमा तालाबन्दी गरेको छ । कमिटीका अध्यक्ष हरि पंगेनीका अनुसार कोटा प्रणाली प्रभावकारी रहेको तर नेपालको कानूनको केन्द्रिय क्याम्पसमा तोकिएको ५०० कोटा कमी भएकोले आफुहरुले उक्त कोटा ५०० बाट वृद्धि गरि १००० कायम राख्नुपर्ने र आरक्षण कोटाको समेत निर्धारण गर्नुपर्नेमाग गर्दै आफुहरुले ध्यानाकर्षण गराउनका लागि माग गर्दै डिनको कार्यालय र क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको बताए ।

यता क्याम्पस प्रशाशनले भने निर्धारण गरिएको कोटामा थपघट नहुने बताएको छ । अहिले कायम गरिएको ५०० कोटामा पनि विद्यार्थीहरुलाई पढनका लागि भौतिक संरचनाको अभाव रहेको र विगतमा ४००० को संख्यामा विद्यार्थीह्ररुले भर्ना गरेर २०० को संख्यामापनि दैनिक क्याम्पस नआउने अवस्था थियो तर अहिले कोटा मार्फत ५०० जना विद्यार्थीहरु दैनिक अध्ययनको लागि क्याम्पस उपस्थित हुने वातावरण वनेसँगै कानूनको प्रभावकारी अध्ययनलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको क्याम्पस प्रशाशन स्रोतले बताएको छ ।

परिक्षामा सोधिने विषयगत प्रश्न र वस्तुगत प्रश्नहरुको विषयमा क्याम्पस प्रशाशन सकारात्मक देखिएको र संविधानले तोकेको २० प्रतिशतको समावेशीताको विषयलाई समेत सम्बोधन गर्न क्याम्पस प्रशाशन केही लचक भएकोले तालावन्दी विवाद चाँडै समाधान हुने बुझिएको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

मुद्धा प्रक्रियामा सर्वोच्चमा लाग्ने सवै प्रकारका दस्तुरहरुको विवरण

काठमाडौं: सर्वोच्च अदालतमा निवेदन दर्ता, रिट, फरक फरक ढंगका निवेदन, देखि अन्य विभिन्न कामकाजका लागि तोकिएको दस्तुरको विवरण यसप्रकार रहेको छ । सर्वसाधारणलाई अदालती कार्य सम्पादनमा सहजता होस भनेर अदालतले उक्त जानकारीमुलक व्यवस्था गरेको हो...

अधिवक्ताको २४ औ लिखित परिक्षाको परिक्षाफल प्रकासित

काठमाण्डौ: नेपाल कानून व्यवसायी परिषद्द्वारा २०७४ फाल्गुण महिनामा सञ्चालित अधिवक्ता तहको चौविसौं परीक्षाको लिखित परीक्षा परिषदले अधिवक्ताको २४ औ लिखित परिक्षाको परिक्षाफल प्रकासित गरेको छ । उत्तीर्ण रोल नं. हरू 2 3 5 6 8 11...

‘रन फर जस्टिस, नट फर मनी’: महान्यायधिवक्ता खरेल

काठमाण्डौ: नबोदित कानून व्यवसायी समिति, उच्च अदालत पाटन र नबोदित तथा युवा कानून व्यवसायी समुहले रन फर जस्टिस अर्थात् न्यायका लागि दौड भन्ने नारासहित कानून दिवसको उपलक्षमा दौड कार्यक्रम सम्पन्न गरेको छ । कानून दिवसको...

न्यायालयको जनविश्वास जोगाउनु नै आजको आवश्यकता हो: मन्त्री तामाङ

काठमाण्डौ: नबोदित कानून व्यवसायी समिति, उच्च अदालत पाटन र नबोदित तथा युवा कानून व्यवसायी समुहले रन फर जस्टिस अर्थात् न्यायका लागि दौड भन्ने नारासहित कानून दिवसको उपलक्षमा दौड कार्यक्रम सम्पन्न गरेको छ । कानून दिवसको...

न्याय र कानूनी राज्यको लागि दौडिए कानून व्यवसायी

काठमाण्डौ: नबोदित कानून व्यवसायी समिति, उच्च अदालत पाटन र नबोदित तथा युवा कानून व्यवसायी समुहले रन फर जस्टिस अर्थात् न्यायका लागि दौड भन्ने नारासहित कानून दिवसको उपलक्षमा दौड कार्यक्रम सम्पन्न गरेको छ । दौड प्रतियोगिता...

…. अदालतको ढोकामा चिच्याई रहेको

न्याय  आजकाल न्याय अदालतको ढोकामा चिच्याई रहेको देख्छु मैले भने , खै किन भित्र नपसेको ? अदालतको ढोका र झ्याल त खुल्यै छन् १ न्याय म सँग झोक्किदै भन्यो म झ्याल र ढोका बाट छिर्ने होईन दिमागबाट छिर्ने हुँ त्याहाँ बाक्लो टोपिको स्वाभिमानले...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

ह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ? लामो कथा...

कानून संकाएमा सिमीत कोटा राखी भर्ना खुलाईयो

काठमाण्डौ: नेपाल ल क्याम्पस डिनको कार्यलयले तिन वर्षे एलएलविमा कोटा निर्धारण गर्दै भर्ना खुलाएको छ ।  त्रिभुवन विश्व विद्यालय कानून संकाय अन्र्तगतका आंगिक क्याम्पस नेपाल ल क्याम्पस काठमाण्डौ, पृथ्वीनारायन क्याम्पस पोखरा, महेन्द्र विन्देश्वरी वहुमुखी...

कानून र मापदण्ड मिच्दै कर्मचारी सरुवा वढुवा नगर्न युनियनको अपिल

काठमाण्डौ: न्यायपालिकालाई विकृतीविहिन, भ्रष्टचारमुक्त र जनउक्तरदायी बनाँउने न्यायपालिकामा कार्यरत जनशक्तिहरुको पेशागत हक अधिकारको प्रवर्दन गर्ने काममा विभागिय आधिकारीक ट्रेड युनियनले सक्रिय भुमिका निर्वाह गर्दै आएको अवगत गराँउदै युनियनले का. मु. प्रधानन्यायधिस र वरिष्ठतम न्यायधिसलाई...

न्यायपालिकाका विध्नवाधा रोक्न सर्वोच्चमा दिनभर पुजापाठ

काठमाण्डौ: देशभरि वुद्धजयन्ती मनाईरहँदा यसपटक सर्वोच्च परिसरमा पनि वुद्धजयन्ती  र विदाको उपयोग गर्दै दिनभर पुजा पाठ सम्पन्न भएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी यज्ञमा सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र, चोलेन्द्रसमशेर राणा, दीपककुमार...