दुष्कृति कानून: अदालतको व्यवस्थापन देखेर पंक्तिकारका आँखा रसाए

  • -कृष्ण महरा
  • Loading...

    अधिवक्ता: कृष्ण महरा

    काठमाण्डौ (पुस्तक समिक्षा): नेपालमा खासै प्रचलनमा नरहेको तर विश्वमा प्रचलित दुष्कृति कानूनलाई मुलुकी देवानी (संहिता) ऐन २०७४ ले कानूनी रुप दिएपछि यसको चर्चा व्यापक भइरहेको छ । यसै कानूनलाई अझ बढी परिभाषित गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय दृष्टान्त र नाजिरसहितको व्याख्या, यसको औचित्य र नेपालमा यसको आवश्यकताबारे गहन विश्लेषणसहित डा. राजेन्द्र कुमार आचार्यले दुष्कृति कानून पुस्तकको रुपमा बजारमा ल्याउनुभएको छ । पेशाले जिल्ला न्यायाधीस डा. आचार्य हाल जिल्ला अदालत कंचनपुरका न्यायाधीस हुन् ।

    के छ पुस्तकभित्र ?

    पुस्तकभित्र के छ भन्नुभन्दा पनि के छैन भन्नु मैले उपयुक्त ठानेको छु । दुष्कृति अर्थात् देवानी प्रकृतिको गल्ती के हो रु कुनै एक पक्षको कारण अर्को पक्षलाई हानी नोक्सानी भए के कस्तो क्षतीपुर्ती व्यहोर्नुपर्छ रु आमाबाबु वा संरक्षक, काम लगाउने व्यक्तिले व्यहोर्नुपर्ने दायित्य के हो रु पशुले गरेको हानी नोक्सानीवापत पशुधनीले के कस्तो दायित्व वहन गर्नुपर्छ रु मात्रै होइन, नेपालमा दुष्कृति कानून यति ढिलो संहिताबद्द हुनुमा के कति कारण छन्, नेपालमा नजन्मिदै तुहिएको दुष्कृति कानूनलाई कसरी पुनर्जन्म दिइयो, दुष्कृति कानून सम्बन्धी नेपालको अदालतका फैसला तथा विश्वका ५०० भन्दा बढी अति सान्दर्भिक नजिरका सन्दर्भ सामग्रीहरु पुस्तक भेटिन्छन् ।

    पुस्तक कानून व्यवसायी, कानूनका विद्यार्थी, न्यायसेवाका कर्मचारी, न्यायाधीस,सरकारी वकिल, सरकारी अधिकारीहरुका लागि मात्रै नभई समग्र व्यवसायी, अभिभावक, पेशा व्यवसायीको लागि समेत उतिकै उपयोगी हुने मैले ठानेको छु । यो किनमात्रै भने नेपालका लागि दुष्कृति कानून नयाँ विषय हो । हामीले अब आउने देवानी संहितामार्फत यसको अनुसरण गर्दैछौ । आफुले दायित्व वहन नगरेपश्चात वा आफ्नो कारण कसैको हानी नोक्सानी भएमा वहन गर्नुपर्ने दायित्व विस्तृत विश्लेषण, खोज र अनुसन्धानसहितको यो पुस्तक कानून व्यवसायी, कानूनका विद्यार्थी, न्यायसेवाका कर्मचारी, न्यायाधीस, सरकारी वकिलका लागि अभिन्न अंग बन्छ भन्ने पंतिकारको निष्कर्ष हो ।

    पुस्तक प्रकाशनको नाममा सामान्य कुरा लेखि व्यायार व्यवसाय बढाउने पुस्तकबजारमा एउटा अति महत्वपुर्ण र अपरिहार्य पुस्तक लेखी हामीहरुजस्तालाई अध्ययन, अनुसरण गर्ने सु-अवसर जुराईदिने लेखक डा। आचार्य धन्यवादका पात्र छन् । दुष्कृति कानूनको उक्त पुस्तक कानून व्यवसायी साथीहरु एवं समग्र नेपाली न्याय प्रशासनका लागि मार्गदर्शक कुने कुरामा कुनै दुईमत छैन । प्रत्येक शिर्षक अन्तराष्ट्रिय कानून र नजिरले पुष्टि गर्नुले लेखकको प्रस्तुति बेजोड बनाएको त छ नै अझ कयौपटक दृष्टान्तसहितको व्याख्याले कानून नपढेका पाठकहरुलाई पनि बुझ्न सहज पारिएको छ ।

    नेपालको न्यायिक इतिहासमा सर्वोच्च अदालतले आफ्नो फैसलामा दुष्कृति कानूनका ज्ञाताु भनि सम्बोधन गरिसकेपछि डा. आचार्य नेपालको पहिलो र मुर्धन्य दुष्कृति कानून विज्ञ हुन् भन्ने कुरामा कुनै द्विविधा रहेन । भारतको इलाहवाद विश्वविद्यालयबाट विषयमा विद्यावारिधि गर्नुभएका डा. आचार्यलाई नेपालमा दुष्कृति कानूनका प्रणेता हुन् भन्ने कुरा प्रस्तुत पुस्तकले पुष्टि गर्दछ ।

    पुस्तक पढ्न सुरु नगर्दै आँखा रसाए:

    २०६६ र ०६७ तिर सर्वोच्च अदालतको इजलास अधिकृत हुँदा सर्वोच्च अदालतकै कम्प्युटरमा सुरक्षित राखिएको यो लगायत अन्य तीन पुस्तक लेखी वहिनी विष्णुमाया विरामी भई उपचार गर्नुपरेको र अध्ययनको लागि भारत हानुपरेको कारण पछी फर्केर आउदा सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले कम्प्युटर फर्म्याट गरी दुष्कृति कानूनु, हिन्दु कानून संहिता, प्रमाणको अन्तरसंघर्षको सिद्दान्त, सरकारी मुद्दासम्बन्धी ऐन २०४९, एक टिप्पणी गरी चारवटा पुस्तकको सफ्ट कपी पुरै नष्ट गरिदिएपछि लेखक डा. आचार्य सर्वोच्च अदालतबाट रोएर बाहिरिएको घटनाले पुस्तक पढ्न सुरु नगर्दै नेपालको सरकारी कार्यालयहरुको अझ सबैभन्दा माथिल्लो अदालतको व्यवस्थापन देखेर पंक्तिकारका आँखा रसाएका थिए । नेपालको न्यायालय कतिसम्म गैर जिम्मेवार र व्यवस्थापनविहिन रहेछ भन्ने यो घटनाले पुष्टि गरेको छ ।

    व्यवस्थापिका संसदले मुलुकी देवानी (संहिता) ऐन २०७४ र मुलुकी अपराध (संहिता) ऐन २०७४ पास गरेसंगे नेपालको कानूनी इतिहासको कोसेढुंगा मुलुकी ऐन १६४ बर्षको अन्तरलपछि विस्तापन भएको छ । लामो समय पछि परिवर्तित र परिमार्जित रुपमा आएको नयाँ (संहिता) ऐनले कयौं नयाँ कानूनी प्रावधान ल्याएको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ ले सामाजिक संजाल दुरुपयोग, म्याच फिक्सिङ, नोट केरमेट गर्नेदेखि छाउपडी कसुर गर्नेलाई फौजदारी कसुरको रुपमा लिएको छ जुन पुरानो मुलुकी ऐनले समेट्न सकेको थिएन । त्यसैगरी मुलुकी देवानी (संहिता) ऐन २०७४ ले पनि मुलुकी ऐनमा भएका कानूनी व्यवस्थाहरुको ब्याख्यासहित परिस्कृतरुपमा कतिपय बिषयहरु समावेश गरेको छ ।

    देवानी संहितामा दुष्कृति कानून :

    मुलुकी देवानी (संहिता) ऐनले ल्याएको महत्वपूर्ण नयाँ कानूनी व्यवस्था हो ‘दुष्कृतिसम्बन्धी कानून’ । मुलुकी देवानी (संहिता) ऐन २०७४ को भाग ४, परिच्छेद १७ मा दुष्कृतिसम्बन्धी कानूनी व्यवस्था गरिएको छ ।  दुष्कृति सम्बन्धी कानूनी व्यवस्था सबैका लागि आवश्यक र अपरिहार्य भैसकेको अवस्थामा राष्ट्रिय कानूनमै उक्त व्यवस्था समेटिनु अत्यन्तै सान्दर्भिक हो । दुष्कृतिसम्बन्धी कानूनी व्यवस्था आइसकेपछि धेरैले आफ्नो जिम्मेवारी होसियारीपूर्वक पुरा गर्नेछन् होइन भने त्यसको परिणामको जिम्मा स्वयमले लिनुपर्नेछ । मुलुकी देवानी (संहिता) ऐन २०७४ को भाग ४, परिच्छेद १७, दफा ६७२ अनुसार, कसैले आफ्नो वा यस परिच्छेदबमोजिम आफैले दायित्व वहन गर्नुपर्ने अरु कसैको त्रुटी, हेलचेक्र्याइँ वा लापरबाही जेसुकैबाट भएतापनि गरेको कुनै काम वा अकर्मण्यताबाट कसैको जीउ,ज्यान, सम्पति वा कानून बमोजिम संरक्षित हक वा हितमा कुनै किसिमले हानी नोक्सानी पुर्याउने कार्यलाई दुष्कृति गरेको मानिने उल्लेख गरिएको छ । सोही उपदफा (२) मा ‘उपदफा (१) बमोजिमको काम वा अकर्मण्यताका सम्बन्धमा पक्षहरुबीच कुनै पुर्वाकरार सम्बन्ध भएको रहेनछ भने त्यस्तो काम वा हेलचेक्र्याइँको परिणामस्वरूप उत्पन्न हानी, नोक्सानीलाई दुष्कृति गरेको मानिने प्रष्ट पारेको छ । ऐनले व्यहोर्नुपर्ने दायित्वलाई ११ दफामा समेटेको छ ।

    पुस्तक भित्रका कमजोरी :

    कानूनसंग सम्बन्धित पुस्तक भएको हुँदा पुस्तकको आकार ठुलो भएको भए अझ राम्रो हुनसक्दथ्यो भन्ने मेरो बुझाई छ । कतिपयले एकेडेमीक पुस्तक उपन्यास वा साहित्यिक पुस्तकझैँ सानो आकारमा भएको ठान्न सक्दछन् । पुस्तक टाइपिङमा धेरै ठाउँमा लेखक चुक्नुभएको छ जुनकुरा पाठकहरुले आफैले सच्याएर पढ्नुपर्ने स्थिति छ । अबका प्रकाशन/संस्करणहरुमा यी कुराहरु ध्यान दिनुपर्ने आवश्यकता देखेको छु ।

    पुस्तकले दिनसक्ने योगदान:

    नेपालको सन्दर्भमा दुष्कृति कानून नयाँ विषय भएकोले यससम्बन्धी ज्ञानको अथाह भण्डार हामीले पुस्तकमा पाउनेछौं । दुष्कृति कानूनको विश्वव्यापी अध्ययन र कयौं केसहरु पुस्तकले समेटेको छ । यो पुस्तक कानूनका विद्यार्थी, न्यायसेवाका कर्मचारी, न्यायाधीस,सरकारी वकिल, सरकारी अधिकारी तथा समग्र व्यवसायीहरुका अति उपयोगी त छ नै कानून व्यवसायीहरुको लागि भने यो पुस्तक विनाको कानून व्यवसाय सधैं अधुरो र अपुरो हुन जान्छ । आफ्नो दायित्व विर्सिएर करोडौं क्षतिपुर्ती तिर्नुभन्दा पुस्तक पढेर जानकारी राख्नु नै बुद्धिमानी हुनसक्छ ।

    नयाँ कानूनको चिरफार विश्लेषणसहित दुष्कृति कानून सम्बन्धी हामी सबैलाई बाटो देखाउनु हुने दुष्कृति विज्ञ डा. आचार्य फेरी पनि यस्तै सिर्जनासहित आम पाठकमाझ आउन, शुभकामना ।

    Loading...

    यसमा तपाइको मत

    पुस्तक बाट अन्य

    १८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

    काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...

    मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

    काठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन, मुलुकी देवानी...

    उच्च वारको २४ औ वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम (फोेटोफिचर)

    काठमाण्डौ: उच्च अदालत पाटन वार एशोशिएसनको २४ औ वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । वुद्धनगर स्थित क्वालीटी व्याङकोएटमा भएको कार्यक्रममा उच्च अदालत वारका पुर्व अध्यक्षहरु सँगै करिव २००...

    संविधान दिवसको अवसरमा विद्यार्थीद्धारा अन्तरक्रिया कार्यक्रम

    काठमाण्डौः अनेरास्ववियु क्रान्तिकारी नेपाल क्याम्पस कमिटीले संविधान दिवसको अवसरमा संविधान, संघीयता र समाजवाद विषयक एक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङ, पुर्व महान्याधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमण कुमार...

    संविधान दिवसको दिन मण्डलामा देशकै ठुलो राष्ट्रिय झन्डा स्थापना (फोटोपिचर)

    काठमाण्डौ: संविधान दिवसको अवसर पारेर बुधबार माइतिघर मण्डलामा देशकै सवै भन्दा ठुलो राष्ट्रिय झन्डा स्थापना गरिएको छ । १५० पिट अग्लो स्तम्भमा ८ मिटर लामो झन्डा स्थापना गरिएको छ । उक्त भण्डा युवा संघ...

    मौलिक हकसम्बन्धी संसदमा दर्ता सबै विधेयक पारित

    काठमाडौं: प्रतिनिधि र राष्ट्रियसभाबाट मौलिक हकसम्बन्धी १४ र अन्य २ गरी १६ जम्म वटा विधेयक पारित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकबाट मौलिक हकसम्बन्धी संसदमा दर्ता सबै विधेयक पारित भएकम हुा...

    गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

    “गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित...

    उच्च अदालत पाटन वार निर्वाचन: सिंखडा नेतृत्वको प्यानलनै विजयी

    काठमाण्डौ: उच्च अदालत पाटन वार एशोसिएसनको कार्यसमितिको निर्वाचन शनिवार सम्पन्न भइकोमा शनिवारनै मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचनमा नेपाल कानून व्यवसायीको संगठन NLA र वृहत लोकतान्त्रिक मधेशी, आदीवासी, जनजाती तथा पेशागत समावेसी कानून व्यवसायीहरुको...

    उच्च अदालत पाटन वार निर्वाचन (फोटो फिचर)

    काठमाण्डौ: उच्च अदालत पाटन वार एशोसिएसनको कार्यसमितिको निर्वाचन आज सम्पन्न भएको छ । शनिबार विहान ७ बजेबाट सुरु भएको निर्वाचन साँझ ५ वजे सम्म हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनको प्रतिस्पर्धामा नेपाल कानून...

    उच्च अदालत पाटन वारको निर्वाचन सम्पन्न, मतगणना भोलि

    काठमाण्डौ: उच्च अदालत पाटन वार एशोसिएसनको कार्यसमितिको निर्वाचन आज सम्पन्न भएको छ । शनिबार विहान ७ बजेबाट सुरु भएको निर्वाचन साँझ  ५ वजे सम्म हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनको प्रतिस्पर्धामा नेपाल कानून व्यवसायीको...